(देउखुरी दाङ) : राप्ती गाउँपालिकामा ८५ प्रतिशत ज्येष्ठ नागरिकले कोभिड १९ बाट बच्न खोप लगाएका छन्।नेपाल सरकारले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोभिड १९ बाट बचाउन खोप दिने निर्णयसँगै ९ वटै वडाका १ हजार ७ सय ३९ जना ज्येष्ठ नागरिकले खोप लगाएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले जानकारी दिए।व्यापक सूचना प्रवाहका साथ सुविधाका लागि केही वडाले सवारीसाधन उपलब्ध गराई ज्येष्ठ नागरिकलाई खोप लगाइएको थियो।चार वटा केन्द्र सिसहनिया स्वास्थ्य चौकी, लालमटिया स्वास्थ्य चौकी, देविकोट स्वास्