अजोड इन्स्योरेन्स पनि नेशनल पेमेन्ट इन्टरफेसमा आबद्ध

अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।  उक्त सम्झौता पश्चात अजोड इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (NPS) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (NPI) सँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ, भने यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई  NCHL-IPS र connectIPS प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानी, लगायत आफ्नो लगानी सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्ने कम्पनीले जनाएको छ । यसले अजोड इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताहरुबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ्ग खातामा सार्न पनि मद्दत पुर्याउने छ । यी सबै कारोबारहरु सोझै बीमा कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् ।  यसरी NPI मा जोडिए पछि अजोड इन्स्योरेन्सका सम्पूर्ण भुक्तानीहरु पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने छ । NPI सँग गरिने उक्त इन्टिग्रेसनमा अजोड इन्स्योरेन्सको प्राविधिक पार्टनर अर्हान्त सोलुसन्स प्रा. लि.को पनि महत्वपूर्ण भूमिका रहेको छ जसले अजोड इन्स्योरेन्स लगायत १८ भन्दा बढी निर्जीवन बीमा कम्पनीलाई कोर प्रणाली प्रदान गर्दै आएको छ ।     अजोड इन्स्योरेन्स लगायत ३० भन्दा बढी जीवन तथा निर्जीवन बीमा कम्पनीका बीमितहरुले आफ्नो बीमा प्रिमियम शूल्क अनलाइन मार्फत कनेक्ट आईपीएस बाट भुक्तानी गर्दै आएका छन् । साथै १० जीवन तथा निर्जीवन बीमा कम्पनीहरु यस अघि नै NPI मा आबद्ध रहेका छन् । एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरीएको NPI सञ्चालनमा रहेको छ जसमा हाल ६० सदस्य बैंक वित्तिय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी÷ पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरु लगायतका ७१ गैर—बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।  

सम्बन्धित सामग्री

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु

युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु भएको छ।...

यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकापसमा गाभिने

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनी एकापसमा गाभिने भएका छन् । मंगलवारका दुई कम्पनी एकापसमा गाभ्न तथा गाभिने सहमति पत्रमा हस्ताक्षर भएको हो ।   उक्त सहमतिपत्रमा युनाइटेड इन्स्योरेन्सको तर्फबाट संचालक तथा

अजोड इन्स्योरेन्स र ई–बीमाबीच सम्झौता

काठमाडौं । डिजिटल बीमा सेवा प्रदायक ई–बीमा र अजोड इन्स्योरेन्स लिमिटेडबीच हालै सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा ई–बीमाको तर्फबाट प्रबन्ध निर्देशक रोशनप्रसाद ज्ञवाली र अजोड इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरे । ई–बीमाका निर्देशक ज्ञवालीले अजोड इन्स्योरेन्ससँगको पछिल्लो सहकार्यले नेपाली बीमा बजारमा डिजिटल प्लेटफर्मको महत्वलाई थप प्रष्ट पार्ने […]

प्रभु र अजोड इन्स्योरेन्स मर्जरमा जाने

१ साउन, काठमडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड बीच एक आपसमा गाभ्ने गाभिने -मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । ३२ असार शनिबार दुई कम्पनीबीच एक आपसमा मर्जर जाने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्पत्ति र दायित्वको मूल्यांकन (डीडीए) गर्दा तलमाथि नभएमा प्रभु र अजोड इन्स्योरेन्सबीच १००:७० को […]

अजोड इन्स्योरेन्स र कुमारी क्यापिटलबीच सम्झौता

काठमाडौं, ३१ असार । अजोड इन्स्योरेन्स लिमिटेड र कुमारी क्यापिटल लिमिटेडबीच शेयर रजिष्ट्रार सेवा (RTS) को लागी सम्झौता भएको छ । बिहीवार प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अश्विन बाबु श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता सँगै अब […]

अजोड इन्स्योरेन्स र ज्यापु समाजबीच बीमा सञ्चालन गर्ने सम्झौता

अजोड इन्स्योरेन्स र ज्यापु समाजबीच निर्जीवन बिमा सम्वन्धी कार्य गर्न र बिमा सचेतना, बिमा जागरण तथा बिमा शिक्षा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ।...

अजोड इन्स्योरेन्स अब एनपीआईमा आबद्ध

नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्नका लागि अजोड इन्स्योरेन्स लिमिटेडले सम्झौता गरेको छ  । सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृतकुमार बहादुर खत्री र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।  उक्त सम्झौता पश्चात् अजोड इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेससँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ । यसले क

अजोड इन्स्योरेन्स पनि नेपाल क्लियरिङ हाउसको एनपीआई प्रणालीमा आबद्ध

अजोड इन्स्योरेन्स कम्पनी पनि नेपाल क्लियरिङ हाउस (एनसीएचएल)को नेसनल पेमेन्ट स्वीच (एनपीएस)अन्तर्गतको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) मा जोडिएको छ ।

अजोड इन्स्योरेन्स र सिभिल क्यापिटलबीच सम्झौता

अजोड इन्स्योरेन्स र सिभिल क्यापिटल मार्केटबीच सेयर रजिष्ट्रार सेवाका लागि सम्झौता भएको छ । सो सम्झौतापत्रमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले हस्ताक्षर गरे ।