एमसीसी के गर्ने ? माधव नेपालले गरे प्रचण्डसँग सिंहदरबारमा छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभाको बैठक अघि छलफल गरेका छन्। आज बस्ने प्रतिनिधि सभा बैठकमा कस्तो रणनीति बनाउने भन्नेबारेमा सिंहदरबारमा नेपालले प्रचण्डसँग छलफल गरेका हुन्। दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल पनि रहेको छ। त्यसअघि…

सम्बन्धित सामग्री

एमसीसीबारेको आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मलेन गर्दै ओली

एमसीसी प्रकरणमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पत्रकार सम्मेलनको आयोजना गरेको छ । एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज दिउँसो १ बजे तीनकुने स्थित रोयल ब्यांकेटमा पत्रकार सम्मलेनको आयोजना गरिएको हो ।एमसीसी प्रकरण लगायत मुलुकको विकसित परिस्थितिका बारेमा नेकपा (एमाले)का आधिकारिक धारणाहरू सार्वजनिक गर्न अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरिएको नेता रिजालले जानकारी दिएका छन् ।आइतबार बसेको प्रतिनिधिसभाको बैठकले बहुमतको आधारमा एमसीसी पारित गरेको थियो । नेकपा एमालेले पनि आफ्नो पुरानो अडान दोहोर्याउदै कुनै पनि संसदीय प्रक्रियामा भाग लिएको थिएन । एमालेले संसदमा बेल घेराउ गर्दै ‘हाम्रो विरोध जारी छ’, ‘संवैधानिक सर्वोच्चता कायम गर’, ‘गैरसांसदलाई प्रवेश निषेध गर’,‘पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद’ लगायतका नारा लगाउदै आएको छ । आफ्नामाग पुरा नभएसम्म संसदको अवरोध नखोल्ने एमालेको अडान छ । एमालेले आफ्ना पार्टीले कारवाही १४ जना सांसदलाई कारवाही गरेकोमा सो को सूचना सभामुखले टाँस गर्नु पर्ने वा सभामुखले राजिनामा दिनु पर्ने माग अगाडी सारेको छ । माधव नेपाल नेतृत्वको नेकपा एसका सांसदहरुलाई एमालेले गैर सांसद भन्दै उनीहरुको उपस्थितिमा संसद चल्न नसक्ने बताउदै आएको छ  । एमाले फुटाएर माधव नेपालले नेकपा एस गठन गरेका थिए ।

सरकार जेसुकै होस्, एमसीसी समर्थन गर्दैनौँ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमसीसीमा आफूहरूको समर्थन नहुने बताएका छन् । आज (आइतबार) संसद् बैठकपछि संवाददाताहरूसँग कुरा गर्दै नेपालले एमसीसी पास गर्न आफूहरूको समर्थन नहुने बताएका हुन् । ‘एमसिसीमा हाम्रो समर्थन छैन,’ उनले भने,‘सरकारले जसरी पनि लान खोजे सरकार जे हुन्छ, हुन्छ।’ समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि ‘एमसीसीको विरोध […]

माधव नेपालले सुमारलाई भने, ‘राष्ट्रहितभन्दा फरक तरिकाले जान सकिँदैन’

काठमाडौ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । भेटमा नेता नेपालले आफूहरू राष्ट्रहितभन्दा फरक तरिकाले जान नसक्ने बताएका छन् । उनले गठबन्धन सरकारमा सहभागी पाँच दलबीच नै छलफल गरेर एमसीसी लागू गर्ने वा नगर्ने भन्नेमा निष्कर्षमा पुग्ने सुमारलाई बताएको भेटवार्तामा सहभागी […] The post माधव नेपालले सुमारलाई भने, ‘राष्ट्रहितभन्दा फरक तरिकाले जान सकिँदैन’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

माधव नेपाल र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले सत्तारुढ दलको सहमतिमा अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कपोरेसन (एमसीसी) अघि बढाउन सकिने बताएका छन् । एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोलीसँग बिहीबार सिंहदरबारमा भएको भेटवार्तामा नेपालले यस्ता बताएका हुन् ।  ‘सत्तारुढ दलहरूबीच स…