बैठक भत्तामा २ अर्ब सकियो, कोरोनाले भ्रमण खर्च जोगियो

सरकारले चालू आर्थिक वर्षको ९ महिनामा सरकारी कर्मचारीको पारिश्रमिक बापत ९१ अर्ब ९ करोड ९५ लाख रुपैयाँ बजेट खर्च गरेको छ । अर्थात अर्थ मन्त्रालयले सो रकम पारिश्रमिकको लागि निकासा गरेको हो । पारिश्रमिककै लागि चालू वर्षका लागि १ खर्ब २० अर्ब रुपैयाँ छुट्याइएको थियो ।सरकारले नियुक्त गरेको पदाधिकारीको पारिश्रमिकका लागि मात्र १ अर्ब ६२ करोड ८४ लाख रुपैयाँ खर्च भएको छ । सरकारले पोशाकका लागि २ अर्ब ६ करोड रुपैयाँ खर्च गरेको छ । यसका लागि चालू आर्थिक वर्षमा २ अर्ब १० करोड रुपैयाँ बजेट छुट्य

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। नेपालको विदेशी मुद्रा सञ्चिती झण्डै १७ खर्ब रुपैयाँ पुगेको छ। पछिल्लो चार महिनामा नेपालको रेमिट्यान्स आप्रवाह २६ प्रतिशतले वृद्धि भएको छ। कर्णाली प्रदेशका ३० प्रतिशत किसान मात्रै कृषिमा आत्मनिर्भर छन्। पछिल्लो चार महिनामा नेपालीको विदेश भ्रमण खर्च ६२ अर्ब रुपैयाँ पुगेको छ।पछिल्लो ४महिनामा नेपालबाट निर्यात झण्डै ८ प्रतिशतले घटेको छ। सेयर बजार परिसूचक नेप्से ६.५५ अंकले बढेको छ।

विदेश पढ्न जाने विद्यार्थीबाट तीन महिनामा करिब १८ अर्ब बाहिरियो

काठमाडौं । विदेश पढ्न जाने विद्यार्थीले तीन महिनामा झण्डै १८ अर्ब रुपैयाँ विदेश लगेका छन् । शिक्षातर्फको खर्च तीन महिनामा १७ अर्ब ८९ करोड रुपैयाँ भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गतवर्ष शिक्षातर्फको खर्च ८ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण खर्च २.३ प्रतिशतले वृद्धि भई २६ अर्ब […]

स्थानीय निर्वाचनका लागि आयोगले माग्यो १२ अर्ब रुपैयाँ बजेट

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि सरकारसँग १२ अर्ब रुपैयाँ बजेट माग गरेको छ । आयोगले ७५३ ओटै स्थानीय तहको निर्वाचन एकै चरणमा गर्न चाहेको छ ।  निर्वाचन खर्चको अधिकांश हिस्सा निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधानमा खर्च हुने भएकाले अघिल्लो निर्वाचनको तु…

स्थानीय तहको चुनाव : १२ अर्ब खर्च हुने निर्वाचन आयोगको आकलन

काठमाडौं । आगामी जेठमा हुने भनिएको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले १२ अर्ब रुपैयाँ खर्च हुने आकलन गरेको छ । ७५३ ओटै स्थानीय तहको निर्वाचन एकै चरणमा गर्दा उक्त बराबर खर्च हुने आयोगका पदाधिकारीहरूले आकलन गरेका हुन् । उनीहरूका अनुसार निर्वाचनमा खटिने जनशक्तिको तलब भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा धेरै बजेट खर्च हुनेछ । २०७४ सालमा तीन चरणमा निर्वाचन गर्दा ८ अर्बभन्दा बढी रकम खर्च भएको थियो । २०७४ को निर्वाचनपछि करीब २० लाख मतदाता थपिएका छन् । अब सोही अनुपातमा मतदान स्थल तथा मतदान केन्द्र, मतपत्र, मतदान सामग्री आदिमा बजेट वृद्धि हुनेछ । मतदानको स्वच्छता र निष्पक्षता तथा मतदान केन्द्रमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न मतदान केन्द्र तथा मतगणना स्थलहरूमा सूचना प्रविधिको प्रयोग बढाउनुपर्ने भएकाले पनि खर्च वृद्धि हुने आयोगको दाबी छ । साथै कोभिड–१९ को कारण स्वास्थ्य सुरक्षा मापदण्डका लागि समेत थप खर्च हुने प्रधानमन्त्री र आयोगका अधिकारीहरूबीचको मंगलवार बालुवाटारमा भएको छलफलमा बताइएको थियो । छलफलमा स्थानीय तहको निर्वाचन आगामी २०७९ साल जेठ ४ गते बुधवार एकै चरणमा गर्ने समझदारी बनेको छ । छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेका थिए भने आयोगले पनि त्यही मितिमा निर्वाचन गर्न सकिने परामर्श दिएको थियो । प्रधानमन्त्री देउवाले आवश्यक प्रक्रिया पूरा गरी तोकिएकै मितिमै निर्वाचन गर्नेगरी तयारी अघि बढाउने वचन दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए । आयोगले यसअघि एकै चरणमा भए वैशाख १४ र दुई चरणमा भए वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । तर, सत्तारूढ गठबन्धन भित्रको मतभेदका कारण सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न सकेको थिएन । गत शनिवार बसेको गठबन्धनको बैठकले कानूनमा आवश्यक संशोधन गरेर भए पनि जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति जुटाएपछि प्रधानमन्त्री देउवाले त्यसबारे छलफल अघि बढाएका थिए । प्रधानमन्त्री देउवाले कानूनमा संशोधन नगरी जेठ ४ मै स्थानीय निर्वाचन गर्न सहज हुने सहमतिपछि आयोगलाई छलफलका लागि बोलाएका थिए । स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिँदै छ । त्यसअगावै स्थानीय तहको निर्वाचन गरिसक्नु पर्ने कानूनी बाध्यताबमोजिम निर्वाचनको मिति तय गरिएको देखिन्छ ।

स्थानीय चुनाव : आयोगले माग्यो १२ अर्ब बजेट

काठमाडौं : स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले १२ अर्ब रुपैयाँ बजेट माग गरेको छ। सरकारलाई प्रस्ताव बुझाउँदै आयोगले एकै चरणमा चुनाव नभएमा अनुमानित खर्चमा थप वृद्धि हुने जनाएको छ। आयोगले २०७४ को चुनावमा ८ अर्बभन्दा बढी खर्च भएको उल्लेख गरेको छ।निर्वाचन खर्चको अधिकांश भाग निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा खर्च हुने भन्दै आयोगले यी शीर्षकमा झण्डै ३० प्रतिशतले वृद्धि भएकाले थप बजेट आवश्यक पर्ने प्रष्ट पारेको छ। २०७४ को चुनावपछि करिब

विदेशीले नेपालमा खर्च गरे ५६ अर्ब, नेपालीको विदेश भ्रमण खर्च ५० अर्बभन्दा माथि

काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो नौ महिनामा विदेशीले नेपालमा गर्ने खर्च बढेको छ । कोरोना भाइरसकाे कारण माघको अन्तिमदेखि पर्यटक आवागमनमा कमी आएपनि नौ महिनासम्मको तथ्याङ्कले पर्यटकमार्फत हुने खर्च बढेको देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सेवा खाता अन्तर्गत भ्रमण आय नौ महिनामा शून्य ६ प्रतिशतले बढेर ...

वर्षभरिको खर्च ६ महिनामै सकियो

सरकारले चालू आवका लागि कर्मचारी विदेश भ्रमण खर्च शीर्षकमा छुट्याएको १ अर्ब ७२ करोड ८६ लाख २२ हजार रुपैयाँ ६ महिनामै सकिएर थप ४१ करोड ९६ लाख ६५ हजार रुपैयाँ खर्च भइसकेको छ ।