देउवाले विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न एमालेको निर्देशन

काठमाडौं। नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकार अलोकतान्त्रिक एवं अस्वस्थ विधिबाट बनेको भन्दै विश्वासको मत नदिने सांसदलाई निर्देशन दिएको छ। तथापि सर्वोच्च अदालतले संविधानको धारा ७६(५)मा पार्टीको ह्वीप लागू नहुने आदेश दिएको छ। माधवकुमार नेपाल पक्षले विश्वासको मत दिने भन्नेबारे सोधिएको प्रश्नमा एमाले प्रवक्ता प्रदीप ज्ञावलीले भने, ‘‘हामी प्रतिपक्ष हौं। प्रतिपक्षले के गर्नुपर्छ भनेर भनिरहनु पर्दैन।’’

सम्बन्धित सामग्री

कर्णालीका आफ्ना तीन मन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको निर्देशन

सुर्खेत : नेकपा (एमाले) कर्णाली प्रदेश संसदीय दलको बैठकले तत्काल तीन मन्त्रीहरूलाई पदबाट राजीनामा दिन निर्देशन दिएको छ। आज (शुक्रबार) बसेको संसदीय दलको बैठकले मन्त्रीहरू अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदबाट राजीनामा गर्न निर्देशन दिने निर्णय गरेको संसदीय दलका नेता यामलाल कँडेलले जानकारी दिए। एमालेका तीन जना सांसदले वैशाख ३ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएर मन्त्री बनेका हुन्। अदालतको अन्तरिम आदेशपछि पुनर्वहाली भई एमालेमै फर्किए पनि संसदीय दलको बैठकमा बार...

‘फ्लोर क्रस’गरेका कर्णालीका चारको सांसदको पद गयो

सुर्खेत । पार्टीको ह्वीप विपरित ‘फ्लोर क्रस’  गरेर माओवादी नेतृत्वको सरकारलाई जोगाउन लागेका कर्णालीका चारजना सांसदको पद औपचारिक रुपमा गएको छ ।   एमालेको निर्देशन विपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत उनीहरुले दिएका थिए ।  सांसद पद जानेमा प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा रहेका छन् । प्रकाश ज्वाला बाहेक अन्य तीन जनालाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्री पदमा नियुक्त गरिसकेका छन् ।  यसअघि आईतब