नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्नका लागि अजोड इन्स्योरेन्स लिमिटेडले सम्झौता गरेको छ । सम्झौता पत्रमा अजोड इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृतकुमार बहादुर खत्री र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात् अजोड इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेससँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ । यसले क