लयमा फर्कंदै पर्यटन, चहलपहल बढ्ने संकेत

काठमाडौं । लामो समय कोरोना विश्व महामारीको प्रभावले थलिएको नेपालको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्कंदै छ । कोरोना संक्रमितको संख्या र मृत्युदर पनि क्रमशः घटेर अहिले दैनिक न्यून भएको र धमाधम विदेशी पर्यटक नेपाल भित्रिने क्रम बढेसँगै नेपालको पर्यटन बिस्तारै पुरानै लयमा फर्किन थालेको सम्बन्धित व्यवसायी एवं सरोकारवालाहरूले बताएका छन् । उनीहरूले अब बिस्तारै आन्तरिक […] The post लयमा फर्कंदै पर्यटन, चहलपहल बढ्ने संकेत appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

कञ्चनजंघा क्षेत्रमा पर्यटन व्यवसाय लयमा फर्कंदै

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा क्षेत्रमा पर्यटन व्यवसाय विस्तारै लयमा फर्कन थालेको छ । कञ्चनजंघा संरक्षण तथा व्यवस्थापन परिषद् कार्यालयका अनुसार गएको चार महीनामा ४३९ विदेशी पर्यटकले भ्रमण गरेका छन् । कोभिड–१९ का कारणले लामो समय सुनसानजस्तै रहेको कञ्चनजंघा हिमशृंखला क्षेत्रमा पर्यटकीय चहलपहल बढ्दै गएको छ । परिषद् कार्यालयका सचिव मनकुमार लिम्बूका यहाँ बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन भएको बताउँछन् । ‘पर्यटकको आगमनले पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन्,’ उनले भने । पर्यटकलाई लक्षित गरेर कञ्चनजंघा हिमाल जाने पदमार्गमा साना–ठूला लगानीका ५२ होटल सञ्चालनमा छन् । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा रू. सात करोडभन्दा बढीको लगानीमा बनेको सिंगी नामजोङ होटल सञ्चालनमा छ । समुद्री सतहबाट तीन हजार ५०० मिटरदेखि चार हजार ५०० मिटर उचाइमा रू. एक करोडभन्दा बढी लगानीमा बनेका चार होटल सञ्चालनमा रहेको परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले जानकारी दिए । ‘कोरोनाका कारण लामो समयसम्म यहाँ पर्यटकको आगमन हुन सकेको थिएन । पर्यटन व्यवसायी निराश भएका थिए । पहिल्लो समय पर्यटक आगमनले व्यवसायी उत्साहित भएका छन्,’ घुन्साका होटल व्यवसायी पेमा शेर्पाले भनिन् । आर्थिक वर्ष २०७६/७७ मा ३८६ पुरुष र १८६ महिला विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रमा आएको परिषद्को तथ्यांकमा उल्लेख छ । २०५७ देखि २०७७ सालसम्म ११ हजार १९७ विदेशी पर्यटकले कञ्चनजंघा हिमालको अवलोकन गरेको परिषद्ले बताएको छ । कञ्चनजंघाको आधार शिविर पुग्न दुई पदमार्ग प्रयोग गरिँदै आएको छ । पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका भएर पर्यटक कञ्चनजंघा हिमालको आधार शिविर पुग्छन् । काठमाडौंबाट हवाईमार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म हुँदै फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरी कञ्चनजंघाको आधार शिविर पुगिन्छ । यहाँ आउने पर्यटकको विवरण परिषद्ले राख्ने गरेको छ । रासस

लयमा फर्कंदै डोटीको पर्यटन

कोभिड–१९ को सङ्क्रमणका कारण विगत दुई वर्षदेखि थलापरेको यहाँको होटेल तथा पर्यटन व्यवसाय अहिले पुरानै लयमा फर्किन थालेको छ । जिल्लामा कोरोना सङ्क्रमणको जोखिम अन्त्य भएसँगै यहाँका पर्यटकीय क्षेत्र तथा होटल पर्यटकले धमाधम भरिन थालेका छन् । दुई वर्षदेखि महामारीले शिथिल भएको डोटीको पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्न थालेसँगै यहाँका बजारमा चहलपहल बढ्नुका साथै होटेल, पर्यटन तथा अन्य व्यवसाय सुधारतर्फ फर्किएको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताए । उन

लयमा फर्कंदै कालिञ्चोकको पर्यटन व्यवसाय

दोलखा । दोलखाको कालिञ्चोकमा पर्यटन व्यवसाय पुरानै लयमा फर्कन थालेको छ । हिउँ पर्ने याम शुरू भएकाले पनि कालिञ्चोक घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको छ । कोरोना महामारी कम भएको तथा हिउँ पर्ने सिजन शुरू भएकाले होटल बुकिङ बढेको होटल सुनपातीका प्रबन्धक विमल ओझाले बताए । विशेषगरी शुक्रवार होटलको ‘अकुपेन्सी’ क्षमता अनुरूप नै हुने गरेको उनको भनाइ छ । यस्तै कालिञ्चोक कुरीका अर्का होटल व्यवसायी चन्द्र लामाले पछिल्ला दिनमा पर्यटक आउने क्रम बढेको बताए । अन्य दिन ३० देखि ४० प्रतिशत कोठा बुक हुने गरेकोमा शुक्रवार भने ८० प्रतिशतभन्दा पुग्ने गरेको कालिञ्चोकका होटल व्यवसायी बताउँछन् । कोभिडका कारण एक वर्षभन्दा बढी समयदेखि पर्यटक आगमन ठप्पप्रायः रहेको कालिञ्चोकमा अहिले पुनः पर्यटकीय चहलपहल हुन थालेको छ । साथै केबलकार चढेर कालिञ्चोक मन्दिर दर्शन गर्नेहरू समेत बढिरहेकोे कालिञ्चोक केबलकारका निमित्त प्रमुख सन्देश शिवाकोटीको भनाइ छ । कोभिडकै कारण करीब डेढ वर्षदेखि केबलकार बन्द थियो । विशेषगरी हिउँ पर्ने सिजनमा कालिञ्चोकमा आन्तरिक पर्यटकको भीड लाग्ने गर्दछ । काठमाडौं उपत्यका र आसपासका जिल्लाबाट हिउँ खेल्न जानेहरूका लागि नजिकको आकर्षक गन्तव्यको रूपमा कालिञ्चोक परिचित छ । दृश्यावलोकन गर्न, हिउँ खेल्न तथा कालिञ्चोक भगवतीको दर्शन गर्न वर्षेनि हजारौं मानिस कालिञ्चोक आउने गरेका छन् । ३ हजार ८४१ मिटर उचाइमा रहेको कालिञ्चोकबाट रोल्वालिङ तथा जुगल हिमश्रृंखला तथा सूर्यास्तको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । कालिञ्चोकमा साना ठूला गरी ५० होटल छन् । महामारीले व्यवसाय नै ठप्प भएको समयमा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेकाले सदरमुकाम चरिकोटका होटल व्यवसायी समेत उत्साहित छन् । कोरोना महामारी बढेका बेला दोलखाको होटल व्यवसायमा दैनिक २५ लाख रुपैयाँ घाटा भएको अनुमान गरिएको छ । आन्तरिक पर्यटकको रोजाइमा परेको कालिञ्चोकमा पर्यटक आउँदा सदरमुकाम चरिकोटका होटलको पनि व्यवसाय बढ्ने गरेको चरिकोटस्थित होटल लक्ष्मीका सञ्चालक राजेश उप्रेतीले बताए । ‘पर्यटक भरिभराउ हुने भएकाले हिउँ पर्ने सिजनमा यहाँको होटल व्यवसायमा पनि राम्रै कारोबार हुन्छ,’ उनले भने । सिजनमा होटल बुक नगरी आउँदा आन्तरिक पर्यटक अलपत्र पर्न सक्ने भएकाले पहिले नै होटल बुक गरेर मात्र आउन उनको सुझाव छ ।

पुरानै लयमा फर्कंदै पर्वतीय संग्रहालय

कोरोना महामारीका कारण लामो समयसम्म प्रभावित पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा पर्यटकीय चहलपहल बढ्दै गएको छ।

लयमा फर्कंदै औद्योगिक करिडोर

कोरोना सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या घट्दै गएपछि सुनसरी–मोरङमा औद्योगिक चहलपहल बढ्न थालेको छ । निर्धक्कसँग नभए पनि औद्योगिक प्रतिष्ठानका गतिविधि बढ्न थालेका छन् । वैशाखमा सङ्क्रमणको जोखिम बढ्दा ८० प्रतिशत उद्योगले उत्पादन कटौती गरेर ५० प्रतिशतमा झारेका थिए । करिडोरका २० प्रतिशत उद्योग पूर्ण रूपमै बन्द भएका थिए । फलाम तथा स्टिल उद्योग अक्सिजन अभावका कारण नै बन्द गर्नुपर्ने अवस्था आएको थियो । तराईजस्तै पहाडमा समेत सङ्क्रमणको उच्च जोखिम रहेका कारण गत वर्षको बन्दाबन्दीको तुलनामा यस वर्षको निषेधाज्ञामा वस्तुको माग भने घटेको उद्योगीको दाबी छ । पहाडी जिल्लामा कोरोना सङ्क्रमण फैलँदा र निर्माणको काम सुस्ताउँदा माग गत वर्षभन्दा घटेको उनीहरूको दाबी छ । उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले औद्योगिक क्षेत्रमा केही चहलपहल बढे पनि उद्यागी, कर्मचारी र कामदार निर्धक्क हुने अवस्था चाहिँ नरहेको बताउनुभयो । “जबसम्म कम्प्लेट भ्याक्सिनेसन हुँदैन तबसम्म सहज वातावरणमा त फर्कंदैन,” अध्यक्ष प्याकुरेलले भन्नुभयो, “सावधानी अपनाएर उद्योगहरू क्रमशः चलायमान हुँदै छन् । ”

लयमा फर्कंदै ग्यालरी

कोरोना महामारीले झन्डै एक वर्षदेखि बन्द आर्ट ग्यालरी धमाधम खुल्न थालेका छन् । ग्यालरी खुलेसँगै कला क्षेत्रमा फेरि चहलपहल सुरु भएको छ । लामो समय घरभित्रै कला सिर्जनामा तल्लीन कलाकार पनि कार्यथलोमा फर्किन थालेका छन् ।

लयमा फर्कंदै पर्यटकीय केन्द्र ठमेल

१२ मङ्सिर, काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ का कारण सरकारले गरेको बन्दाबन्दी र निषेधाज्ञाले झण्डै आठ महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल …

यसरी विस्तारै लयमा फर्कंदै छ पर्यटकीय केन्द्र ‘ठमेल’

काठमाडौं : काठमाडौं उपत्यकाको प्रमुख पर्यटकीय केन्द्रका रुपमा रहेको ठमेल विस्तारै लयमा फर्कंदै गएको छ। विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण सरकारले गरेको लकडाउन र निषेधाज्ञाले झण्डै आठ महिनादेखि बन्द रहेको ठमेलमा विस्तारै चहलपहल बढ्दै गएको हो। कोरोना संक्रमण बढ्दै गएपछि सरकारले विमानस्थल बन्द गर्दा विदेशी पर्यटक नेपाल घुम्न