शेयरबजारमा लगानी गर्दै हुनुहुन्छ ? नवप्रवेशीले जान्नै पर्ने ५ कुरा, 'नत्र कहिल्यै कमाउन सकिन्न !'

काठमाडौं । पछिल्लो समय शेयर बजारमा पुनः लगानीकर्ताको आकर्षण बढ्न थालेको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का अनुसार बिहीवारसम्म डिम्याट अकाउन्ट खोल्नेको संख्या ५४ लाख ८४ हजारभन्दा बढी छ । एउटै कम्पनीको आईपीओमा २७ लाखभन्दा बढी आवेदन पर्ने गरेको उदाहरणले नै पछिल्लो समय युवापुस्तालगायत आम जनमानसमा शेयर बजारमा बढेको क्रेजलाई पुष्टि गर्छ । यसो त धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या पनि बढ्दो क्रममा छ । पछिल्लो एक वर्षभन्दा बढी समय घट्दो ट्रेण्डमा रहेको बजार पुनः बढ्न थालेको छ । नेप्से परिसूचक इतिहासकै उच्च विन्दु ३२ सय पुगेको बजार १८ सय विन्दु तल झरेको थियो । पछिल्लो केही दिनयता नयाँ सरकार गठन र अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएसँगै नेप्से पुनः २ हजार विन्दुमाथि पुगेको छ । ४ कारोबार दिनमै १५० अंकभन्दा धेरै बढेको बजारमा विभिन्न किसिमका चर्चा चल्न थालेका छन् । बजारले फेरि नयाँ रेकर्ड कायम गर्ने हल्लै हल्लाबीच केही नयाँ लगानीकर्ताहरू पनि बजार प्रवेश गरिरहेका छन् । बजारमा दिनहुँजसो नयाँ लगानीकर्ता भित्रिने क्रम बढ्दो छ भने शेयर बजारप्रति आम लगानीकर्ताको चासो पनि बढ्न थालेको छ । यस क्षेत्रमा धेरैजसो मानिसहरू त बुझेर नै लागेका हुन्छन् भने कतिपय अरूले भनेकै भरमा लाखौ रूपैयाँ लगानी गरिरहेका हुन्छन् । यस्तो अवस्थामा गरिएको लगानी केही समय राम्रो देखिए पनि कालान्तरमा जोखिमयुक्त देखिएका उदाहरण धेरै छन् । कतिपय नयाँ लगानीकर्ताहरूलाई बजारमा कसरी लगानी गर्ने, कसरी प्रोफिट बुक गर्ने, कसरी शेयर बजारबाट मनग्ये कमाउने, घाटा हुनबाट कसरी बच्नेलगायतबारे  थाहा नहुन पनि सक्छ । किनभने पछिल्लो समय हल्लाको भरमा बजारमा लगानी गर्नेहरू बढी छन् । यस्तै लगानीकर्ताका कारण नेपालको शेयर बजारमा राम्रा र नराम्रा दुवै खाले हल्लाले बढी प्रभाव पार्दै आएको देखिन्छ । यसरी हल्लाले बढी प्रभाव पार्ने बजारमा जोखिम पनि बढी हुन्छ । त्यसैले शेयर बजारमा लगानी गर्नुपूर्व धेरै कुरामा विचार पुर्‍याउनुपर्ने हुन्छ । शेयरबजारका विज्ञदेखि धेरै थोरै ज्ञान हुनेसम्मले दिने एउटै सुझाव हुन्छ-'शेयर बजारमा कहिल्यै पनि ऋण लिएर लगानी नगर्नू ।' दीर्घकालीन हिसाबले हेर्दा नेपालमा सबैभन्दा उच्च प्रतिफल पाउने क्षेत्र शेयर बजार रहेको पूर्वबैंकर अनलराज भट्टराई बताउँछन् । उनका अनुसार आज लगानी गरेर भोलि नै ठूलो नाफा कमाउँछु भन्नेका लागि यो क्षेत्रमा पनि सम्भव छैन । दीर्घकालीन लगानीबाट मात्रै मुनाफा कमाउन सम्भव छ । आजको दिनमा शेयर बजारमा २–३ लाख रूपैयाँ लगानी गरेर ३० वर्षपछि प्रतिफल लिन्छु भनेर लगानी गर्नेले निश्चितरूपमा राम्रो प्रतिफल प्राप्त गर्ने भट्टराई बताउँछन् । नवप्रवेशी लगानीकर्ताले यी पाँच कुरामा ध्यान दिनु जरुरी : १ .  हल्लाको पछाडि नलाग्ने  लगानीकर्ताहरूले हल्लाको भरमा लगानी गर्नु हुँदैन । हल्लाको भरमा गरिएको लगानीमा जोखिम धेरै हुने गर्दछ । त्यसैले शेयर बजारमा लगानी गर्नुपूर्व लगानीकर्ताले त्यो क्षेत्रबारे अध्ययन गर्नु जरुरी हुन्छ । लगानी गर्न लागेको कम्पनीको आधारभूत र प्राविधिक पक्षलगायतको राम्रोसँग अध्ययन गर्नु जरुरी हुन्छ । यसरी अध्ययन गरेर गरिएको लगानीमा जोखिम कम हुन्छ । २. अध्ययनशील हुने  लगानी गर्नुपूर्व जहिले पनि शेयर बजारको पछिल्लो अवस्था, आफूले लगानी गर्ने कम्पनीको अवस्थालगायत सम्पूर्ण अवस्थाबारे अध्ययन गर्नुपर्छ । बजार सधैं एकनाश हुँदैन । बढ्ने र घट्ने बजारको नियम नै हो । त्यसैले लगानी गर्नुपूर्व यी कुराहरूमा सधैं चनाखो बन्नुपर्छ । लगानी गर्ने कम्पनीको वित्तीय अवस्था, कम्पनीमा संलग्न व्यक्तिलगायत विगत र वर्तमान अवस्थाबारे राम्रोसँग अध्ययन गर्नु जरुरी हुन्छ ।  ३.  जोखिम वहन गर्न सक्ने क्षमतालाई ध्यान दिने  कतिपय व्यक्तिहरू शेयर बजारमा लगानी गर्नेबित्तिकै मालामाल भइन्छ भन्ने भ्रममा परेका हुन्छन् । त्यसैले उनीहरूले आफ्नो जोखिम वहन गर्ने सक्ने क्षमताको मूल्यांकन नै नगरी बजारमा लगानी गरिहाल्छन् । जसले गर्दा पछुताउनुपर्ने अवस्था आउन पनि सक्छ । बजार सधैं बढिरहन्छ भन्ने पनि छैन । कहिलेकाहीँ शेयर बजारमा ठूलै करेक्सन आउन पनि सक्छ । त्यसले गर्दा पनि आफ्नो जोखिम वहन गर्न सक्ने क्षमतालाई मूल्यांकन गरेर मात्र लगानी गर्नु  उपयुक्त मानिन्छ ।  ४.  कम्पनीका वित्तीय विवरणहरू अध्ययन गर्ने  लगानीकर्ताले जहिले पनि आफूले लगानी गर्न लागेको कम्पनीले प्रकाशन गर्ने हरेक त्रैमासिक वित्तीय विवरणको अध्ययन गर्नु जरुरी हुने गर्दछ । वित्तीय विवरणमा उल्लिखित कम्पनीका महत्त्वपूर्ण पक्ष नाफा, पीई रेशियो र मूल्य आम्दानीलगायत शब्दावलीहरूलाई बुझ्नु जरुरी छ । लगानीकर्ताले जहिले पनि पीई रेसियो कम भएको र प्रतिशेयर आम्दानी बढी भएको कम्पनीमा लगानी गर्नुपर्छ । त्यसैगरी कम्पनीको खुद नाफा, वितरणयोग्य आम्दानी, लाभांश वितरण गर्न सक्ने अवस्थाबारे पनि अध्ययन गर्नुपर्ने हुन्छ । कम्पनीको समग्र वित्तीय अवस्थाको अध्ययन गरेर मात्र लगानी गर्नु उपयुक्त हुन्छ । ५.  खरीदविक्री गर्ने समय पहिचान  कतिपय लगानीकर्ताहरू बजार घट्नेबित्तिकै आत्तिएर बेचिहाल्ने प्रवृत्तिका हुन्छन् । यसो गर्दा धेरै घाटा पनि व्यहोर्नुपर्ने हुन्छ । बजार बढ्नकै लागि घटेको हुन्छ । घटिरहन्छ नै भन्ने हुँदैन । एउटा निश्चित विन्दुमा पुगेपछि बजारले पुनः गति लिन्छ । त्यसैले बजार घट्नेबित्तिकै बेचिहाल्नु हुँदैन । कतिपय लगानीकर्ताहरू अझै नाफा कमाउने लोभमा बजार मूल्य बढेको बेला पनि होल्ड गरेर राख्छन्, यसो गर्दा पनि जोखिम नै हुन्छ । किनभने बजार एउटा निश्चित विन्दुमा पुगेपछि पुनः करेक्सन आउँछ । सोही कारण आफूले किनेको शेयर नाफामा गएपछि प्रोफिट बुक गर्ने हो भने गरिहाल्नुपर्छ । होइन दीर्घकालीन लगानी गरेको हो भने त्यसै अनुसार रणनीति बनाएर बजारमा सक्रिय हुनुपर्छ ।  आर्थिक अभियानको अर्काइभबाट

सम्बन्धित सामग्री

‘कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैन’

काठमाडौं, २० फागुन । अर्थमन्त्री डा. प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति सरकार प्रतिबद्ध रहेको बताएका छन् । देशमा रोजगारीका अवसरको सृजना तथा शैक्षिक रुपान्तरणका माध्यमबाट उन्नयनको मार्गमा अग्रसर हुन सहज हुने भन्दै उनले कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने मान्यताबाट मुक्त हुनुपर्नेमा जोड दिए । नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेस्थित स्याउरीभूमे माध्यमिक विद्यालयको ४१औँ […]

बिरुवा रोपेर पुण्य कमाउन धरानका मेयर हर्क साम्पाङको आह्वान

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वृक्षरोपण गरी पुण्य कमाउन सबैलाई आह्वान गरेका छन् । उनले आफू पनि धरानमा विरुवा रोप्ने अभियानमा रहेको बताए

अक्षय कुमारको फिल्मले पैसा कमाउन असफल

अक्षय कुमारको फिल्म सम्राट पृथ्वीराज जुन ३ मा सिनेमाघरमा रिलिज भएको थियो। अहिले बक्स अफिस कलेक्सनमा आफ्नो पकड कायम राख्न संघर्ष गरिरहेको छ । पिरियड ड्रामाले दर्शकको मन जित्न सकेन । प्रारम्भिक अनुमान अनुसार, १०.७० करोडमा कम ओपनिङ गरेपछि यो फिल्मले जुन १० सम्म मात्र ५६ करोड कमाउन सफल भएको छ ।

अब खल्तीमा बैंक लिङ्क रिफर गरी कमाउन सकिने

अतिरिक्त आम्दानी गर्ने तरिकाहरूमा रुचि राख्ने व्यक्तिहरूका लागि खल्तीले बैंक लिङ्क रिफर गरी कमाउन सकिने अफर फेरि ल्याएको छ । यस अभियानमा खल्ती केवाईसी  प्रमाणित भएका जो कोहीले आफ्नो आफ्नो परिवार र साथीभाइलाई बैंक खाता लिंक गर्न रिफर गरिआम्दानी गर्न सक्नेछन् । प्रत्येक  रिफरमा प्रयोगकर्ताले  ५० रुपैयाँ कमाउन सक्नेछन् ।  ‘खल्तीमा बैंक लिङ्क गर्ने अफर रिफर...

बैंकहरुले संकटको बेला पनि मुनाफा कमाउन मात्रै ध्यान दिए: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुले संकटको समयमा पनि मुनाफा कमाउन मात्रै ध्यान दिएको आरोप लगाएका छन्।...

क्लबहाउसमा ‘पिन्ड लिङ्क’ फिचर मार्फत पैसा कमाउन सकिने

क्लबहाउसमा अब बाहिरी लिङ्कबाट पनि पैसा कमाउन सकिने भएको छ । एपमा प्रयोगकर्ताले बाहिरी अन्य लिङ्कहरू राख्न र त्यसलाई सजिलै मनिटाइज गर्नसक्ने भएका छन् । शनिबार आयोजना गरिएको द भर्जको एक इभेन्टमा बोल्दै क्लबहाउसका सीईओ पल डेभिसन र मार्केटिङ प्रमुख माया वाट्सनले क्लबहाउसमा नयाँ फिचर थपिएको जानकारी गराएका हुन् । यो फिचरलाई कम्पनीले ‘पिन्ड लिङ्क’ को नाम दिएका छ । यो फिचर...

‘शक्ति र पैसा कमाउन मन्त्री बन्न मरिहत्ते’

राजनीति गर्ने धेरैजसो पदमा पुग्न चाहन्छन्, पदमा पुगेपछि शक्ति र धन कमाउन चाहन्छन्। मन्त्री बन्न मरिहत्ते गर्नुका पछाडि इज्जत, प्रतिष्ठाभन्दा पनि धन कमाउनु प्रमुख कारण रहेको सर्लाहीका बुद्धिजीवी रजनीकान्त झाको विश्लेषण छ।...

ट्वीटरमा स्पेसेजबाट अब पैसा कमाउन सकिने

ट्वीटरमा अब प्रयोगकर्ताहरुले स्पेसेजबाट पैसा कमाउन सक्ने भएका छन् । ट्वीटरले स्पेसमा सःशुल्क टिकेटको फिचर परिक्षण गरिरहेको छ । अहिलेका लागि कम्पनीले यो फिचर आईओएसमा मात्रै परीक्षण गरिरहेको छ ।  यो फिचर जुन देखिनै जाँचका लागि उपलब्ध रहेको छ । आईओएस प्रयोगकर्ताले निवेदन दिएर यो फिचर जाँच गर्न सक्ने जनाइएको छ । यो फिचरमा होस्टले सहभागीहरुसँग पैसा उठाउन सक्ने छन् ।...

अब ट्वीटरबाट पनि पैसा कमाउन सकिन्छ, कसरी?

काठमाडौं। माइक्रोब्लगिङ सामाजिक सञ्जाल ट्वीटरले ‘सुपरफलो’ नामको नयाँ फिचर ल्याउने भएको छ। यसबाट प्रयोगकर्ताले पैसासमेत कमाउन सक्ने बताइएको छ। ‘सुपरफलो’ गर्ने प्रयोगकर्तालाई एक्स्क्लुसिभ कन्टेन्टको एक्सेस दिइनेछ। यसमार्फत् उनीहरूले आफ्ना फलोअर्ससँग पैसासमेत माग्न सक्ने बताइएको छ।