काठमाडौं। ललितपुरको चापागाउँ दोबाटोमा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई हातपात गरेको आरोपमा युवक पक्राउ परेका छन्। ललितपुर प्रहरीले ताप्लेजुङ स्थायी घर भएका २६ वर्षीय विश्वास राईलाई पक्राउ गरेको हो। चापागाउँ दोबाटोमा मोबाइल पसल सञ्चालन गर्दै आएका राईले शुक्रवार ड्युटीमा रहेका प्रहरी हवलदार सुनिल शाहमाथि हातपात गरेको आरोप लागेको छ। ललितपुर प्रहरीका अनुसार पसल नजिकै युवाहरू जम्मा […]