हरायो प्रजातन्त्रको उत्साह : सैनिक मञ्चको कार्यक्रममा सहभागी भएनन् विशिष्टहरू

काठमाडौं । शनिवार सैनिक मञ्च टुँडिखेलमा सेना दिवस मनाइयो । सैनिकले देखाउने विभिन्न खेल कौशल हेर्न हजारौ सर्वसधारणको भीडले सडक नै अवरुद्ध भएका थिए । सैनिक मञ्चमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म उपस्थित हुनुहुन्थ्यो । अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिले सेना दिवस भव्यरुपमा मानइयो । आइतवार त्यहि सैनिक मञ्चमा प्रजातन्त्र दिवस मनाइयो । तर, प्रजातन्त्र दिवसमा भने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख बाहेक अरू धेरै विशिष्ट व्यक्तिहरू सहभागी नै भएनन् । सरकारले विगतमा प्रजातन्त्र  दिवसमा सार्वजनिक बिदा दिने गरेको भएपनि गणतन्त्र आएपछि भने यो बिदालाई कटौति गरिएको थियो । कुनै सरकारलाई मन लागेपछि बिदा दिने र फेरि कटौति गर्ने गरेपछि यो दिवसको उत्साह नै हराएको छ । पूर्व प्रधानमन्त्री मध्येबाट बाबुराम भट्टराई मात्रै प्रजातन्त्र दिवसको कार्यक्रममा सहभागी थिए । उनी पनि दर्शक दिर्घामै बसेका थिए । दर्शक दिर्घामा बसिरहेका भटराईलाई पछि विशिष्ट अतिथि बस्ने मञ्चमा बोलाइएको थियो । विगतमा विभिन्न झाँकी सहित उपत्यकाका धेरै नगरपालिकाहरू सैनिक मञ्चमा आयोजना हुने प्रजातन्त्र दिवसमा सहभागी हुन्थे । तर, यो वर्ष त बुढानिलकण्ठ नगरपालिका बाहेक कुनै पनि नगरले प्रजातन्त्र दिवसमा झाँकी निकालेनन् । एउटा मात्रै नगरको झाँकी आएपछि उनीहरूले पनि मञ्चमा प्रस्तुती दिन पाएनन् । काठमाडौं महानगरका मेयर त प्रजातन्त्र दिवसमा सहभागी नै भएनन् । कार्यक्रममा सेना, प्रहरी र सशस्त्र प्रहरीको एक एक टुकुडीले मार्चपास गरेका थिए । सबै तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान  

सम्बन्धित सामग्री

सैनिकले कहिले पाउँछन् २५ लाख घर कर्जा ?

काठमाडौं । नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले पहिलो पटक सम्बोधन गर्दै नीति तथा कार्यक्रममा सैनिक जवानलाई घर बनाउन २५ लाख कर्जा दिने स्किम ल्याएको बताएपछि सेनामा उत्साह फैलिएको छ ।   सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले घर बनाउन सहुलियत कर्जा दिने विषय प्रधानसेनापतिको नीति तथा कार्यक्रममा परेकाले यसै वर्षभित्र कार्यान्वयनमा आउने जानकारी दिए ।...