एक तिहाइले पाएनन् तलब

काठमाडौं । कोभिड संक्रमणको बेला रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकमध्ये अधिकांशले पारिश्रमिक नपाएको विभिन्न अध्ययनले देखाएका छन् । वैदेशिक रोजगारीका सम्बन्धमा काम गर्दै आएका स्वदेशी तथा विदेशी संस्थाहरुले गरेको अध्ययनअनुसार खाडीमा प्रमुख ३ श्रम गन्तव्य साउदी अरब, कतार र यूएई एवं अर्को लोकप्रिय गन्तव्य मलेसियामा कार्यरत अधिकांश नेपाली श्रमिकले कोभिड कालमा घर फर्किदा तलब नपाएको […]

सम्बन्धित सामग्री

दसैँपछि कर्मचारीले पाएनन् तलब

प्रमुख प्रशासकीय अधिकृत नहुँदा दैलेखको आठबिस नगरपालिकाका कर्मचारीले दसैँपछि तलब सुविधा पाएका छैनन्।...

सागरनाथका कर्मचारीले नौ महिनादेखि पाएनन् तलब

लामो समयदेखि तलब नपाएका सागरनाथ वन विकास परियोजनाका कर्मचारीहरुमा असन्तुष्टि देखिएको छ। उनीहरुले नौ महिनादेखि तलब पाएका छैनन्।...

स्वास्थ्यका कर्मचारीले पाएनन् तलब

कालिकोट जिल्लाको रास्कोट नगरपालिकाका स्वास्थ्य क्षेत्रका १५ जना कर्मचारीले एक वर्षदेखि तलब पाएका छैनन्।...

बजेट पारित नहुँदा पाएनन् कर्मचारीले तलब

काठमाडौँ । बजेट पारित नहुँदा सर्लाहीको हरिपूर्वा नगरपालिका र विष्णु गाउँपालिकाका शिक्षक  र कर्मचारीको तलब रोकिएको छ । हरिपूर्वा नगरपालिकाकाले नगरसभाको बैठक समयमा बस्न नसक्दा बजेट पारित हुन नसकेकोले कर्मचारीको तलब दिन समस्या भएको बताएको छ । भर्खरै नगरसभाको बैठकले बजेट पास गरेकोले अब प्रक्रिया पुरा गरेर तिहार अगाडि तलब दिने बताइएको छ ।  विष्णु […]

दुई गाउँपालिकाका कर्मचारीले तलब भत्ता पाएनन्

काठमाडौँ,१३ असोज । हिन्दूहरुको महानचाड दसैँमा नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका कर्मचारीले साउनदेखि असोजसम्मको तलब भत्ता पाएका छैनन् । सङ्घ तथा प्रदेशबाट रकम निकासा नभएकाले उक्त दुई गाउँपालिकाका कर्मचारी घर जान पाएका छैनन् । विद्यालय र गाउँपालिकाका कर्मचारी अलपत्र परेका छन् । नाम्खाका स्वास्थयकर्मी छ गरी तीन सय जना र उक्त गाउँपालिकाभित्रका १७ विद्यालयका ८५ […]

दशैँको मुखमा शिक्षक कर्मचारीले पाएनन् तलब, अन्याय भएको गुनासो

काठमाडौं : स्थानीय तहहरुले दशैँको मुखमा तलब नदिएको शिक्षक, कर्मचारीहरुले गुनासो गरेका छन्। नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीका अनुसार चार महिनादेखि शिक्षकहरुले तलब सुविधा पाएका छैनन्।महासंघका महासचिव सुवेदीले महान चाड दशैँको बेला पनि अधिकांश स्थानीय तहले तलब नदिएको बताए। उनले भने, ‘म सँग कति शिक्षक, कर्मचारीले तलब पाएनन् भन्ने यकिन तथ्यांक चाहीँ छैन तर धेरै साथीहरुले तलब नपाएको गुनासो हामीकहाँ गरेका छन्।’गोकर्णेश्वर नगरपालिका वडा-४ स्थित गोकर्ण माध्यमि

धनगढीमा पाएनन् शिक्षकले तलब

धनगढी उपमहानगरपालिकाले नगरभित्र कार्यरत निजी शिक्षकलाई वार्षिक रूपमा दिँदै आएको तलब यसपटक भने दिएको छैन।...

धनगढी उपमहानगरपालिका: पाएनन् शिक्षकले तलब

आफूले काम गरेबापतको तलब नपाउँदा शिक्षकहरू धनगढी उपमहानगरपालिका धाएको धायै भए पनि उपमहानगरपालिकाले निजी शिक्षकलाई दिँदै आएको तलब यसपालि भने दिन नसक्ने बताएको छ।...

शुक्लाफाँटा नगरपालिकाका कर्मचारीले पाएनन् तलब

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिकाका सवारी चालक चरन चौधरी निकै निराश छन्। दशैंका लागि तलब थाप्न नपाइने भएपछि उन निराश भएका छन्।‘तलब पाएपछि परिवारकाका लागि नयाँ कपडा खरिद गरी रमाइलोसँग दशैं मनाउने योजना थियो’ उनले भने, ‘तलबनै नपाइने भएपछि रमाइलोसँग दशैं मनाउने सपना सपनामै सीमित रहन पुगेको छ। निकै न्यास्रो लागेको छ।’नगरपालिकामा कार्यरत ८३ स्थायी, १४२ करार र एकजना अस्थायी गरी २२६ कर्मचारीले तलब थाप्न पाएका छैनन्। आधारभूत तह, माध्यमिक तहका गरी ३००, निजी स्रोतका ८४  शिक्षक,

सल्यानका शिक्षकले तीन वर्षदेखि तलब पाएनन्

सल्यान : सल्यानमा सामुदायिक (सरकारी) विद्यालयमा पढाउने शिक्षकले तीन वर्षदेखि तलब पाएका छैनन्। निजी स्रोतबाट पढाउँदै आएका शिक्षकले पारिश्रमिक नपाएका हुन्।भैरवी आधारभूत विद्यालयमा १२ वर्षदेखि निजी स्रोतमा पढाइरहेका प्रकाश बुढाले विगत तीन वर्षदेखि तलब नपाएको बताए। तीन वर्षदेखि तलब नपाउँदा दैनिक गुजारा गर्न निकै समस्या भएको उनको भनाइ छ। उनले भने, ‘विगतमा झैँ यो वर्षको चाडपर्व खल्लो हुने भयो। पारिश्रमिक आउने निश्चित नहुँदा अन्योल थपिएको छ।’ विज्ञान विषय पढाउँदै आएका बर्दियाका युवराज