चीलसँग ठोकिएर क्षति भएको तारा एयरको जहाज मर्मतपछि उडान भर्न सफल

सिमकोट – आकाशमा चीलसँग ठोकिएर क्षति पुुगी सिमकोट विमानस्थलमा ग्राउन्डेड भएको तारा एयरको ट्वीन्टर विमानको मर्मतपछि उडान भर्न सफल भएको छ। काठमाडौंबाट आएको प्राविधिकको टोलीले तीन दिन लगाएर जहाजको क्षति पुुगेको भाग मर्मत सम्पन्न भएपछि जहाजले उडान भर्न सफल भएको हो। तारा एयर सिमकोटका सहायक इन्चार्ज नुुर्बुु लामाले क्षति भएको जहाजको मर्मत भए पनि सिमकोटबाट […]

सम्बन्धित सामग्री

समीट एयरका दुईजना पाइलट 'ग्राउण्डेड', बादलभित्र प्रवेश गरेको पुष्टि

काठमाडौं : तारा एयरको जहाज दुर्घटनाको अनुसन्धान क्रममा त्रुटि देखिएपछि नागरिक उड्डयन प्राधिकरणले समीट एयरका दुईजना पाइलटलाई ग्राउण्डेड गरेको छ। ताराको उडान भर्न तोकिएको समय भन्दा दुई मिनेटअघि उडेको समीटको जहाजलाई पाइलटहरुले ‘बादलभित्र प्रवेश गराएकाले’ अर्को सूचना जारी नभएसम्मका लागि ग्राउण्डेड गरेको प्राधिकरणका एक अधिकारीले बताए। ‘भिजुअल फ्लाइट रुल्स (भीएफआर)…

गुल्मी विमानस्थलमा पहिलो पटक विमान अवतरण

काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलमा तारा एयरको जहाज अवतरण भएको छ । रेसुङ्गा नगरपालिकासँगको सहकार्यमा रेसुङ्गा विमानस्थलमा तारा एयरले प्रदर्शनी (डेमो) उडान गरेको छ ।आइतबार बिहान ११ः १४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीको रेसुङ्गा नगरपालिका–१० स्थित सिमिचौरमा निर्माण भएको रेसुङ्गा विमानस्थलमा १२ः०० बजे अवतरण भएको छ ।

१७ दिनपछि पोखरा–जोमसोम उडान

अघिल्लो महिना भएको तारा एयरको जहाज दुर्घटनापछि रोकिएको पोखरा–जोमसोम हवाई उडान मंगलबारदेखि सुचारु भएको छ। समिट एयरले मंगलबार यो रुटमा चारवटा उडान गरेको छ। ताराको दुर्घटनापछि मौसममा खराबी आएको भन्दै पोखरा–जोमसोम रुटका सबैजसो उडान रोकिँदै आएका थिए।...

प्राधिकरणको कडाइले पोखरा–जोमसोम उडान रोकियो

पोखरा–जोमसोम उडानको क्रममा दुई साता अघि तारा एयरको जहाज मुस्ताङमा दुर्घटनामा पर्‍यो। दुर्घटनाग्रस्त जहाजका चालक दलका सदस्यसहित सबै यात्रुको मृत्यु भयो। ताराको यो दुर्घटनापछि हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसम सफा भएक...

उडान अनुमतिमा कडाइ

काठमाडौं, जेठ १९ । मौसम सफा नभई आन्तरिक उडानलाई अनुमति नदिने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय काडाइसाथ लागू भएको छ । प्रविधिको प्रयोग नगरी आँखाले हेर्दै उडान गर्नुपर्ने क्षेत्रहरू भरतपुर, लुक्ला, सुर्खेत र पोखराको उडानमा यो व्यवस्था कडाइसाथ पालना गराइएको हो । मौसमकै कारण जेठ १५ गते तारा एयरको जहाज दुर्घटनामा परेपछि पुनः त्यस्ता घटना […]

उडान अनुमतिमा कडाइ सुरु

मौसम सफा नभई आन्तरिक उडानलाई अनुमति नदिने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय काडाइसाथ लागू भएको छ । प्रविधिको प्रयोग नगरी आँखाले हेर्दै उडान गर्नुपर्ने क्षेत्रहरू भरतपुर, लुक्ला, सुर्खेत र पोखराको उडानमा यो व्यवस्था कडाइसाथ पालना गराइएको हो ।मौसमकै कारण जेठ १५ गते तारा एयरको जहाज दुर्घटनामा परेपछि पुनः त्यस्ता घटना दोहोरिन नदिन प्राधिकरणले यो व्यवस्था गरेको हो । वायु सेवाहरूले बुधबार विमानस्थलस्थित मौसम तथा हवाई मौसम पूर्वानुमान शाखाले उपलब्ध गराएको मौसमसम्बन्धी प्रतिवेदनका आधारमा अनुमति लिए

पोखराबाट जोमसोममा तेस्रो उडान गर्दै थियो जहाज, लेते पासपछि बेपत्ता

१५ जेठ, काठमाडौं । पोखराबाट तेस्रो उडानमा रहेको तारा एयरको जहाज पोखराबाट उडेर लेतेपास नजिक पुगेपछि सम्पर्कबिहिन भएको खुलेको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार लेते पाससम्म पुग्दा पोखरा विमानस्थलको टावरसँग सम्पर्कमा रहेको जहाज त्यसपछि जोमसोमको टावरसँग सम्पर्कमा आउनु पर्ने थियो । तर त्यसपछि सम्पर्कमा आएको देखिएन । उनका अनुसार अहिले जोमसोममा रहेको […]

पखेटाबाट तेल चुहिन थालेपछि सिमकोट विमानस्थलमा थन्कियो तारा एयरको विमान

सिमकोट– शनिबार दिउँसो सिमकोट विमानस्थलमा अवतरण गरेको तारा एयरको ट्वीनटर जहाज त्यसयता सिमकोटमै थन्किएको छ। जहाजमा प्राविधिक समस्या आउँदा मर्मत हुन नसकेपछि जहाज सिमकोट विमानस्थलमै थन्किएको हो। सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले तारा एयरको जहाज शनिबार सिमकोट विमानस्थलमा अवतरण गरिसकेपछि पखेटामा इन्धन चुहिने समस्या आउँदा विमानस्थलमै रोकिएको जानकारी दिए। उक्त जहाजले नेपालगंजबाट कार्गो उडान भरेको […]

जुम्ला विमानस्थलको डिपिआर अलपत्र, जोखिमकाबीच उडान भर्दै चालकदल

२०७५ साल जेठ २६ तारा एयरको जहाज जुम्ला विमानस्थकै धावनमार्गमा दुर्घटनामा परेको थियो। त्यो दुर्घटनामा मानवीय क्षति भने हुन पाएन। जहाज दुर्घटनासँगै विमानस्थलको स्तरउन्नतीको पहल सुरु भएको थियो। प्राधिकरणको टोली स्तरउन्नतीको लागि पटक पटक जुम्ला पुगेर फर्किएको...

तारा एयरको जहाज हुम्लाको सिमिकोटमा दुर्घटना

तारा एयरको 9N-ABM कलसाइन रहेको ट्वीनेटर विमान हुम्लाको सिमिकोटमा दुर्घटना भएको छ । विमानमा निर्वाचनमा खटिएका १७ जना प्रहरी सवार थिए । सिमिकोटबाट नेपालगन्जका लागि उडान भर्नासाथ विमान दुर्घटनामा परेको हो । विमान नजिकैको खेतमा खसेको छ । विमानको अगाडिको भागमा क्षति पुगेको छ ।