प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत् परियोजना र पञ्चेश्वर परियोजनाको काम चाँडै सुुरु हुने बताएका छन् । धनगढीमा बिहीबार आयोजित सुदूरपश्चिम महोत्सवको उद्घाटनका क्रममा प्रधानमन्त्री देउवाले पश्चिम सेती बनाउन भारतीय कम्पनीले लाइसेन्स लिइसकेको र चाँडै काम सुुरु हुने बताए ।