बजेट सक्न एकै दिनमा २९ अर्ब निकासा

काठमाडौं। चालू आर्थिक वर्ष २०७७/७८ को अन्तिम दिन आज मात्रै सरकारले २९ अर्ब ६९ करोड ३७ लाख रुपैयाँ निकासा गरेको छ। महालेखा नियन्त्रकको कार्यालयकाअनुसार चालू, पुँजीगत र वित्तीय खर्चमा एकै दिन उक्त रकम निकासा भएको हो। निकासा गरिएको रकममा ६ अर्ब ४२ करोड रुपैयाँ चालू, १५ अर्ब ९७ करोड पुँजीगत र ७ अर्ब २९ करोड रुपैयाँ वित्तीय खर्च रहेको छ।

सम्बन्धित सामग्री

चैतमा साढे ३३ अर्ब रकमान्तर

चालु आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महिनामा पुँजीगततर्फ रू एक करोडभन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’अनुसार रू ३३ अर्ब ३४ करोड ४५ लाख ८१ हजार बराबर रकमान्तर भएको हो । […]

पाठ्यपुस्तक वितरण गर्न २ अर्ब बढी बजेट, तर केन्द्रले राख्दैन अभिलेख

काठमाडौं : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नि:शुल्क पाठ्यपुस्तक वितरणको लागि बजेट विनियोजन भए पनि पुस्तक उपलब्धता अवस्थाको कुनै अभिलेख नराख्‍ने गरेको पाइएको छ।बिहीबार महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६०औँ वार्षिक प्रतिवेदनमा वर्ष २०७९ मा पुस्तक वितरणको लागि स्थानीय तहमा २ अर्ब ९२ करोड ३४ लाख निकासा भएको उल्लेख छ।‘विद्यालयमा तोकिएको पाठ्यपुस्तक समयमा पुगे नपुगेको सम्बन्धमा केन्द्रले कुनै अभिलेख राखेको पाइएन,’प्रतिवेदनमा भनिएको छ। अघिल्ल

सामाजिक सुरक्षाको १ अर्ब ६ करोड निकासा

सरकारले लकडाउनको अवधिमा रोजगारदाताको दायित्वमा परेको योगदानमा आधारित सामाजिक सुरक्षाबापतको १ अर्ब ६ करोड रुपैयाँ निकासा गरेको छ । यो रकम सामाजिक सुरक्षा योजनामा योगदान गर्ने १ लाख २५ हजार श्रमिक तथा कर्मचारीको योगदानबापतको रकम हो ।सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने योगदानकर्ताहरूको अघिल्लो वर्ष जेष्ठ र असार महिनाको योगदानबापतको […]

स्थानीय तह निर्वाचनको बजेटमा कटौती, अर्थ मन्त्रालयबाट ८ अर्ब ११ करोड निकासा

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ छुट्याएको छ । निर्वाचन आयोगले ८ अर्ब ९५ करोड रुपैयाँ बजेट माग गरेकोमा केही शीर्षकको बजेट घटाएर अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड बजेट छुट्याएको हो । आयोगले माग गरेकोमध्ये सूचना प्रविधि, मतपत्र ढुवानी र विद्युतीय मतदान मेसिनलगायतका शीर्षकमा सरकारले बजेट कटौती गरेको […]

श्रमिकको डेढ अर्ब ६ महीनासम्म पनि निकासा गरेन

काठमाडौं, माघ १६ । सामाजिक सुरक्षा कोषमा गत जेठ र असारमा जम्मा गर्नुपर्ने योगदानकर्ताको योगदान रकम सरकारले जम्मा गरिदिने बताए पनि अझैसम्म निकासा गरेको छैन । कोरोना भाइरसको समस्याका कारण अप्ठ्यारोमा परेका श्रमिक तथा रोजगारदातालाई राहत उपलब्ध गराउने नीतिअनुसार आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै तत्कालीन सरकारका अर्थमन्त्री विष्णु पौडेलले योगदान रकम सरकारले जम्मा […]

द्रुतमार्गमा अपुरो बजेट

तराई द्रुतमार्ग सडक आयोजनाका लागी सरकारले चाहिए जत्ति बजेट दिन सकेको छैन । चालु आर्थिक वर्षका लागी नेपाली सेनाले सरकारसँग ३० अर्ब बजेट मागेको थियो । तर, २०७८/७९ का लागि सरकारले ८ अर्ब ८४ करोड चार लाख मात्रै निकासा गरेको छ । ९ करोड ६ लाख चालु खर्चतर्फ निकासा गरिएको छ । पुँजीगततर्फ निकासा भएको बजेट चालु आर्थिक वर्षका लागी थोरै हुने नेपाली सेनाका अधिकारीहरू बताउँछन् । ७२ दशमलव ५ किलोमिटर लामो द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म जा

असारे विकासः एकै दिन १२ अर्ब निकासा

काठमाडौं। सरकारले आज एकैदिन १२ अर्ब ८० करोड रुपैयाँ बजेट निकासा गरेको छ। आर्थिक वर्षको अन्त्यमा विकासमा धेरै रकम खर्च गर्ने पुरानै परिपाटीअनुसार एकै दिन १२ अर्ब रुपैयाँ निकासा भएको हो। जसमा आज ४ अर्ब ६१करोड रुपैयाँ चालू, आठअर्ब १८ करोड रुपैयाँ निकासा भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार हिजोसम्म ११ खर्ब ५०अर्ब ३७ करोड रुपैयाँ बजेट निकासा भएको छ।

अर्थमन्त्रीको पहिलो निर्णय : खोपका लागि पाँच अर्ब निकासा

काठमाडौं : सरकारले कोरोना खोप खरिदको लागि ५ अर्ब रुपैयाँ निकासा दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई खोप खरिदका लागि अर्थ मन्त्रालयले थप रकम दिएको हो।  नव नियुक्त अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय सम्हाले लगत्तै पहिलो निर्णय गर्दै खोप खरिदका लागि बजेट स्वीकृत दिएका हुन्। अर्थमन्त्री शर्माले स्वास्थ्य क्षेत्रमा खटिएका कर्मचारीका…

२५ अस्पताललाई छुट्याइयो १ अर्ब ३६ करोड

काठमाडौं। सरकारले देशभरका २५ वटा अस्पताललाई तत्काल निकासा गर्ने गरी १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँ बजेट छुट्याएको छ। कोरोनाको दोस्रो लहर नियन्त्रण गर्न र कोरोनाका विरामीलाई उपचार गर्न उक्त रकम छुट्याएको हो। स्वास्थ्य मन्त्रालयको मागअनुसार अर्थमन्त्रालयले आज बजेट बिनियोजन गरेको हो। यो रकम अस्पतालमा एचडियु निर्माण गर्न खर्च गरिनेछ।

बैठक भत्तामा २ अर्ब सकियो, कोरोनाले भ्रमण खर्च जोगियो

सरकारले चालू आर्थिक वर्षको ९ महिनामा सरकारी कर्मचारीको पारिश्रमिक बापत ९१ अर्ब ९ करोड ९५ लाख रुपैयाँ बजेट खर्च गरेको छ । अर्थात अर्थ मन्त्रालयले सो रकम पारिश्रमिकको लागि निकासा गरेको हो । पारिश्रमिककै लागि चालू वर्षका लागि १ खर्ब २० अर्ब रुपैयाँ छुट्याइएको थियो ।सरकारले नियुक्त गरेको पदाधिकारीको पारिश्रमिकका लागि मात्र १ अर्ब ६२ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ । सरकारले पोशाकका लागि २ अर्ब ६ करोड रुपैयाँ खर्च गरेको छ । यसका लागि चालू आर्थिक वर्षमा २ अर्ब १० करोड रुपैयाँ बजेट छुट्य