निकटस्थसँग सल्लाह गर्दै प्रधानन्यायाधीश जबरा, राजीनामाको विकल्पबारे पनि छलफल

सर्वोच्च अदालतका न्यायाधीशहरू नै विरोधमा उत्रिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निकटस्थहरूसँग छलफल गर्न थालेका छन् । राजीनामाको विकल्पबारे पनि छलफल चलिरहेको स्रोतको भनाइ छ । प्रधानन्यायाधीश जबरा सर्वोच्चका न्यायाधीशहरू र नेपाल बारको नेतृत्वलाई मनाएर...

सम्बन्धित सामग्री

सर्वोच्चमा हिजोआज के गर्दैछन् प्रधानन्यायाधीश जबरा ?

कोरोना संक्रमणपछि स्वास्थ्य लाभ गरिरहेका प्रधानन्यायाधीश जबरा न्याय सम्पादनको प्रक्रियाबाट अलग छन् । एक साताको अवधिमा फाट्टफट्ट प्रसंग निस्किएको बेलामा बाहेक न्यायाधीशहरुले उनको बारेमा लामो कुराकानी र छलफल गरेका छैनन् ।

प्रधानन्यायाधीश जबरा अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना संक्रमणपछि बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा भर्ना भएका जबरा आज (शुक्रबार) बिहान डिस्चार्ज भएका हुन्। प्रधानन्यायाधीश जबरा अस्पतालमा उपचाररत हुँदासमेत सर्वोच्चमा कायम मुकायम नतोकिएको भन्दै न्यायाधीशहरु असन्तुष्ट बनेका थिए। उनीहरु नेपाल बार एसोसिएसनसँग पनि यस बारे छलफल गरेका थिए। यस्तै सत्ता गठबन्धनका शीर्ष नेताले पनि […]

प्रधानन्यायाधीश जबरा राजीनामा दिन बाहेक सबै विकल्पमा छलफल गर्न तयार

काठमाडौं, २३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफु राजीनामा दिने बाहेक सबै विकल्पमा छलफल गर्न तयार रहेको सन्देश विद्रोही न्यायाधीशहरु समक्ष पठाएका छन् । सर्वोच्च अदालततकै न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर बेन्च बहिस्कारमा उत्रिएका छन् । उनीहरुले बन्दी प्रत्यक्षिकरणको मुद्दा बाहेक अरु मुद्दा नहेर्ने सर्त राख्दै आएका छन् । तर, प्रधानन्यायाधीश जबराले भने न्यायालयलाई […]

अदालतभित्रको गत्यावरोध हटाउन प्रधानन्यायाधीश जबरा सक्रिय, सबै पक्षसँग छलफल

काठमाडौं, २१ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतभित्रको अहिलेको गतिरोध हटाउनेगरि छलफलमा जुटेका छन् । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको छ । न्यायाधीशहरुले इजलास बहिष्कार गरेका छन् । तिहारको विदा हुनुभन्दा अघि प्रधानन्यायाधीशले बन्दी प्रत्यक्षीकरणका मुद्दामा सुनुवाई गर्नको लागि मात्रै इजलास राखेका थिए । न्यायाधीशहरुले पनि प्रधानन्यायाधीश जबराको मार्गप्रशस्तको कुरा […]

राजीनामाबाहेक सबै विषयमा छलफल गर्न प्रधानन्यायाधीश जबरा तयार

काठमाडौं, १६ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कुनै हालतमा राजीनामा नदिने दोहोराएका छन् । उनले असन्तुष्ट पक्षका तीन न्यायाधीशहरुसँग छलफलका क्रममा राजीनामाबाहेकको विषयमा छलफलको प्रस्ताव लिएर आउन भनेको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र मनोजकुमार सिंहसँगको भेटमा प्रधानन्यायाधीश जबराले न्यायपालिकामा के के सुधारका काम गर्न सकिन्छ र […]

प्रधानन्यायाधीश जबरा न्यायाधीशहरुलाई फकाउँदै

काठमाडौं, १४ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशहरुसँग औपचारिक अनौपचारिक छलफल बढाएका छन् । उनले सर्वोच्च अदालतको कामकारबाही सामान्य तरिकाले बढाउनेबारे छलफल बढाएका हुन् । आज प्रधानन्यायाधीश जबराले न्यायाधीशहरु अनिलकुमार सिन्हा, मनोजकुमार शर्मा र सपना मल्लसँग छलफल गरे । प्रधानन्यायाधीश र इजलाश बहिष्कार गर्ने न्यायाधीशहरुको सेतुको भूमिकामा तीन न्यायाधीश जबरालाई भेट्न पुगेका थिए । […]

प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरूबिच छलफल सुरु

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरूबीच छलफल सुरु भएको छ । प्रधानन्यायाधीशले ‘मार्ग प्रशस्त गर्नुपर्ने’ निर्णय गरेका १४ जना न्यायाधीशहरूसँग प्रधानन्यायाधीश जबराले छलफल थालेका हुन् । ती न्यायाधीशहरूको हिजोको बैठकले जबरालाई आज भेटेर राजीनामा दिन अनुरोध गर्ने निर्णय गरेको थियो । प्रधानन्यायाधीश जबराले भने बिबिसी नेपाली सेवासँगको कुराकानीमा आफू संवैधानिक प्रक्रियाबाट […]

प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच छलफल सकियो

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सकिएको छ । पछिल्लो समय देखिएको विवादको विषयमा प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरुबीच छलफल भएको हो ।प्रधानन्यायाधीशसँगको छलफलमापछि १५ जना न्यायाधीशहरु पुन: आपसमा छलफल गरेका थिए । प्रधानन्यायाधीश जबरा सत्ता भागवण्डा लगायतका विवादमा मुछिएपछि उनीमाथि राजीनामाका लागि दबाब बढ्दै गएको छ । सर्वोच्च अदालतका अधिकांश न्यायाधीशले उनलाई ‘मार्ग प्रशस्त’ गर्न आग्रह गर्दै आएका छन् । प्रधानन्यायाधीश र न्यायाधीशहरुबीच जारी छलफ

प्रधानन्यायाधीश जबरा र बार पदाधिकारीबीचको छलफल सम्पन्न

काठमाडौं, ७ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र नेपाल बार एशोसिएशनका पदाधिकारीबीचको छलफल सम्पन्न भएको छ । प्रधानन्यायाधीशको च्याम्बरमा भएको छलफल लामो समयसम्म चलेको थियो । आजको छलफलमा के कुराकानी भयो भन्ने कुरा विस्तृत आएको छैन् । भोलि बारसहित सबै न्यायाधीशको फुल कोर्ट बैठक बस्ने भएको छ । file photo

प्रधानन्यायाधीश जबरा र नेपाल बार एशोसिएशनका पदाधिकारीबीच छलफल सुरु

काठमाडौं, ७ कार्तिक । नेपाल बार एशोसिएशनका पदाधिकारी र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच भेटवार्ता सुरु भएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको नेतृत्वमा पदाधिकारीले अहिले प्रधानन्यायाधीश जबरासँग भेटवार्ता सुरु गरेको हो । श्रेष्ठले हिजै रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आज भेटवार्ता हुने बताएका थिए । यद्धपी उनले आफूहरुले प्रधानन्यायाधीश जबराको राजीनामा नमागेको स्पष्ट पारेका थिए । […]