मेलम्चीको पाइप फुट्दा जलमग्न बन्यो लैनचौर

काठमाडौं।मेलम्ची खानेपानीको पाइप फुटेपछि काठमाडौंको लैनचौरस्थित सडक जलमग्न बनेको छ।सोमवार दिउँसो मेलम्चीको पाइप फुटेको हो।शुक्रवारबाट मेलम्चीले काठमाडौंमा पुन पानी वितरण शुरु गरेको हो।सडक जलमग्न भएपछि अहिले लैनचौर क्षेत्रको सडकदेखि जमल उत्तर ढोका क्षेत्रको सडकमा सवारी अवरुद्ध बनेको छ।

सम्बन्धित सामग्री

लैनचौरमा मेलम्चीको पाइप मर्मतपछि दुईतर्फी सवारीसाधन सञ्चालन

काठमाडौं : लैनचौरमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मत गरिएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मर्मत कार्यपछि खानी विभागबाट लैनचौरतर्फ आउने सडकखण्डमा चल्ने सवारीसाधन दुईतर्फी सञ्चालनमा आएको जनाएको छ।सोमबार लैनचौर क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि सडक जलमग्न हुनुका साथै सवारी आवागमन समस्या आएको थियो। सडकमा पोखरी बनेपछि सर्वसाधारण र सवारीचालक धेरै सास्ती खेप्न बाध्य भएका थिए।

मेलम्ची खानेपानीको पाइप फुटेपछि बाटो हिलाम्मे, सवारी अवरुद्ध

काठमाडौं : मेलम्ची खानेपानीको पाइप फुटेपछि काठमाडौंको लैनचौरस्थित सडक जलमग्न बनेको छ। सोमवार दिउँसो मेलम्चीको पाइप फुटेको हो। शुक्रवारबाट मेलम्चीले काठमाडौंमा पुन पानी वितरण शुरु गरेको हो। सडक जलमग्न भएपछि अहिले लैनचौर क्षेत्रको सडकदेखि जमल उत्तर ढोका क्षेत्रको सडकमा सवारी अवरुद्ध बनेको छ।