पर्यटन प्रवर्धन प्राथमिकतामा

कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले औद्योगिक विकास र पर्यटन प्रवर्धनमा जोड दिएको छ । आगामी आर्थिक वर्षका लागि पर्यटन पूर्वाधारका योजनालाई आवश्यकताका आधारमा निर्धारण गरिएको मन्त्रालयले जनाएको छ । रोजगारीमा आधारित उद्योगलाई प्रवर्धन गर्ने, उद्यमशीलता विकास तथा महिला आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने, स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गर्नेलगायत कार्यक्रमलाई आगामी आवमा सञ्चालन गरिने भनाइ मन्त्रालयको छ । आगामी आवको बजेटमा केही नयाँ खालका कार्यक्रम राखिएको मन्त्रालयका योजना तथा अनुगमन शाखा प्रमुख रेनुका न्यौपानेले जानकारी दिनुभयो । उहाँले पर्यटन प्रवर्धनका लागि प्रमुख पर्यटकीय स्थलको संरक्षण र संवर्धन गर्न पर्यटन गुरुयोजना निर्माण गर्ने बताउनुभयो ।

सम्बन्धित सामग्री

पर्यटन सरकारको प्राथमिकतामाः मुख्यमन्त्री पाण्डे

गण्डकी –गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन सरकारको प्राथमिकतामा रहेको बताएका छन्। चवालिसौँ विश्व पर्यटन दिवसका अवसरमा पोखरा पर्यटन परिषद्द्वारा आज पोखरामा आयोजित विशेष कार्यक्रममा उनले गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको स्थल भएको उल्लेख गर्दै पर्यटन नै प्रदेशको समृद्धिको महत्त्वपूर्ण आधार भएको बताए। पर्यटनको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक भएको भन्दै […]

पर्यटन पूर्वाधार निर्माण प्राथमिकतामा

भरतपुर, नेपालगन्ज र विराटनगर विमानस्थलको टर्मिनल भवन यसै वर्ष ५० प्रतिशत सम्पन्न गर्ने लक्ष्य सरकारले एयरपोर्ट स्तरोन्नति, पदमार्ग निर्माणदेखि हिल स्टेसनसम्मका पर्यटन पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ । संस्कृति पर्यटन तथा नागरिक...

सियारीको नीति तथा कार्यक्रममा कृषि र पर्यटन प्राथमिकतामा

रुपन्देहीको सियारी गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षकालागि नीति तथा कार्यक्रम ल्याएको छ।...

पर्यटनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको पर्यटन क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।...

‘पर्यटन व्यवसाय प्राथमिकतामा’

काठमाडौँ,१ भदौ । लुम्बिनी प्रदेश सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वीरबहादुर रानाले पाल्पाको विकासका लागि पर्यटन व्यवसायलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् । पर्यटन विकास भयो भने आयस्रोत पनि बढ्ने हँुदा व्यवसायलाई जोड दिनुपर्ने मन्त्री राना बताउछन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ पाल्पाको आयोजनामा भएको दोस्रो तथा तेस्रो साधारणसभाको आज उद्घाटन गर्नुहँुदै मन्त्री रानाले […]

खेल पर्यटन प्राथमिकतामा रहन्छ : मन्त्री श्रेष्ठ

१९ असार, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले खेल पर्यटनको विकासका लागि प्राथमिकतामा राखेर आफ्नो कार्यकाललाई उपलब्धिमूलक बनाउने प्रयास गर्ने बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका अवसरमा मन्त्री श्रेष्ठले नेपालमा खेल पर्यटनको धेरै सम्भावना रहेको र आफ्नो कार्यकाल खेल पर्यटन विकासका लागि पनि केन्द्रित […]

आर्थिक विकासका लागि पर्यटन क्षेत्र सरकारको प्राथमिकतामा : देउवा

काठमाडौँ– प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारले आर्थिक वृद्धिका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको बताएका छन् । नेपाल पर्वतारोहण संघको नागपोखरीस्थित नवनिर्मित भवनको उद्घाटन गर्दै सभापति देउवाले आर्थिक विकासका लागि पर्यटन क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । उनले पर्यटन क्षेत्रको पूर्वाधार विकास र नयाँ गन्तव्यको पहिचानका लागि सरकार सहुलियत दिन, सहजीकरण र सहकार्य गर्न तयार […]

व्यासको नीति तथा कार्यक्रम: स्वास्थ्य, कृषि र पर्यटन प्राथमिकतामा

दमौली । तनहुँको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिकाले स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज आयोजित नगरपालिकाको ३५औँ नगरसभामा उपप्रमुख मीरा जोशीले आव २०७८/७९ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । नगरपालिकाले नगर अस्पताल सञ्चालन, कृषिमा व्यवसायीकरण र पर्यटन क्षेत्रको प्रबद्र्धनलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाएको […]

पर्यटन व्यवसायी कोरोना खोपको प्राथमिकतामा

काठमाडौं। सरकारले पर्यटन व्यवसायीलाई कोरोनाविरुद्धको खोप अभियानको प्राथमिकतामा राखेको छ। यहीअनुसार अहिलेसम्म देशभरका ८ हजारभन्दा बढी पर्यटन व्यवसायीले कोरोनाविरुद्धको खोप लगाइ सकेका छन्। ठमेल पर्यटन विकास परिषद्को पहलमा यही वैशाख ४ गतेदेखि आजसम्म आठ हजारभन्दा बढी पर्यटन व्यवसायीलाई पिपल्स मेडिकल कलेज बालाजुमा कोरोना भाइरसविरुद्धको चिनियाँ खोप (भेरोसेल) लगाइएको हो।

आर्थिक विकासका लागि ऊर्जा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने : नेपाल

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले देशको आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्रहरु तोक्नुपर्ने आवश्यकता रहेको बताए ।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले देशको आर्थिक विकासका निम्ति प्राथमिकताको क्षेत्रहरु किटान गरेर अघि बढ्नुपर्ने बताए । नेपाल कृषिप्रधान देश भएकाले कृषिलाई पहिलो प्राथमिकता दिँदै ऊर्जा र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखे देशको […]