जाल्पा सामुदायिकको आईपीओमा नयाँ रेकर्ड : ६६.६५ गुणा बढी शेयर माग

माघ २५, काठमाडौं । गत शुक्रवारदेखि निष्कासनमा आएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा साढे २६ लाखभन्दा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलवार साँझ ५ बजेसम्ममा २६ लाख ५९ हजार ५४० जना आवेदकबाट ३ अर्ब २५ करोड २० लाख ५८ हजार रुपैयाँ बराबरको ३ करोड २५ लाख २० हजार ५८० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई छुट्याएको ४ लाख ८७ हजार ९०० कित्ताको ६६ दशमलव ६५ गुणाले बढी हो । कम्पनीले रू. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ सर्वसाधारणमा विक्रीमा ल्याएको हो । कम्पनीले कुल कित्ता आईपीओ मध्ये शून्य दशमलव पाँच प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीहरुका लागि र पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागानी कोषहरुलाई सुरक्षित गरेको छ । यी बाहेक बाँकी ४ लाख ८७ हजार ९०० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो ।  हाल कम्पनीको चुक्तापूँजी रू. १० करोड ७८ लाख रहेको छ । आईपीओ बाँडफाँट पश्चात चुक्तापूँजी रू. १६ करोड पुग्नेछ । हालको आईपीओ बाँडफाँटको व्यवस्था अनुसार भाग्यमानी ४८ हजार ७९० जनाले जाल्पा सामुदायिक लघुवित्रको शेयर १० कित्ताका दरले प्राप्त गर्नेछन् । धितोपत्र दोस्रो बजारमा पहिलो कारोबारका लागि नेप्सेले कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थदेखि तीनगुणासम्मको मूल्य रेञ्ज तोक्ने देखिएको छ । कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ आर्थिक वर्ष २०७६/७७ सम्ममा रू. १६४ दशमलव ६० रहेको छ । गत आर्थिक वर्ष २०७७/७८ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ रू. ३७९ दशमलव ८६ रहेको छ । नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा पहिलो कारोबारका लागि मूल्य रेञ्ज तोक्ने गरेको छ । कम्पनीले धितोपत्र दोस्रो बजारमा शेयर सूचीकृत गराउने क्रममा अपरिस्कृतलाई परिस्कृत गराई वास्तविक बनाएमा नेप्सेले प्रतिकित्ता रू. ३७९ दशमलव ८६ देखि १ हजार १३९ दशमलव ५८ सम्मको मूल्य रेञ्ज तोकिने सम्भावना छ भने अन्यथा कम्पनीको आर्थिक वर्ष २०७६/७७ सम्मकै वास्तविक प्रतिशेयर नेटवर्थकै आधारमा मूल्य रेञ्ज तोकिने नेप्सेले जानकारी दिएको छ । आर्थिक वर्ष २०७६/७७ सम्मको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा भने कम्पनीले पहिलो कारोबारका रू. १६४ दशमलव ६० देखि रू. ४९३ दशमलव ८० सम्मको मूल्य रेञ्ज को मूल्य रेञ्ज पाउने देखिन्छ ।

सम्बन्धित सामग्री

शेयर बजारमा नवप्रवेशीले ध्यान दिऊँ यी ५ कुरा, नत्र डुब्ला लगानी !

काठमाडौं । पछिल्लो समय शेयर बजारमा पुनः लगानीकर्ताको आकर्षण बढ्न थालेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)का अनुसार मंगलवारसम्ममा डिम्याट खाता खोल्नेको संख्या ६० लाख ७२ हजारभन्दा बढी पुगेको छ । प्रिमियमको आईपीओमा १५ लाखभन्दा बढी आवेदन पर्ने गरेको उदाहरणबाट पनि पछिल्लो समय शेयर बजारमा बढेको क्रेजलाई पुष्टि गर्छ । यही बीचमा बजारले फेरि नयाँ रेकर्ड कायम गर्ने हल्लाले नयाँ लगानीकर्ता पनि बजार प्रवेश गरिरहेका छन् । मंगलवार नेप्से परिसूचक २ हजार ८० दशमलव १२ विन्दुमा छ ।  यसो त धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या पनि बढ्दो क्रममा छ । पछिल्लो दुई वर्षभन्दा बढी समय घट्दो ट्रेण्डमा रहेको बजार पुनः बढ्न थालेको छ । यद्यपि, पछिल्लो समय ब्याजदर घटेको छ भने नीति नियम पनि खुकुलो हुँदै गएका छन् । त्यस्तै बीमा प्राधिकरणले बीमा कम्पनीमा लगानी नीति खुकुलो बनाएको छ । शेयर बजारमा पनि चुक्ता पूँजीको १५ प्रतिशतसम्म लगानी गर्न बाटो खोलिदिएको छ । यसकारण पनि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने जानकार बताउँछन् ।  बजारमा दिनहुँजसो नयाँ लगानीकर्ता भित्रिने क्रम बढ्दो छ भने शेयर बजारप्रति आम लगानीकर्ताको चासो पनि बढ्न थालेको छ । यस क्षेत्रमा धेरैजसो मानिस त बुझेर नै लागेका हुन्छन् भने कतिपय भने अरूले भनेकै भरमा लाखौं रुपैयाँ लगानी गरिरहेका हुन्छन् । यसरी गरिएको लगानीबाट केही समय राम्रो प्रतिफल आए पनि दीर्घकालमा जोखिम देखिने गरेका उदाहरण छन् ।  कतिपय नयाँ लगानीकर्तालाई बजारमा कसरी लगानी गर्ने, कसरी प्रोफिट बुक गर्ने, कसरी शेयर बजारबाट मनग्ये कमाउने, घाटा हुनबाट कसरी बच्ने लगायतबारे थाहा नहुन पनि सक्छ । किनभने पछिल्लो समय हल्लाको भरमा बजारमा लगानी गर्नेहरू बढी छन् । यस्तै लगानीकर्ताका कारण नेपालको शेयर बजारलाई हल्लाले बढी प्रभाव पार्दै आएको देखिन्छ । यसरी हल्लाले बढी प्रभाव पार्ने बजारमा जोखिम पनि बढी हुन्छ । त्यसैले शेयर बजारमा लगानी गर्नुपूर्व धेरै कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ । नवप्रवेशी लगानीकर्ताले यी पाँच कुरामा ध्यान दिनु जरुरी छ ।  १ .  हल्लाको पछाडि नलाग्ने  लगानीकर्ताले हल्लाको भरमा लगानी गर्नु हुँदैन । हल्लाको भरमा गरिएको लगानीमा जोखिम धेरै हुने गर्दछ । त्यसैले शेयर बजारमा लगानी गर्नुपूर्व लगानीकर्ताले त्यो क्षेत्रबारे अध्ययन गर्नु जरुरी हुन्छ । लगानी गर्न लागेको कम्पनीको आधारभूत र प्राविधिक पक्षलगायतको राम्रोसँग अध्ययन गर्नु जरुरी हुन्छ । यसरी अध्ययन गरेर गरिएको लगानीमा जोखिम कम हुन्छ । २. अध्ययनशील हुने  लगानी गर्नुपूर्व जहिले पनि शेयर बजारको पछिल्लो अवस्था, आफूले लगानी गर्ने कम्पनीको अवस्थालगायतबारे अध्ययन गर्नुपर्छ । बजार सधैं एकनाश हुँदैन । कहिले बजार बढ्छ भने कहिले घट्छ । त्यसैले लगानी गर्नुपूर्व यी कुराहरूमा सधैं चनाखो बन्नुपर्छ । लगानी गर्ने कम्पनीको वित्तीय अवस्था, कम्पनीमा संलग्न व्यक्तिलगायतबारे राम्रोसँग अध्ययन गर्नु जरुरी हुन्छ ।  ३.  जोखिम वहन गर्न सक्ने क्षमतालाई ध्यान दिने  कतिपय व्यक्ति शेयर बजारमा लगानी गर्नेबित्तिकै मालामाल भइन्छ भन्ने भ्रममा परेका हुन्छन् । त्यसैले उनीहरूले आफ्नो जोखिम वहन गर्ने सक्ने क्षमताको मूल्यांकन नै नगरी बजारमा लगानी गरिहाल्छन् । जसले गर्दा पछुताउनुपर्ने अवस्था आउन पनि सक्छ । बजार सधैं बढिरहन्छ भन्ने पनि छैन । कहिलेकाहीँ शेयर बजारमा ठूलै करेक्सन आउन पनि सक्छ । त्यसले गर्दा पनि आफ्नो जोखिम वहन गर्न सक्ने क्षमतालाई मूल्यांकन गरेर मात्र लगानी गर्नु उपयुक्त मानिने जानकारहरू बताउँछन् ।  ४.  कम्पनीका वित्तीय विवरणहरू अध्ययन गर्ने  लगानीकर्ताले जहिले पनि आफूले लगानी गर्न लागेको कम्पनीले प्रकाशन गर्ने हरेक त्रैमासिक वित्तीय विवरणको अध्ययन गर्नु जरुरी हुने गर्दछ । वित्तीय विवरणमा उल्लेखित कम्पनीका महत्त्वपूर्ण पक्ष नाफा, पीई रेशियो र मूल्य आम्दानीलगायत शब्दावलीहरूलाई बुझ्नु जरुरी छ । लगानीकर्ताले जहिले पनि पीई रेसियो कम भएको र प्रतिशेयर आम्दानी बढी भएको कम्पनीमा लगानी गर्नुपर्छ । त्यसैगरी कम्पनीको खुद नाफा, वितरणयोग्य आम्दानी, लाभांश वितरण गर्न सक्ने अवस्थाबारे पनि अध्ययन गर्नुपर्ने हुन्छ । कम्पनीको समग्र वित्तीय अवस्थाको अध्ययन गरेर मात्र लगानी गर्नु उपयुक्त हुन्छ । ५.  खरीदविक्री गर्ने समय पहिचान  कतिपय लगानीकर्ता बजार घट्नेबित्तिकै आत्तिएर बेचिहाल्ने प्रवृत्तिका हुन्छन् । यसो गर्दा धेरै घाटा पनि व्यहोर्नुपर्ने हुन्छ । बजार बढ्नकै लागि घटेको हुन्छ । सधैं घटिरहन्छ नै भन्ने हुँदैन । एउटा निश्चित विन्दुमा पुगेपछि बजारले पुनः गति लिन्छ । त्यसैले बजार घट्नेबित्तिकै बेचिहाल्नु हुँदैन । कतिपय लगानीकर्ता अझै नाफा कमाउने लोभमा बजार मूल्य बढेको बेला पनि होल्ड गरेर राख्छन्, यसो गर्दा पनि जोखिम नै हुन्छ । किनभने बजार एउटा निश्चित विन्दुमा पुगेपछि पुनः करेक्सन आउँछ । आफूले किनेको शेयर नाफामा गएपछि प्रोफिट बुक गर्ने हो भने गरिहाल्नुपर्छ । दीर्घकालीन लगानी गरेको हो भने त्यसै अनुसार रणनीति बनाएर बजारमा सक्रिय हुनुपर्छ ।

आईपीओमा आवेदनकाे नयाँ रेकर्ड, जाल्पामा पर्‍यो यति धेरैको आवेदन

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शुक्रवारदेखि निष्काशन गरेको आईपीओमा साढे २६ लाख भन्दा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा २६ लाख ५९ हजार ५४० जना आवेदक बाट ३ अर्ब २५ करोड २० लाख ५८ हजार रुपैयाँ बराबरको ३ करोड २५ लाख २० हजार ५८० कित्ता शेयरको लागि आवेदन परेको हो । यो सर्वसाधारणलाई छुट्टाएको ४ लाख ८७ हजार ९०० कित्ताको ६६.६५ गुणाले बढी हो । लघुवित्तले माघ २१ गते देखि ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको हो । त्यसमध्ये ०.५ प्...

युनियन लाइफ इन्स्योरेन्समा हालसम्मकै धेरै आवेदन

काठमाडौं, नेस युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदनमा नयाँ रेकर्ड कायम भएको छ । सो कम्पनीको आईपीओमा हालसम्मकै उच्च संख्यामा आवेदन परेको हो । कम्पनीको आईपीओमा २१ लाख ७२ हजार ८६८ जना लगानीकर्ताले आवेदन दिएका छन् ।बिक्री खुला गरिएको कुल ५८ लाख ५ हजार कित्तामध्ये ५ दशमलव ९१ गुणा बढी आवेदन ३ करोड ४३ लाख ६१ […]

ज्योति लाइफ इन्स्योरेन्स आईपीओमा नयाँ रेकर्ड - Purbeli News

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदनको रेकर्ड ब्रेक भएको छ । इन्स्योरेन्सको प्रबन्धक एनएमबी क्यापिटलका अनुसार इन्स्योरेन्सको आईपीओमा १८ लाख चार हजार ६४८ जनाको आवेदन परेको छ । आईपीओ खरीदका लागि तीन करोड ८० लाख ५७ हजार ७१० कित्ता बराबरको आवेदन परेको छ । आईपीओमा आवेदन सर्वसाधारणलाई निष्काशनमा ल्याइएको ५९ लाख ४० हजार कित्ताको...

आईपीओमा नयाँ रेकर्ड : १५ लाख ३० हजारले दिए १८ अर्ब १२ करोडको आवेदन

६ माघ, काठमाडौं । साधारण सेयर (आईपीओ) आवेदनमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओमा १५ लाख २९ हजार ४६० ले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् । यस अघि चन्द्रागिरी हिल्स लिमिटेडमा १२ लाख ७७ हजारले आईपीओका लागि आवेदन दिएका थिए । ८ अर्ब रुपैयाँको […]