दार्चुला – जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ भवन निर्माण कार्य सुरु भएको छ । पुराना भवनहरू जीर्ण भएपछि अहिले जिल्ला प्रहरी कार्यालयको नयाँ भवन बन्न लागेको हो । झन्डै ११ करोड रुपैयाँको लागतमा बन्न लागेको भवनको निर्माण कार्य १८ महिनामा सम्पन्न गरिसक्ने गरी सम्झाैता भएकाे छ । भवन निर्माणको जिम्मा आसिस आलोक जोइन्ट भेन्चरले पाएको छ ।
लामो समयदेखि पुरानो र साँघुरा भवनबाट सेवा प्रदान गर्नुपर्दा समस्या भइरहेकाले आधुनिक भवन निर्माण भएपछि सेवा प्रदान गर्न सहज हुने अपेक्षा लिएको जिल्ला प्रहरी कार्यालय दा...