सतर्कता फेरि सतर्कता (सम्पादकीय)

युरोपलगायतका देशमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो संस्करणले जनजीवन प्रभावित छ । यसै हप्ताबाट भारतका महाराष्ट्र, मध्यप्रदेश, दिल्ली, गुजरातलगायतका राज्यस्थित विभिन्न सहरमा सङ्क्रमण बढेपछि कतिपय ती क्षेत्रमा लकडाउनसमेत गरिएको छ । भारतमा सङ्क्रमितको सङ्ख्या अस्वाभाविकरूपमा बढेपछि त्यसको दबाब र प्रभाव नेपालमा पर्ने देखिन्छ । लामो खुला सीमा, नागरिक स्तरमा हुने दिनहुँको आउजाउ, सामाजिक अन्तक्र्रियाका कारण भारतमा आउने यस्ता समस्याको प्रभाव नेपालमा पर्ने गर्छ । अवस्थाको मूल्याङ्कन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम बढ्न सक्ने भएकाले भीडभाड हुने कुनै पनि किसिमका सभा, सम्मेलन नगर्न आग्रह गरेको छ । केही समययता सङ्क्रमणको घट्दो दर, खोपको प्रयोगजस्ता कारण सर्वसाधारणले विगतको कोरोना कहर बिर्सिएजस्तो देखिन्छ । भारतमा कोरोना सङ्क्रमणको दर बढेसँगै नेपाल उच्च जोखिममा पर्ने भएकाले सरकारले तत्कालै प्रभावकारी कदमको तयारी गरेको छ । पछिल्ला दिनमा कोरोनाबाट सुरक्षित रहन सामान्य होसियारी तथा सुरक्षात्मक विधि पनि अपनाइएको देखिँदैन । पहिलो लहरको कोरोना सङ्क्रमणका बेला कुन कुन सर्त र प्रावधान पूरा गरेर सार्वजनिक जीवन सुचारु गरिएको थियो भन्ने हेक्का आम नागरिकले बिर्सिएजस्तो देखिन्छ । सरकारले सार्वजनिक यातायातले पूरा गर्नुपर्ने स्वास्थ्य सुरक्षाका सर्त तोकेर यातायात सञ्चालनको अनुमति दिएको थियो तर त्यस्ता सर्त यात्रु तथा व्यवसायीले कति पालन गरेका छन् भन्ने स्पष्ट चित्र सार्वजनिक बसहरूमा देखिन्छ । यस्तो अवस्थामा आफू र परिवारका सदस्यको स्वास्थ्य सुरक्षाका लागि हरेक व्यक्तिले सुरक्षाका विधि अपनाउनै पर्छ । सरकारको निर्देशन र निर्णयभन्दा पनि आफँै सुरक्षित हुने सामान्य विधिमा नागरिकले ध्यान दिनैपर्छ । देशभर फागुपूर्णिमाजस्ता भीडभाड हुने खालका चाडवाड आउने क्रममा छन् । लामो समय रोकिएका कतिपय भीडभाडजन्य सार्वजनिक कार्य गर्नुपर्ने अवस्था पनि छ । विद्यार्थीको परीक्षाको तयारी छ । कतिपय यस्ता कार्यलाई पूर्णतः रोक्न सम्भव छैन तर अनावश्यक जुलुस, ¥याली, सभा, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय सञ्चालनमा सरोकारीहरू स्वयम् सचेत हुनपर्छ । हात धुने, मास्कको प्रयोग गर्ने र सामाजिक दूरी कायम गर्नेजस्ता जनस्वास्थ्यका सामान्य मापदण्ड पालनामा नागरिक आफँैले आफूलाई जिम्मेवार बनाउनुपर्छ ।

सम्बन्धित सामग्री

सतर्कता केन्द्र र खानेपानी मन्त्रालयबीच गाडीमा छिनाझपटी

३ फागुन, काठमाडौं ।  गाडी फिर्ता गर्ने विषयलाई लिएर खानेपानी मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रबीच मतभेद देखिएको छ । खानेपानी मन्त्रालयको गाडी सतर्कता केन्द्रले फिर्ता नगरेपछि दुई निकायबीच मतभेद देखिएको हो । मतभेद बढेपछि सतर्कता केन्द्रले पनि यसअघि सतर्कता केन्द्रका सचिवले चढेको गाडी केन्द्रमै फर्काउनुपर्ने बताउन थालेको छ । खानेपानी मन्त्रालयको स्रोतका अनुसार औपचारिक पत्र […]

डेङ्गुविरुद्ध उच्च सतर्कता

नेपालगञ्ज, ५ साउन । भारतसँग सीमा जोडिएको नेपालगञ्ज उपमहानगरपालिकामा डेङ्गु रोगविरुद्ध उच्च सतर्कता अपनाइएको छ । उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले अहिलेसम्म नेपालगञ्जमा कसैलाई पनि डेङ्गु पुष्टि नभएको उल्लेख गर्दै सीमापारि र अन्य जिल्लामा देखिएकाले उच्च सतर्कता अपनाइएको जानकारी दिए । महाशाखाले मलेरिया र डेङ्गु फैलिन नदिनसमेत सचेत भएकाले नेपाल–भारत जमुनाहा नाकामा ज्वरोका बिरामी […]

डढेलो नियन्त्रणका लागि उच्च सतर्कता

गर्मी याम सुरु भएसँगै वन क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले उच्च सतर्कता अपनाएका छन्।...

निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइयो

काठमाडौं, कात्तिक २१ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सुरक्षा सतर्कता बढाइएको छ । केही साना राजनीतिक पार्टी र समूहले निर्वाचन बहिष्कार गरी चुनावविरोधी गतिविधि र भ्रम फैलाउन सक्ने भएकाले देशभरको सुरक्षा सतर्कता बढाएर थप सुदृढ बनाइएको हो । गृह मन्त्रालयले निर्वाचन सुरक्षामा कुनै असर पर्ने गरी गतिविधि भए त्यस्ता समूहलाई तत्काल […]

विष्णुमती र बल्खु खोलामा बाढी, सतर्कता अपनाउन आग्रह

काठमाण्डौ - काठमाण्डौको बल्खु खोलामा पानीको सतह बढेको छ । विष्णुमती र बल्खु खोलामा जल सतह सतर्कता तह आसपास पुगेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । खोलाको बाढी बस्ती र सडक किनारसम्मै जान सक्ने भएकाले किनारको सडकमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरिएको हो ।

सप्तकोसीमा जलसतह सतर्कता आसपास, तटीय क्षेत्रमा सतर्कता अपनाउन आह्वान

काठमाडौं : आज र भोलि सप्तकोसी नदीको जलसतह सामान्य घटबढ हुने पूर्वानुमान गरिएको छ। सप्तकोसी र यसका सहायक नदीमा पानीको बहाव घटबढ हुने भए पनि सतर्कता तह आसपास नै रहने महाशाखाले जनाएको छ। महाशाखाले यी नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह पनि गरेको छ। शनिवार सप्तकोसी नदीमा पानीको बहाव बढेपछि…

हैजा नियन्त्रणमा महानगरको सतर्कता

काठमाडौं, असार १३ । राजधानीमा हैजा फैलिएपछि उपत्यकाका दुई महानगरपालिकाले उच्च सतर्कता अपनाएको छ । काठमाडौं र ललितपुर महानगरपालिकाले विशेष स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दै दूषित पानी र अस्वस्थ खाना नखान सर्वसाधारणमा अपिल जारी गरेको छ । आइतबार १२ जनामा हैजा संक्रमण देखिएको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चमनलाल दासका अनुसार […]

नारायणीमा पानीको बहाव बढ्यो : उच्च सतर्कता अपनाउन आग्रह

नारायणी नदीले सतर्कता तह पार गरेपछि नदी तटीय क्षेत्रका जिल्लावासीलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले आग्रह गरेको छ । नारायणी नदीले देवघाटस्थित बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र नदीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो । प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीले नदी तटीय क्षेत्रका बासिन्दाले आज रातिसम्म उच्च सतर्कता अपनाउनुपर्ने बताए । “नारायणी नदीमा पानीको बहाव बढ्दै गएको छ,”

जमुनाह नाकामा स्वास्थ्य सतर्कता

कोभिड–१९ को तेस्रो लहरको सम्भावित जोखिमलाई ध्यानदिँदै नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाहनाकामा स्वास्थ्य सतर्कता अपनाइएको छ।

सीमा नाकामा उच्च सतर्कता

महेन्द्रनगर-कोरोना महामारीले सुस्ताएको अर्थतन्त्र उकासिने समयमा कोरोनाको दोस्रो लहर सुरु भएको छ । छिमेकी मुलुक भारतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि नेपालका भारतसँग जोडिएका सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।भारतसँग जोडिएको पश्चिमी सीमा गड्डाचौकी र गौरीफन्टामा सुरक्षा सतर्कता अपनाइएको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतसँग जोडिएका जिल्लाका दुईओटै सीमाा क्षेत्रमा सुरक्षा सतर्कता […]