नेप्सेमा सामान्य करेक्सन, ८ अर्ब ६१ करोड बराबरको शेयर खरीदविक्री

माघ २०, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १४ दशमलव ६० अंकले घटेको छ । यो दिन नेप्से परिसूचक २ हजार ८७० दशलमव ७४ विन्दुमा कायम भएको छ । यो दिन कारोबारमा आएका २२४ ओटा धितोपत्रको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर १ लाख ८ हजार ३६५ पटकमा रू. ६ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ मा खरीदविक्री भएको हो ।   कारोबारमा आएका ती धितोपत्रमध्ये विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा सकारात्मक सर्किट लागको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ९५९ दशमलव २० पुगेको छ । त्यसैगरी दोस्रोमा बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ दशमलव ७३ प्रतिशतले वृद्धि भएर रू. ७४४ पुगेको छ । बिहीवार आरएमडिसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सबैभन्दा बढी ३ दशमलव ४९ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.१ हजार २६० मा झरेको हो । त्यसैगरी दोस्रोमा पोखरा फाइनान्सको शेयरमूल्य ३ दशमलव शून्य ७ प्रतिशतले घटेर प्रतिकित्ता रू. ५९६ कायम भएको छ । त्यस्तै यो दिन सर्वाधिक शेयर खरीदविक्री अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । कम्पनीको रू. ८२ करोड ७० लाख बराबरको शेयर खरीदविक्री भएको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५९३ कायम भएको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले लगानीकर्ताको आकर्षण परेको देखिन्छ । कम्पनीले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस शेयर वितरण पछि कायम चुक्तापूँजी ५० प्रतिशत अर्थात् १ अनुपात शून्य दशमलव५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । बोनस शेयर र हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको छ । १० प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७२ करोड ५० लाखभन्दा बढी पुग्नेछ । यही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ । नियामक निकाय विद्युत् नियमन आयोग र नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ ।  यस्तै यो दिन सर्वाधिक शेयर खरीदविक्री गर्ने दोस्रो कम्पनीमा अपि पावर कम्पनी रहेको छ । उक्त कम्पनीको  रू. ५२ करोड ५० लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहमध्ये हाइड्रोपावर समूहको परिसूचक शून्य दशमलव १७ प्रतिशत र निर्जीबन बीमा समूहको शून्य दशमलव शून्य ९ प्रतिशतले बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ ।  समूहगत परिसूचक घट्नेमा सबैभन्दा बढी वित्त समूहको परिसूचक १ दशमलव ३३ प्रतिशतले घटेको छ । त्यसैगरी बैंकिङ् समूहको शून्य दशमलव ३४ प्रतिशत, व्यापार समूहको शून्य दशमलव ७५ प्रतिशत,होटल एण्ड टुरिजम समूहको १ दशमलव २ प्रतिशत,विकास बैंक समुहको १ दशमलव शून्य ६ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको १ दशमलव शून्य ८ प्रतिशतले घटेको छ ।  यसैगरी अन्य समूहको शून्य दशमलव ४१ प्रतिशत,लघुवित्त समूहको शून्य दशमलव ९७ प्रतिशत,जीवन बीमा समूहको १ दशमलव शून्य ५ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशमलव ६५ प्रतिशत र लगानी समूहको परिसूचक शून्य दशमलव ५९ प्रतिशतका दरले घटेको छ ।  बिहीवार नेप्सेमा सामान्य करेक्सन आएको छ । बजार खुलेको पहिलो घण्टासम्ममा दोहोरो अंकले बजार बढेको थियो । यो दिन बढेको बजारमा नाफा बुक गर्ने सक्रिय हुँदा सामान्य करेक्सन आएको छ । कारोबार रकम भने पछिल्ला केहि दिनको तुलनामा वृद्धि भएको छ । मंगलवार रू. ६ अर्ब ५७ करोड बराबरको शेयर खरीदविक्री भएको थियो । पछिल्लो समय लगानीकर्ताले थोरै बढ्यो कि नाफा बुक गरिहाल्ने गरेको देखिएको छ । सोही कारण पनि बिहीवारको बजारमा पनि विक्रेता हावी भएको देखियो । हुन त बजार घटबढ भइरहन्छ । तर पनि लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको आधारभुत पक्ष र प्राविधिक पक्ष हेरेर लगानी गरेमा भने राम्रो प्रतिफल प्राप्त पाउँन सक्छन् ।  

सम्बन्धित सामग्री

मुलुक कृषिमा परनिर्भर : किसानको साढे ८ अर्ब रोकियो

काठमाडौं । सरकारले उत्पादन बढाउन कृषि आत्मनिर्भर कार्यक्रमका लागि प्रदेश तथा स्थानीय तहमार्फत खर्च गर्ने गरी विनियोजन गरेको साढे ८ अर्ब रूपैयाँरोक्का गरेको छ । मुलुकभित्र कृषि उत्पादन नभएर खर्बौं रूपैयाँको कृषिजन्यवस्तु विदेशबाट आयात भइरहेका बेला किसानका लागि पठाएको ८ अर्ब ४५ करोड ७० लाख रूपैयाँ रकम अर्थ मन्त्रालयले रोक्का गरेको हो । लक्ष्यअनुसारराजस्व संकलन […]

विश्वको जनसंख्या ८ अर्ब नाघ्यो

काठमाडौं : आज विश्वको जनसंख्या ८ अर्ब पुगेको छ। ७ अर्ब जनसंख्या पुगेको ११ वर्षमा विश्वको जनसंख्या ८ अर्ब पुगेको संयुक्त राष्ट्र संघले जनाएको छ।२० औँ शताब्दीमा विश्वव्यापी रूपमा देखा परेका विभिन्न संकटका कारण अब अर्को एक अर्ब जनसंख्या थपिन भने १५ वर्ष लाग्न सक्ने राष्ट्रसंघको अनुमान छ। राष्ट्र संघले यसपछि सन् २०८० सम्म पनि विश्वको जनसंख्या १० अर्ब पुग्न नसक्ने अनुमान गरेको छ।विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश चीन हो। त्यहाँ करिब १ अर्ब ४४ करोड जनसंख्या छ। यस्तै भारतमा १ अर्ब ३८ करोडभन्द

विश्वको जनसंख्या ८ अर्ब पुग्यो

एजेन्सी । विश्वको जनसंख्या ८ अर्ब पुगेको एक तथ्यांकले देखाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वको जनसंख्या नोभेम्बर १५ अर्थात् आजसम्म ८ अर्ब पुगेको हो । ११ वर्षमै विश्वको जनसंख्या एक अर्ब थप भएको हो। २० औं शताब्दीको मध्यपछि विश्वको जनसंख्या तीव्र गतिमा बढेकोमा अहिले भने वृद्धिदर सुस्त हुँदै गएको तथ्यांकमा उल्लेख छ । संयुक्त […]

८ अर्ब पुग्यो विश्वको जनसंख्या

मंगलबार अर्थात् आज विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । एक रिपोर्टमा जनाइए अनुसार विश्वको जनसंख्या ७ अर्बबाट ८ अर्ब पुग्न १२ वर्ष लागेको छ । सन् २०३७ मा पृथ्वीको जनसंख्या ९ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ ।

८ अर्ब नाघ्यो विश्वको जनसंख्या

विश्वको जनसंख्या ८ अर्ब पुगेको छ। संयुक्त राष्ट्रसंघका अनुसार विश्वको जनसंख्या नोभेम्बर १५ अर्थात मंगलबार ८ अर्ब पुगेको हो। ११ वर्षमै विश्वको जनसंख्या एक अर्ब थप भएको हो। २० औँ शताब्दीको मध्यपछि विश्वको जनसंख्या तीव्र गतिमा बढेको थियो, तर अहिले वृद्धिदर सुस्त भएको छ। संयुक्त राष्ट्रसंघको आँकलनअनुसार विश्वको जनसंख्या ९ अर्ब पुग्नका लागि अबको १५ […]

नोभेम्बरमा विश्वको जनसंख्या ८ अर्ब पुग्ने

आगामी नोभेम्बर १५ मा विश्वको जनसंख्या ८ अर्ब पुग्ने संयुक्त राष्ट्र संघले बताएको छ।

सरकारले निगमलाई ८ अर्ब रुपैयाँ दिने

काठमाडौँ । सरकारले नेपाल आयल निगमलाई तत्काल ८ अर्ब रुपैयाँ दिने भएको छ । भ्याट र कर गरी ५ अर्ब र राष्ट्रिय वाणिज्य बैङ्कमार्फत ३ अर्ब ऋण गरी ८ अर्ब रुपैयाँ निगमले पाउने भएको हो । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थ मन्त्रालयले निगमलाई ८ अर्ब रुपैयाँ दिन लागेको बताए । उनले भने, ‘५ अर्ब भ्याट […]

स्थानी तह निर्वाचनका लागि ८ अर्ब सुनिश्चित

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयले आयोगलाई स्रोत सुनिश्चितताको पत्र पठाएको जानकारी दिए । आयोगले स्थानीय तह निर्वाचनका लागि ८ अर्ब ९५ करोड बजेटको व्यवस्था मिलाईदिन आग्रह गरेकोथियो । यो […]

आयोगले माग्यो ८ अर्ब ९५ करोड

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी बजेट माग गरेको छ । आयोगले २०७९ वैशाख ३० गर्ने हुन लागिरहेको स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ माग गरेको हो ।आयोगले बिहीवार गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै अयोगका सहायक प्रवक्ता सूर्य […]

वन क्षेत्रका लागि थप ८ अर्ब माग

वन तथा वातावरण मन्त्रालयले थप ८ अर्ब ३५ करोड बजेट माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरेको छ ।अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/०८९ मा वन तथा वातावरण क्षेत्रका लागि तोकिएको बजेट सिलिङ पर्याप्त नभएको भन्दै थप ८ अर्ब ३५ करोड बजेट प्रस्ताव गरिएको हो । मन्त्रालयका प्रवक्ता प्रकाश लम्सालले आगामी आर्थिक वर्षका लागि छुइएको […]