एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद तथा नेताहरुको भेला चल्दै गर्दा केपी ओली पक्षका सांसद सिंहदरबारमा पुगेका छन् । वरिष्ठ नेता नेपालले मंगलबार बिहान आफूपक्षीय नेता तथा सांसदहरुसँग कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरेका थिए । नेता नेपाल आफूपक्षीय नेताहरुसँग छलफल गरेर सिंहदरबारबाट बाहिरिए लगत्तै ओली पक्षका सांसदहरु कृष्ण प्रसाद दाहाल, नवराज सिलवाल, गणेश पहाडी र सूर्य पाठक सिंहदरबार पुगेका थिए ।सांसद पहाडीले आफूहरु मध्यस्थता गर्न आएको प्रतिक्रिया दिए । ‘हामी मध्यस्थता गर्न आएका हौ अ