अवहेलना मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च पुगे प्रचण्ड

नेकपा प्रचण्ड नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अवहेलना मुद्दामा लिखित जवाफ बोकेर आइतबार सर्वोच्च अदालत पुगेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा मुद्दालाई प्रभावित गर्नेगरी अभिव्यक्ति दिएको भन्दै उनीविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । सो रिटमाथि माघ २१ गते न्यायाधीश मनोजकुमार शर्माको ...

सम्बन्धित सामग्री

सर्वोच्चलाई बालेनले बुझाए यस्तो लिखित जवाफ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएका छन् । अदालतको एक अल्पकालीन अन्तरिम आदेशबारे टिप्पणी गर्दै बालेनले सामाजिक सञ्जालमा प्रतिक्रिया जनाएपछि एक कानुन व्यवसायीले अदालतको अवहेलना...

यस्तो छ मेयर बालेन शाहले सर्वोच्च अदालतलाई बुझाएको लिखित जवाफ !

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अदालतको अवहेलना गरेको निवेदनमा सर्वोच्च अदालतलाई लिखित जवाफ बुझाएका छन्।  उनले आफ्ना कानुनी अधिकारीमार्फत मंगलबार लिखित जवाफ बुझाएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए।  अधिवक्ता दीपकराज जोशीले उनीविरूद्ध दिएको अदालतको अवहेलना निवेदनमाथि सर्वोच्चले लिखित जवाफ बुझाउन भनेको थियो।  मंगलबार मेयर बालेनले बुझाएको लिखित जवाफमा आफूबाट अभिव्यक्त भएको शब्द […]

शिक्षमन्त्री श्रेष्ठलाई सर्वोच्च अदालतद्वारा लिखित जवाफ दिन आदेश

काठमाडौं, २३ असार । सर्वोच्च अदालतले रुपा सुनार प्रकरणमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई लिखित जवाफ दिन आदेश दिएको छ । रुपाविरुद्ध जातीय विभेद गरेकी घरधनी सरस्वती प्रधानलाई रिहा गराउन पदको दुरुपयोग गरेको भन्दै मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न भन्दै परेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले लिखित जवाफ पेश गर्न आदेश दिएको छ । अदालतले दुवै […]

मेरिट सूचीबाट हटाइएकासँग आयोगले माग्यो लिखित जवाफ

आयोगले सर्वोच्च अदालतको पत्र अनुसार अदालतमा पेश गर्नेगरी उनीहरुसँग लिखित जवाफ माग गरेको हो। आयोगले भोली सोमबार साँझ ५ बजेसम्म लिखित जवाफ दिन भनेको छ।

अवहेलना मुद्दामा सर्वोच्च अदालत पुगेर प्रचण्डले पेश गरे लिखित जवाफ

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सर्वोच्च अदालत पुगेर लिखित जवाफ पेश गरेका छन् । अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न प्रचण्ड आइतवार बिहान स्वयं उपस्थित भएका हुन् । अदालतको अवहेलनासम्बन्धी रिटमा सुनुवाइ गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले माघ २१ गते प्रचण्डलाई लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको थियो । 'म्याद प्राप्त भएका मितिले बाटोको म्यादबाहेक सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेश गर्नुहोला', आदेशमा भनिएक...

अवहेलनाको मुद्दामा सर्वोच्च अदालत पुगेर प्रचण्डले दिए लिखित जवाफ

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अदालतको अवहेलना मुद्दामा लिखित जवाफ दिन अदालत पुगेका छ। आइतवार बिहान उनी सर्वोच्च अदालत पुगेर जवाफ दिए। प्रचण्डविरुद्ध अवहेलना मुद्दामा न्यायाधीश डा मनोज शर्माको एकल इजलासले माघ २१ गते सात दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ बुझाउन आदेश दिएको थियो।…

अवहेलना मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत जाँदै प्रचण्ड

प्रचण्ड-नेपाल नेतृत्वको नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना सम्बन्धी मुद्दामा लिखित जवाफ बोकेर सर्वोच्च अदालत जाँदैछन्।

प्रधानमन्त्री ओलीबाट सर्वोच्च अदालतमा लिखित जवाफ पेस

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयम् उपस्थित भई अदालतको अवहेलना विरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्नुभएको छ । अदालतले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाई आफै लिखित जवाफ पेस गर्न गत माघ १५ गते आदेश जारी गरेको थियो । ‘सर्वोच्च अदालतको मानसम्मान र मर्यादाका लागि’ आफैैँ उपस्थित भएर उहाँले लिखित जवाफ पेस गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्रीले लिखित जवाफ मात्र दिए पनि हुनेमा अदालतको सम्मान गर्दै आफैँ आएर पे िगर्नुभएको उहाँले दावी गर्नुभयो । न्यायाधीश डा. मनोज शर्माको एकल इजलासले जारी गरेको आदेशमा “म्याद प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र सबै बेहोरा खुलाई आफैँ लिखित जवाफ पेस गर्नुहोला” भनिएको थियो । वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्च अदालत, संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी विचाराधीन मुद्दामा अभिव्यक्ति दिएर प्रधानमन्त्रीले न्याय सम्पादनमा अवरोध गरेको उल्लेख गर्दै अदालतको अवहेलना मुद्दा दायर गर्नुभएको थियो । सोही प्रकृतिको आदेशानुसार चार पूर्व प्रधान न्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले पनि लिखित जवाफ पेस गरिसक्नुभएको छ । (रासस)

अपहेलना मुद्दामा लिखित जवाफ दिन प्रधानमन्त्री ओली सर्वोच्च जाँदै

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे लिखित जवाफ बोकेर  सर्वोच्च जाने कार्यक्रम छ।

लिखित जवाफ बोकेर सर्वोच्च पुगे चार पूर्वप्रधानन्यायाधीश

पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले आफ्नो छुट्टै लिखित जवाफ पेस गरेका छन् भने बाँकी तीन जनाले संयुक्त लिखित जवाफ दिएका छन्।