राष्ट्रियसभा निर्वाचन : एमाले सुदूरपश्चिमका उम्मेदवारले मनोनयन दर्ता गरे

कैलाली । राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमलो सुदूरपश्चिमका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । आज निर्वाचन अधिकृतको कार्यालय पुगेर एमाले उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । एमालेको महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका हुन् ।

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबीविरोध र उजुरी गर्न सकिने

काठमाडौं । राष्ट्रियसभाका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुविरुद्ध आज उजुरी हाल्न सकिने भएको छ । निर्वाचन आयोगले आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको जनाएको छ । १९ सीटका लागि माघ ११ गते हुने निर्वाचनका लागि ५२ उम्मेदवारी परेको छ । आज परेका उजुरीविरद्ध बिहीबारसम्म जाँचबुझ गरी नामावली प्रकाशन हनेछ । यस्तै पुस २७ गतेसम्म नाम […]

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान

काठमाडौं । निर्वाचन आयोगले १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गरेको जानकारी दिएको छ । भोलिदेखि आचारसंहिता लागु हुने निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागिे निर्वाचन आचारसंहिता, २०७२ सोमबार (२६ पुस)बाट लागु हुने आयोगले जनाएको छ । उम्मेदवारको अन्तिम […] The post राष्ट्रियसभा निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान appeared first on राजधानी राष्ट्रिय दैनिक.

राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा

हेटौंडा । राष्ट्रियसभा सदस्यका लागि माघ १२ गते हुने मतदानका लागि रिक्त रहेको वागमती प्रदेशतर्फका २ सिटमा हुने निर्वाचनका लागि ६ उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । मनोनयन दर्ताको कार्यसूचीअनुसार हेटौंडा–५ मा रहेको वागमती प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर सत्तारूढ गठबन्धन दलका २ जना, नेपाल मजदुर किसान पार्टीका २ जना र नेकपा एमालेका तर्फबाट २ […]

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा छ जनाको उम्मेदवारी

राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा छ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । तीन सिटको लागि सत्ता गठबन्धनले तीन जना र प्रतिपक्ष दल नेकपा (एमाले) तीन जना गरेर छ जनाले छुट्टाछुट्टै उम्मेवारी दर्ता गराएका हुन् ।

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा तीन पदमा ६ जनाको उम्मेदवारी

बुटवल : राष्ट्रियसभा सदस्यको निर्वाचनको लागि लुम्बिनी प्रदेशमा नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। एमालेको तर्फबाट दलित, महिला र अन्य गरि तीन पदमा मनोनयन दर्ता गरिएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। दलित तर्फ गुल्मीका कृष्ण सुनार, बाँकेका भारती उपाध्याय खनाल र दाङका रामदयाल गुप्ताले मनोनयन दर्ता गराएका हुन्।…

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा राप्रपाले पनि दियो उम्मेदवारी

२० पुस, विराटनगर। माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवारी मनोनयन दर्ता गराएको छ । राष्ट्रियसभामा प्रदेश १ बाट रिक्त ३ मध्ये खुला र महिला कोटामा राप्रपाले मनोनयन दर्ता गराएको हो । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश १ मा राप्रपाका एक जना प्रदेशसभा सदस्य र स्थानीय […]

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा एमाले उम्मेदवारले गरे मनोनयन दर्ता

रूपन्देही । राष्ट्रियसभामा रिक्त सदस्य पदको निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेकपा एमालेका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । एमालेको तर्फबाट दाङ घोराहीका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनारले मनोनयन दर्ता गराएका हुन् । एमालेका नेताहरु दलबल र ब्यानरसहित मनोनयन दर्ता गराउन गएका थिए ।

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा माओवादी र लोसपा उम्मेदवारले गरे मनोनयन दर्ता

जनकपुरधाम : राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा अहिले सम्म ३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन्। लोसपाबाट महोत्तरीकी रूपा यादव र श्यामसुन्दर सरदारले उम्मेदवारी दर्ता गराएका छन्।…

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा एमालेबाट बराल, भण्डारी र शेर्पाको मनोनयन

विराटनगर । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा एमालेबाट गुरु बराल, सुमित्रा भण्डारी, सोनाम ग्यालजेन शेर्पाले मनोनयन दर्ता गरेका छन् । उनीहरूले मंगलबार बिहान राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गरेका हुन् । आगामी १२ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।

राष्ट्रियसभा निर्वाचन: उमेदवार छान्न दलहरुलाई हम्मेहम्मे

काठमाडौँ। राष्ट्रियसभा निर्वाचनका लागि भोलि(आइतबार) मनोनयन दर्ता हुँदैछ । दुई वर्षे कार्यकाल पूरा गरेर रिक्त हुन लागेका १९ सदस्यमध्ये १८ पदका लागि माघ ९ गते निर्वाचन हुंदैछ । एक पद सरकारको सिफारिसमा राष्ट्रपतिबाट ...