राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा राप्रपाले पनि दियो उम्मेदवारी

२० पुस, विराटनगर। माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवारी मनोनयन दर्ता गराएको छ । राष्ट्रियसभामा प्रदेश १ बाट रिक्त ३ मध्ये खुला र महिला कोटामा राप्रपाले मनोनयन दर्ता गराएको हो । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश १ मा राप्रपाका एक जना प्रदेशसभा सदस्य र स्थानीय […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा नेकपा एसकी राई विजयी

राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा महिलातर्फ जयन्ती राई विजयी भएकी छिन् । नेकपा एकीकृत समाजवादीकी राई चार हजार ६ सय ९२ मत ल्याउँदै विजयी बनेकी हुन् ।निर्वाचन अधिकृत भरत लम्सालका अनुसार एमालेकी सुमित्रा भण्डारीले चार हजार तीन सय ६२ मत ल्याएकी छिन भने राप्रपाकी रन्जु प्याकुरेलले एक सय २० मत प्राप्त गरेकी छिन् । तीन मत भने बदर भएको निर्वाचन अधिकृत लम्सालले बताए ।

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ बाट नेकपा एसकी उपाध्यक्ष जयन्ती राई विजयी

विराटनगर । राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज (बुधबार) भएको मतदानबाट प्रदेश १ मा जयन्ती राई विजयी भएकी छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी राई नेकपा एसकी केन्द्रीय उपाध्यक्षसमेत हुन् । महिला तर्फकी उम्मेदवार राईले ४६५२ मत ल्याइन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गर्दा राप्रपाकी रन्जु प्याकुरेल १२० मत ल्याएकी छन् । […]

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा तीन मतदाता अनुपस्थित

प्रदेश १ मा राष्ट्रियसभा सदस्य पदका लागि मतदान सम्पन्न भएको छ । निर्वाचन अधिकृत भरत लम्सालका अनुसार मतदानमा दुई जना स्थानीय तहका प्रतिनिधि र एक जना प्रदेश सांसद अनुपस्थित भएका छन् ।उनका अनुसार स्थानीय तहतर्फ २७० र प्रदेशसभा सदस्य तर्फ ९१ मत खसेको छ । झापाको गौरीगन्ज गाउँपालिका प्रमुख बाबुराम श्रेष्ठ र विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्की अनुपस्थित भएका हुन् ।यस्तै, किर्ते कागजात मुद्दामा उच्च अदालतले दोषी ठहर गरेपछि फरार रहेकी प्रदेशसभा सदस्य गुलेफुन खातुन पनि मतदानमा अनुपस्थित रहिन्

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ को मत परिणाम आजै आउने

विराटनगर : राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम आजै आउने निर्वाचन कार्यालयले जनाएको छ।निर्वाचन कार्यालय प्रमुख निर्वाचन अधिकृत भरत लम्सालले कुनै खालको बाधा अवरोध नभए मतदान सकिएको चार घण्टाभित्रमा मत परिणाम आइसक्ने बताए। मतदानका लागि बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म तोकिएको छ।निर्वाचन कार्यालयले खुला, महिला र अल्पसंख्यक वा अपाङ्ग कोटाका लागि छुट्टाछुट्टै मतपत्र बनाएको छ। मतदान पनि सोहीअनुसार हुने लम्सालले बताए। करिब ११ सय मतपत्र गन्नुपर्ने उनको भनाइ छ।प्रदेशसभाका ९२ जना र स्थानीय तहका प्रमुख

आज राष्ट्रियसभा निर्वाचन : कहाँ-कहाँ हुँदैछ मतदान ?

काठमाडौं – आज राष्ट्रियसभा सदस्यको लागि निर्वाचन हुँदैछ। १९ सिटका लागि सात प्रदेशका १४ मतदान केन्द्रमा मतदान हुन लागेको हो। निर्वाचन आयोगले प्रदेश १ मा दुई र अन्य ६ वटा प्रदेशमा एकएक मतदानस्थलभित्र दुईदुई वटा मतदान केन्द्र बनाएको छ। बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार प्रदेश १ […]

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा एमालेलाई झिनो आश

११ माघ, विराटनगर । प्रदेश १ मा तीन जना राष्ट्रियसभा सदस्यका लागि बुधबार मतदान हुँदैछ । तीन पदका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनमा रहेको दल नेपाली काङ्ग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका एक–एक, नेकपा एमालेका ३ र राप्रपाबाट २ जना उम्मेदवार छन् । प्रदेश १ म मुख्य प्रतिस्पर्धा भने […]

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ बाट तीन सीटका लागि ८ जनाको उम्मेदवारी

प्रदेश १ बाट राष्ट्रियसभा सदस्यको रिक्त हुने तीन सीटका लागि ८ जनाको उम्मेदवारी दर्ता भएको छ । विराटनगरस्थित निर्वाचन कार्यालयमा सत्तारुढ गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मनोनयन पत्र दाखिला भएको हो । सत्तारुढ गठबन्धन र एमालेले तीनै सीटका लागि उम्मेदवारी दिएका छन् भने राप्रपाले दुई सीटमा मात्र उम्मेदवारी दिएको छ ।विराटनगरस्थित निर्वाचन कार्यालयका अनुसार नेकपा एमालेबाट खुलातर्फ गुरुप्रसाद बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पाले उम

राष्ट्रियसभा निर्वाचन: प्रदेश १ मा ८ जनाको उमेदवारी

राष्ट्रियसभा सदस्य पदका लागि प्रदेश १ मा ३ पदका लागि ८ जनाले उम्मेद्वारी दर्ता गराएका छन्। सत्तारुढ गठबन्धन, नेकपा एमाले र राप्रपाले आठ जनाको उमेदवारी दर्ता गराएका छन्।...

राष्ट्रियसभा निर्वाचन : यस्तो छ प्रदेश १ मा मतको अंकगणित

विराटनगर : राष्ट्रियसभामा प्रदेश १ बाट प्रतिनिधित्व गर्ने तीन सदस्यको पदावधि सकिएकाले आगामी माघ १२ मा निर्वाचन हुँदैछ। नेकपा एमालेबाट राष्ट्रियसभामा निर्वाचित नैनकला ओझा, अगम बान्तवा र परशुराम मेघी गुरुङको कार्यकाल फागुन २० मा सकिँदै छ।रिक्त रहेको महिला, खुला र अल्पसंख्यक वा अपांगता भएको क्षेत्रमा निर्वाचन हुन लागेको हो। देशभर १९ सदस्यका लागि निर्वाचन हुँदैछ। निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) उत्रिएको छ। गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), ने