काठमाडौंः काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गरेको कमलपोखरीको उद्घाटन गरिएको छ। आज एक कार्यक्रमबीच महानगर प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरीको उद्घाटन गरेका हुन्।
दलदल बनेको पोखरीलाई महानगरले बजेट विनियोजन गरेर नयाँ शैलीमा बनाएको हो। पोखरीको बीचमा कमलको फूल निर्माण गरिएको छ। चारैतिर बस्न मिल्ने गरेर परम्परागत शैलीमा पाटी (फल्चा) निर्माण गरिएको छ।
यस्तै, …