गुण एयरलाइन्सले सुर्खेत–काठमाडौं नियमित उडान गर्ने

वीरेन्द्रनगर (अस) । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले दशैंअगावै सुर्खेत–काठमाडौं नियमित उडान सुरु गर्ने गरी तयारी थालेको छ  । देशका पाँच वटा गन्तव्यमा उडान भर्ने गरी गृहकार्य अन्तिम चरणमा पुगेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्ज्वल थापाले जानकारी दिए । एयरलाइन्ससँग हाल पाँच वटा जेट इन्जिन र दुई ट्वीनअटर जहाज छन् । उनका अनुसार सुरुआती उडान सुर्खेत, पोखरा, भरतपुर चितवन, भैरहवा र नेपालगञ्जमा गर्ने योजना छ । नागरिक उड्डयन प्राधिकरणसँग अनुमति पाइसकेकाले केही दिनमा सुर्खेतमा परीक्षण उडान गर्न लागेको प्रवक्ता थापाले बताए । ‘कर्णाली पर्यटनका लागि भर्जिन गन्तव्य हो । काठमाडौं आएका पर्यटकलाई सीधै सुर्खेत पु¥याउन गुण एयरलाइन्स मजुबत बनेर जुट्दै छ’, थापाले भने । उद्योग वाणिज्य महासंघ कर्णालीका अध्यक्ष पदमबहादुर शाहीले गुण एयरलाइन्सले सेवा सुरु गरेपछि निरन्तरता दिनुपर्ने बताए । सुर्खेत–काठमाडौं र काठमाडौं–सुर्खेत उडान दैनिक एउटा हुनेछ । ‘सुर्खेत–काठमाडौंको भाडादर भने अहिले नै तय भइनसकेको छैन । तर, हाल कायम रहेभन्दा केही सस्तो हुन्छ,’ प्रवक्ता थापाले भने ।  

सम्बन्धित सामग्री

चौतर्फी विरोधपछि घट्यो सुर्खेत–काठमाडौं हवाई भाडादर

पुस २५, सुर्खेत । सुर्खेतमा नागरिकको चौतर्फी विरोधपछि आन्तरिक उडानतर्फको सुर्खेत–काठमाडौं हवाई भाडादर घटेको छ ।  गुण एयरलाइन्स र बुद्ध एयरलाइन्स प्रतिस्पर्धामा आउँदा आन्तरिक उडानतर्फको सुर्खेत–काठमाडौं हवाई भाडादर घटेको हो । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले नियमित उडान शुरु गरेपछि सुर्खेत–काठमाडौं उडानमा बुद्ध एयरको एकाधिकार तोडिँएसँगै भाडादर सस्तो भएको हो ।  बुद्ध एयरले गुण एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न यात्रु भाडादर घटाएको छ । गुण एयरलाइन्सले शनिवारको भाडादर ६ हजार ३०० रुपैयाँ कायम गरेको छ । साथै क्यास ब्याक ४० रुपैयाँको व्यवस्था गरेको छ ।  त्यस्तै, १५० रुपैयाँ रिवार्ड दिएको छ । बुद्ध एयरलाइन्सले पनि शनिवारको भाडादर ६ हजार ३०० रुपैयाँ कायम गरेको छ । बुद्धले ४० रुपैयाँ क्यास ब्याकको व्यवस्था गरेको छ भने रिवार्ड १५० रुपैयाँ नै दिएको छ ।  भाडादर केही सुलभ भएपछि नागरिकले अझै घट्नु पर्ने भन्दै दबाब दिइरहेका छन् । तर, अफसिजनमा विदेशी पर्यटकको आगमन कम हुनुका साथै कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारणले भाडा घटाउनु परेको एयरलाइन्स कम्पनीहरुको भनाइ छ ।  यसअघि यात्रुबाट बुद्ध एयरले सुर्खेत–काठमाडौं हवाई भाडा ८ हजार २५० देखि ११ हजार रुपैयाँसम्म एकलौटी असुल्दै आइरहेको थियो ।

अन्तरप्रदेश उडान विस्तार गर्दै गुण एयरलाइन्स, आजदेखि पोखरा-भरतपुर उडान शुरु

८ मंसिर, काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले पोखरालाई हब बनाएर अन्तरप्रदेश उडान थालेको छ । पोखरा–भरतपुर रुटमा बुधबारदेखि उडान थालेको कम्पनीले बिहीबारदेखि पोखरा–भैरहवा र शुक्रबारदेखि पोखरा–नेपालगञ्जमा नियमित उडान गर्ने भएको छ । आन्तरिक पर्यटनलाई लक्षित गरी अन्तरप्रदेश उडान विस्तार गरिएको कम्पनीले जनाएको छ । यसबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने कम्पनीको […]

गुण एयरलाइन्स उडान विस्तार गर्दै, शुक्रबारबाट विराटनगर र सिमरामा उडान थाल्ने

काठमाडौं। निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले शुक्रबारबाट विराटनगर र सिमरा तर्फ नियमित उडान गर्ने भएको छ। कम्पनीले असोज एक

८ वर्षपछि पुरानै ‘ब्रान्ड’मा गुण एयरलाइन्स

काठमाडौं । निजीक्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्स आप्mनै पुरानै ब्रान्डमा फर्किएको छ । रू. १ अर्बभन्दा बढीको लगानीसहित पाँचओटा जहाज थपेको गुण एयरलाइन्सले आज शुक्रवारदेखि औपचारिक रूपमा आफ्नै ब्रान्डबाट नियमित उडान शुरू गर्न लागेको छ । सन् २००९ मा स्थापना भएको गुण एयरलाइन्समा वित्तीय समस्या देखिएपछि सन् २०१३ मा निजीक्षेत्रकै सिम्रिक एयरलाइन्सले एक्वायर (अधिग्रहण) गरेको थियो । त्यसपछि ‘गुण’ ब्रान्ड हटेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिके श्रेष्ठले गुणको ब्रान्डमात्रै प्रयोग नभएको बताए । ‘अहिले पुरानै ब्रान्डलाई पुनः प्रयोग गरेर कम्पनीले हवाई सेवालाई निरन्तरता दिन लागेको हो,’ श्रेष्ठले भने, ‘यसको शुरुआत आज शुक्रवारदेखि काठमाडौं–भरतपुर र काठमाडौं–पोखरा गरी दुईओटा गन्तव्यबाट गर्दै छौं ।’ सिम्रिक एयरबाट चारओटा जहाजले उडान गर्दै आएका थिए । त्यसमध्ये अहिले दुईओटा जहाज गुणकै नाममा आएको उनको भनाइ छ । तर, दुईओटा जहाज भने अर्काे अपरेटर कम्पनीलाई उपलब्ध गराएको श्रेष्ठले जानकारी दिए । यसैगरी उनले यति एयरलाइन्ससँग खरीद गरेका पाँचसहित सातओटा जहाजबाट हवाई सेवा पुनः गुण ब्रान्डबाट शुरू गर्न लागिएको जानकारी दिए । कम्पनीसँग अहिले जेटस्ट्रीमका ५ र बिचक्राप्mटका दुईओटा जहाज छन् । बिचक्राफ्टको सीट क्षमता १८ र जेट स्ट्रीमको सीट क्षमता २९ रहेको छ । यिनै जहाजबाट कम्पनीले उडान गर्नेछ । पाँचओटा जहाज किनेर पुरानै ब्रान्डमा फर्किएको गुण एयरलाइन्सले काठमाडौं बेस बनाएर दशैंअघि नै क्रमशः ट्रंक रूटमा सेवा विस्तार गर्ने योजना राखेको छ । गुण एयरलाइन्स व्यवसायी राजेन्द्र शाक्य अध्यक्ष रहेको गुण ग्रूपअन्तर्गत रहेर सञ्चालन हुनेछ ।