संसद विघटनबारे संविधानसभामा भएको सहमतिको अभिलेख झिकाउन माग

५ माघ, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका निवेदकहरूले संसद विघटन सम्बन्धी संविधानसभामा भएको सहमतिको रेकर्ड झिकाउन माग गरेका छन् । रिट निवेदक मध्येका एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आइतबार संवैधानिक इजलासमा यस्तो माग राखेका हुन् । २०४७ सालको संविधानको धारा ५३ को (४) मा स्पष्ट रुपमा प्रधानमन्त्रीलाई संसद विघटन […]

सम्बन्धित सामग्री

संसद बैठक : समयमै मलको आपूर्तिदेखि उठेका प्रश्नहरुको अभिलेख राख्नुपर्नेसम्म माग

काठमाडौं । प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्यहरुले समसामयिक विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य विक्रम पाण्डेले समयमै किसानहरुका लागि मल आपूर्ति हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले समयमा मल प्राप्त हुन नसक्दा देशको कुल गार्हस्थ उत्पादनमै असर परेको बताए […]

राष्ट्रिय सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको सम्बन्धमा जानकारी गराउने कार्यसूची रहेको छ ।  सचिवालयका अनुसार आजको बैठकमा ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ र ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ प्रस्तुत हुने छन् ।  यसैबीच,...

कोरोना संक्रमणबाट नेपालमा सात जना पत्रकारको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट सात जना पत्रकारको मृत्यु भएको छ । नेपाल पत्रकार महासंघका अनुसार ५१३ जना पत्रकार कोरोना भाइरसबाट संक्रमण भएकोमा सात जनाको मृत्यु भएको हो । ४७० जना संक्रमण मुक्त भएका महासंघले जनाएको छ । महासंघले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण श्रमजीवी नेपाली पत्रकारहरुले ठुलो समस्या भोग्नु परेको जनाएको छ । कोरोना भाइरस संक्रमणको बाहानामा ठूला भनिएका सञ्चारगृहबाट नै पत्रकारलाई सेवाबाट बञ्चित गर्ने, नियमित सेवा सुविधा उपलब्ध नगराउने, बेतलबी बिदामा राख्ने जस्ता कार्यले श्रमजीवी पत्रकार तथा तिनमा आश्रीत परिवारले आर्थिक समस्या झेल्नुपरेको महासंघले जनाएको छ । यस्तै, संघीय सरकार र प्रदेश सरकारले सञ्चार सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवालासँगको छलफल विना नै निर्माण भएका तथा सरकारले संसद समक्ष पु-याएका सार्वजनिक सेवा प्रसारण सम्वन्धी विद्येयक, सूचना प्रविधि विद्येयक, मिडिया काउन्सिल विद्येयकसहित संचार सम्बन्धी विभिन्न विधेयकमा प्रेस स्वतन्त्रता विरोधी धेरै दफाहरु ल्याएको उल्लेख गरिएको छ । नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा गरिएको अभिलेख अनुसार सन् २०२० जानवरी १ देखि २०२० डिसेम्वर ३१सम्मको यो एक बर्षको अवधिमा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटनाहरु अभिलेख गरिएको छ। गतवर्ष अर्थात सन् २०१९ मा प्रेस स्वतन्त्रता हननका ५० वटा घटना अभिलेख गरिएको थियो । यो एकवर्षको अवधिमा सबैभन्दा धेरै ३२ वटा घटना पत्रकारमाथि दुव्र्यवहार तथा धम्कीका रहेका छन्। त्यस्तै, ९ वटा घटना पत्रकारमाथि आक्रमणका छन् भने ५ वटा घटना पत्रकार गिरफ्तारीका छन्। यस्तै, ४ वटा घटना कब्जा तथा अवरोधका रहेका छन् भने २ वटा घटना पेशागत असुरक्षाका अभिलेख भएका छन् ।