एकीकृत समाजवादी रोजेका प्रदेश १ प्रदेशसभा सदस्यले आज सनाखत गर्ने

विराटनगर : नेकपा (एमाले) विभाजनपछि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रोजेका प्रदेश १ का सांसदहरुले आज सनाखत गर्ने तयारी गरेका छन्।प्रदेशसभा सांसदहरूलाई निर्वाचन आयोगले दल विभाजन भएको मितिदेखि २१ दिनभित्र दल रोज्न समय सीमा तोकेको छ। जसअनुसार प्रदेश १ का एमाले सांसदहरुले एकीकृत समाजवादी रोजेका सांसदहरुले बुधबार १२ बजे विराटनगरस्थित आयोगको कार्यालयमा सनाखतको तयारी गरेको एकीकृत समाजवादीका नेता राजेन्द्र राईले जानकारी दिए।राईको नेतृत्वमा एकीकृत समाजवादीमा आवद्ध सांसदहरुले मंगलबार नै सनाखत गर्

सम्बन्धित सामग्री

प्रदेश १ : नेकपा (एस) मा सनाखत गर्ने १० प्रदेश सांसदले पाए मान्यता

नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका प्रदेश १ का १० जना एमाले सांसदको सनाखतलाई निर्वाचन आयोगले आज मान्यता दिएको छ ।  निर्वाचन आयोगले प्रदेश निर्वाचन आयोगमा सूचना पठाउने तयारी गरिरहेको निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए ।  आयोगमा पुगेर प्रदेश १ का प्रदेश सभा सदस्यहरू राजन राई, खिनु लङ्वा लिम्बू, पदमकुमारी गुरुङ, गणेशबहादुर कामवाङ, सुनिताकुमारी चौधरी, सावित्राकुमारी रेग्मी, सरिता थापा, कृष्णकुमारी राई, उपेन्द्रप्रसाद घिमिरे र राजेन्द्रकुमार राईले नेकपा (एस) मा हस्ताक्ष...

प्रदेश १ मा एमालेका १६३ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

विराटनगर : प्रदेश १ का १४ जिल्लाका स्थानीय तहका १६३ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन्। यस प्रदेशमा १ महानगरपालिका‚ २ उपमहानगरपालिका‚ ४६ नगरपालिका र ८८ गाउँपालिका रहेका छन्। जसका १ हजार १५७ वडा छन्।पार्टी विभाजन भएपछि दल रोज्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र दुई जिल्ला समन्वय समितिका प्रमुखसहित १६३ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजेका हुन्।प्रदेश १ को सबै बढी जनप्रतिनिध भएका जिल्लाहरु झापा, मोरङ र सुनसरीमा एम

प्रदेश १ मा १७५ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी, लोसपामा कसैले गरेनन् सनाखत

१४ जिल्ला र एक सय ३७ स्थानीय तह रहेको प्रदेश १ मा अधिकांस स्थानीय तहमा एमालेले जितेको थियो । तर, प्रदेश १ मा एमाले विभाजनको असर सामान्य देखिएको छ ।

प्रदेश १ मा १० प्रदेशसभा सदस्यले रोजे नेकपा (एकीकृत समाजवादी)

काठमाडौँ- प्रदेश नम्बर १ मा नेकपा एमालेका १० जना सदस्य नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । उनीहरुले आज प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गराएका हुन् । प्रदेशसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजेन्द्र राईको नेतृत्वमा सनाखत गर्नेमा राजन राई, गणेशकुमार काम्बाङ्ग, सरिता थापा, सावित्रादेवी रेग्मी, खिनु लङ्वा […]

प्रदेश १ : १० जना सांसदले छाडे एमाले, रोजे माधव नेपालको एकीकृत समाजवादी

काठमाडौं : प्रदेश नम्बर १ का १० जना नेकपा एमालेका प्रदेश सभा सदस्यहरुले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गराएका छन्। बुधवार प्रदेश निर्वाचन कार्यालयमा पुगरे १० जनाले नेकपा (एस)मा सनाखत गरेका हुन्। राजेन्द्र कुमार राई, राजन राई, सावित्रा रेग्मी, गणेश कुमार काम्बाङ, खिनुकुमारी लङ्बा, सरिता थापा, पदमाकुमारी गुरुङ, सुनिता चौधरीले…

प्रदेश १ : एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी

विराटनगर : प्रदेश १  प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित १० जना सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्।यसअघि आठजनाले एमाले छोड्दै एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए। बाटोमा आउँदै रहेको भनिएका मोरङका सांसद उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्।यसअघि भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काम्बाङ, उदयपुरकी सुनिता चौधरी, संखु

प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) का १० जनाले गरे सनाखत

विराटनगर, १६ भदौ । नेकपा (एकीकृत समाजवादी)का प्रदेश १ का सांसदहरू निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन् । निर्वाचन आयोग कार्यालय पुगेका १० मध्ये आठ जनाले सनाखत गरिसकेका छन् । प्रमाणपत्र हराएकाले उपेन्द्र घिमिरे र कृष्णकुमारी राई प्रदेशसभा सचिवालय गएका छन् । सचिवालयबाट फर्केर उनीहरुले पनि सनाखत गर्ने तयारी गरेका छन् । एमालेबाट अलग भएर […]

प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका पक्षमा १० जना

प्रदेश १ मा नेकपा एमाले छाडेर नेकपा समाजवादीमा १० जना प्रदेशसभा सांसद सामेल हुने भएका छन् । बुधबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा एमालेका १० सांसद नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा सनाखत गराउन पुगेका हुन् । १० मध्ये ७ जनाले सनाखत गराइसकेका छन् भने राजेन्द्र राई, उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले सनाखत गराउन बाँकी छ ।उपेन्द्र र कृष्णकुमारीको दस्तावेज अपुग भएपछि उनीहरु आवश्यक दस्तावेज जुटाउनका लागि प्रदेशसभा सचिवालयमा गएका छन् । उनीहरुलाई पर्खिँदै राजेन्द्र राईले पनि सनाखत गराएका छैनन् ।

प्रदेश १ मा एमालेका १० सांसदले आज नेकपा समाजवादीको पक्षमा सनाखत गर्दै

नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी)मा खुलेको प्रदेश १ प्रदेशसभाका सदस्यहरुले बुधबार सनाखत गर्ने भएका छन् । बुधबार विहान ११ बजे समाजवादीमा खुलेका १० सांसदले प्रादेशिक निर्वाचन कार्यालयमा पुगेर  नेकपा समाजवादीको पक्षमा सनाखत गर्ने कार्यक्रम रहेको नेता राजेन्द्र राईले जानकारी दिए ।उनका अनुसार सांसदहरु भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, सावित्रा रेग्मी र कृष्णकुमारी राई, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरित