सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, विपक्षमा मतदान गर्न एमालेको निर्देशन

काठमाण्डाै - नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्रीको विपक्षमा मतदानका लागि सांसदहरुहलाई ह्वीप जारी गर्न प्रदेशसभा संसदीय दलका नेता र सचेतकलाई निर्देशन दिएको छ । नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री  त्रिलोचन भट्टले आज लिन लागेको विश्वासको मतका विपक्षमा मतदान गर्न ह्विप जारी गर्न संसदीय दललाई निर्देशन दिएको हो । प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र रावलले दलका नेता प्रकाशबहादुर शाह र सचेतक दुर्गाकुमारी विकलाई पत्र लेखेर पार्टीको स्थायी कमिटीको निर्णयअनु...