पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई सलामी नदिन र जिल्ला आउँदा नाकामा लिन नआउन अनुरोध गरेका छन्।लमजुङमा रहेका सरकारी कार्यालय प्रमुखहरूसँगको भेटघाटका क्रममा उनले भने पहिलेको परम्परामा सलामी दिने प्रचलन रहेको भए पनि अब भने यसलाई बदल्नुपर्ने बताएका छन्।‘यो सलामी दिने परम्परा पहिले थियो होला, अब यसलाई बदल्नुपर्छ, मलाई सलामी कहीँ कतै नदिनुहोला। यहाँबाट सबैलाई भन्न चाहन्छु‚’ उनले भने।मुख्यमन्त्री पाण्डेले जिल्ला आएका समयमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा