जारी निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय, हिँडडुलमा कडाइ

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक सम्पन्न भएको छ । बैठकले उपत्यकामा जारी निषेधाज्ञा एक साताका लागि थप गरिएको गर्ने निर्णय गरेको छ । अब जारी थपिएको निषेधाज्ञामा तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल बिहान ९ सम्म मात्र खोल्न पाइने भएको छ । यसअघि खुल्दै आएका किराना पसल, डिपार्टमेन्टल स्टोल भने बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । यसै गरि वैठकले निजी र सार्वजनिक निर्माणको काम बन्द गर्ने निर्णय गरेको छ । बिहान मनिङवाक र बेलुका वाक गर्न रोक र अनावश्यक रुपमा हिँड्नेलाई कारबाही जरिवाना हुनेसमेत उहाँले जानकारी दिनुभयो

सम्बन्धित सामग्री

चितवनमा जारी निषेधाज्ञा साउन ३२ गतेसम्म थप

चितवन। चितवनमा जारी निषेधाज्ञा साउन ३२ गतेसम्म थप गरिएको छ । आइतबार राती सकिन लागेको निषेधाज्ञा केही कडाइसहित थप गरिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी आदेशअनुसार खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, खान पकाउने ग्याँसलगायतका अत्यावश्यक सामग्रीका पसल दैनिक बिहान १० बजेसम्म मात्रै संचालन गर्न पाइने छ भने दूध डेरी बेलुका ५ बजेदेखि ७ […]

कालीकोटमा जारी निषेधाज्ञा १० दिन थपियो

मान्म । कालीकोटमा जारी निषेधाज्ञा १० दिनका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी देवीन्द्रप्रसाद श्रेष्ठले जिल्लाभरि भदौं १ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिए । उनका अनुसार निषेधाज्ञाको नियममा भने कुनै परिवर्तन भएको छैन । कोरोना महामारीको दोस्रो लहरसँगै लागू गरिएको निषेधाज्ञा पटकपटक थप गर्दै यही साउन २२ […]

जारी निषेधाज्ञा एक साता थपियो (निर्णयसहित)

काठमाडौं : उपत्यकाकाे जारी निषेधाज्ञा थप एक साता थपिएको छ। मंगलबार बसेकाे जिल्ला प्रशासन कार्यालय काठमाडौंले,ललितपुर र भक्तपुरका  प्रमुख जिल्ला अधिकारीहरुकाे बैठकले साउन २१ गतेदेखि २७ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेकाे हो।जारी निषेधाज्ञा २१ गते सकिदै छ। प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस सम्मेलन, गोष्ठी, जुलुस,र्‍याली जस्ता गतिविधि गर्न रोक लगाएको छ। निर्माण सामग्रीकाे ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म गर्न पाइने निर्णय भएको छ। अरु निर्णय भने पुरानोला

कञ्चनपुरमा जारी निषेधाज्ञा ७ साउनसम्म थपियो

कञ्चनपुरमा जारी निषेधाज्ञा पुनः थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले केही खुकुलो पार्दै निषेधाज्ञालाई थप गरेको हो

सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै असार ३१ गतेसम्मका लागि थपियो

सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै असार ३१ गतेसम्मका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जिल्लामा कोरोना संक्रमणको दर कायमै रहेकाले निषेधाज्ञा थप गरिएको बताउनुभयो । जिल्लामा कोरोना संक्रमण दर नघटे पनि नागरिकको समस्यालाई मध्यनजर गर्दै निषेधाज्ञालाई केही खुकुलो बनाईएको हो । यो अवधिमा तरकारी फलफूललगायत दुग्धजन्य पदार्थका पसल […]

सात दिन थप निषेधाज्ञा थप

जिल्लामा कोरोना सङ्क्रमण फैलिरहेकाले यस सङ्क्रमणको रोकथाम गर्न जिल्ला प्रशासन कार्यालयले जिल्लामा सात दिन थप निषेधाज्ञा थप गरेको छ ।  कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले निषेधाज्ञा थप गर्दै यही जेठ २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।  जिल्लामा यसअघि जारी निषेधाज्ञा भोलि बिहीबार राति १२ बजे सम्पन्न हुँदैछ । सोही समयदेखि लागू हुने गरी आजको बैठकले निषेधाज्ञा उक्त समयसम्मका लागि लागू गरिएको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए ।

झापामा जारी निषेधाज्ञा एक साता लम्बियो

झापा । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागी झापामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना जारी गरि निषेधाज्ञा थप गरिएको जनाएको  हो । जिल्लामा अघिल्लो पटक जेठ ७ गतेसम्म जारी गरिएको निषेधाज्ञा एक हप्ता थप गरी जेठ १४ गते सम्म लम्ब्याइएको छ । आज बसेको जिल्ला कोभिड […]

बाँकेको निषेधाज्ञा एक साता थप

बाँके। बाँकेमा जारी निषेधाज्ञा एक साताका लागि थप गरिएको छ। वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा अब वैशाख २७ गते राति १२ बजेसम्म रहनेछ। यो अवधीमा अत्यावश्यक सेवाबाहेक अन्य गतिविधिमा रोक लगाइएको छ। यतिबेला बाँके कोरोना संक्रमणको हटस्टप बन्दै गएको छ।

बाँकेको निषेधाज्ञा एक साता थप

बाँके। बाँकेमा जारी निषेधाज्ञा एक साताका लागि थप गरिएको छ। वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा अब वैशाख २७ गते राति १२ बजेसम्म रहनेछ। यो अवधीमा अत्यावश्यक सेवाबाहेक अन्य गतिविधिमा रोक लगाइएको छ। यतिबेला बाँके कोरोना संक्रमणको हटस्टप बन्दै गएको छ।