'दलको चिन्ह लिएर निर्वाचित हुने जनप्रतिनिधिहरू सोही दलको'

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दलको चिन्ह लिएर निर्वाचित हुने जनप्रतिनिधिहरू सोही दलको हुने स्पष्ट पारेका छन् । शनिबार सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले गठबन्धन भन्ने शब्द स्थानीय तह निर्वाचन कानुनमा नभएको उल्लेख गर्दै दलको चिन्ह लिएर निर्वाचित भएकाहरू सोही दलको जनप्रतिनिधि हुने प्रस्टाएका हुन् । तर, स्वतन्त्र चिन्ह लिएर उम्मेदवार भएकाहरू निर्वाचित भए भने उनीहरू स्वतन्त्र जनप्रतिनिधि नै हुने कानुनी व्यवस्था रहेको समेत उ