एउटा दलको अध्यक्ष अर्को दलको सांसद बन्न नसक्ने भन्ने कानुनी व्यवस्था छैन : प्रमुख निर्वाचन आयुक्त

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले एउटा दलको अध्यक्ष अर्को दलको सांसद बन्न नसक्ने भन्ने कानुनी व्यवस्था नरहेको बताएका छन् ।  आयोगले बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले  एउटा दलको अध्यक्ष अर्को दलको समानुपातिक सांसद बन्न नसक्ने विषयमा स्पष्ट कानुनी व्यवस्था नरहेको र त्यो नैतिकताको विषय हुनसक्ने बताए । आयोगले हालको चुनावमा देखिएको समस्यालाई समावेश गरेर निर्वाचन कानुन संशोधन गर्ने जानकारी दिए । ८ वटा निर्वाचन कानुनलाई एउटै कानुन बनाउने गरी संशोधन गर्न लागेको उनल

सम्बन्धित सामग्री

महिला उपस्थिति सन्तोषजनक छैन : प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधान र कानुनी व्यवस्था भए पनि दलीय प्रभावले नेतृत्वमा महिला उपस्थिति सन्तोषजनक हुन नसकेको बताएका छन् ।

एउटै चिह्नमा एकभन्दा बढी दलले चुनाव लड्न सक्ने

काठमाडौं, साउन ३० । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले एउटै चुनाव चिह्न लिएर एकभन्दा बढी दल निर्वाचन आयोगमा दर्ता हुन सक्ने कानुनी व्यवस्था रहेको बताएका छन् । ‘नियम–कानुनका दफामा टेकेर हामीले निर्णय लिने हो, दुई दल एउटै चुनाव चिह्न लिएर उठ्न सक्ने गरी दल दर्तामा आउन सक्छन्’, प्रमुख आयुक्त थपलियाले आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा भने– ‘दलगत […]

मंसिर ४ का लागि चुनावको मिति तोकिए आश्चर्य नमान्दा हुन्छ : दिनेश थपलिया

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी मन्त्रिपरिषद्को बैठकमा मंसिर ४ गते निर्वाचनको मिति घोषणा हुने बताएका छन्। आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारलाई  एकै चरणमा निर्वाचन गर्नेगरी सिफारिस गरिसकेको बताए। ‘प्रतिनिधि र प्रदेश सभाको निर्वाचन गर्नका लागि आयोगले सम्पूर्ण ब्यहोरासहित एकै चरणमा गर्नेगरी मिति सिफारिस गरिसकेको छ।’ उनले भने, ‘आयोगको परामर्शमा सरकारबाट मिति तय हुने कानुनी व्यवस्था अनुसार आउँदो मन्त्रिपरिषद् बैठकबाट मंस

निर्वाचन आयोगले सोध्यो बाबुरामलाई २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। भट्टराईले आफूले मतदान गरेको मतपत्र सार्वजनिक गरेपछि आयोगले स्पष्टीकरण सोधेको हो। भट्टराईसहित गोरखाको पालुङटार नगरपालिकाका निर्वाचन अधिकृतलाई समेत स्पष्टीकरण सोधेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। ‘मतपत्र गोप्य हुन्छ। गणना निष्पक्ष र स्वतन्त्र हुन्छ भन्ने कानुनी व्यवस्था छ। बाबुराम भट्टराईज्यूले मतपत्र सार्वजनिक गर्नु भयो,’ रातोपाटीसँग कुरा गर्दै थपलियाले

'दलको चिन्ह लिएर निर्वाचित हुने जनप्रतिनिधिहरू सोही दलको'

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलको चिन्ह लिएर निर्वाचित हुने जनप्रतिनिधिहरू सोही दलको हुने स्पष्ट पारेका छन् । शनिबार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले गठबन्धन भन्ने शब्द स्थानीय तह निर्वाचन कानुनमा नभएको उल्लेख गर्दै दलको चिन्ह लिएर निर्वाचित भएकाहरू सोही दलको जनप्रतिनिधि हुने प्रस्टाएका हुन् । तर, स्वतन्त्र चिन्ह लिएर उम्मेदवार भएकाहरू निर्वाचित भए भने उनीहरू स्वतन्त्र जनप्रतिनिधि नै हुने कानुनी व्यवस्था रहेको समेत उ

स्थानीय चुनावको मिति घोषणा गर्न आयोगको जोड

काठमाडौं : निर्वाचन आयोगले माघको पहिलो साताभित्र स्थानीय तहको चुनावको मिति घोषणा गर्नुपर्ने बताएको छ। शुक्रबार आयोगमा आयोजित राजनीतिक दलका प्रतिनिधिसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले यस्तो बताएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी जेठ ५ गतेबाट सकिँदैछ। त्यसका लागि दुई महिना अघि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। आयोगका पदाधिकारीले प्रधानमन्त्रीलाई भेटेर बैशाख १४ मा एकै चरण वा बैशाख १४ र २२ मा चुन