नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि काठमाडौंमा शुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नु हुनेछ । महाधिवेशनमा भाग लिन देशभरिबाट करिब ४ हजार ४ सय प्रतिनिधिहरू काठमाडौं आइपुगेका छन् । यिनै प्रतिनिधिले आगामी ५ वर्षको लागि पार्टीको नयाँ नेतृत्व चयन गर्नेछन् । महाधिवेशनबाट पार्टीको […]

सम्बन्धित सामग्री

कांग्रेस सिन्धुली सभापतिमा पोखरेल

सिन्धुली : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सिन्धुली जिल्ला अधिवेशनमा सभापतिमा उपेन्द्रकुमार पोखरेल विजयी भएका छन्। मंगलवार भएको दोस्रो चरणमा निर्वाचनको मत परिणाम अनुसार नेपाली कांग्रेस सिन्धुलीको जिल्ला सभापतिमा पोखरेल ८८५ मत प्राप्त गर्दै विजयी भएका हुन्। पोखरेलले सभापतिका प्रतिद्वन्द्वी तथा निवर्तमान जिल्ला सभापति उज्ज्वल प्रसाद बराललाई ४०८ मत अन्तरले पराजित गर्दै सभापतिमा विजयी भए। बरालले ४७७ मत प्राप्त गरेका छन्। पहिलो चरणमा कुनैपनि उमेदवारले ५१ प्रतिशत मत प्रा

कांग्रेसको वीरगंज नगर सभापतिमा मणिन्द्रलाल श्रेष्ठ विजयी

वीरगंज : नेपाली कांग्रेस वीरगंज महानगर समितिको सभापतिमा मणिन्द्रलाल श्रेष्ठ (नेपाली) विजयी भएका छन्। श्रेष्ठ २५७ मत ल्याउँदै सभापति पदमा निर्वाचित भएका हुन्।  सभापति पदका निकटतम प्रतिद्वण्द्वी राधेश्याम चौरसियाले २२१ मत ल्याए। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पर्सामा भएको गाउँ/नगर अधिवेशन अन्तर्गत फागुन १४ गते विहान ११ बजेदेखि साँझ…

नेपाली कांग्रेस अल्पसंख्यक केन्द्रीय सदस्यमा प्रदीप सुनुवार विजयी

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अल्पसंख्यक तर्फको केन्द्रीय सदस्यमा प्रदीप सुनुवार विजयी भएका छन्।सोमबार सकिएको मतगणनामा उनले प्रतिद्वन्द्वी टिकाराम लेप्चालाई दोब्बरभन्दा बढी मतान्तरले पराजित गरेका हुन्।कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार सुनुवारले २१७१ मत प्राप्त गरेका छन् भने लेप्चाले ९८९ मत पाएका छन्। उनी सभापति शेरबहादुर देउवा समूहबाट उम्मेदवार बनेका थिए।दुई कार्यकाल ओखलढुंगा कांग्रेसको जिल्ला सभापति भएका सुनुवार कांग्रेसमा सुनुवार समुदायबाट केन्द्रीय स

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट शुरु

मंसिर २४, काठमाडौं । नेपाली कांग्रेसको शुक्रवारबाट १४ औ केन्द्रीय महाधिवेशन शुरु हुँदैछ । सोही क्रममा  उक्त पार्टीले काठमाडौंको भृकुटिमण्डपमा १४ औं महाधिवेशनको उद्घाटन गर्न लागेको हो ।   महाधिवेशन दिउँसो १ बजे उद्घाटन हुने पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख विश्वाप्रकाश शर्माले जानकारी दिएका छन् । ‘उत्साहा एकता रुपान्तरण, सफल बनाउ नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मुल नाराका साथ महाधिवेशन शुरु हुँदैछ ।    महाधिवेशन सम्पन्न भएपश्चात् नेपाली कांग्रेस पार्टी संघीय संरचनामा जाने छ । उक्त महाधिवशेनबाट पार्टीको १६९ सदस्यीय केन्द्रीय कार्यसमिति बन्नेछ । महाधिवेशनमा मुलुकभरबाट ४ हजार ३९५ महाधिवेशन प्रतिनिधिहरुले सहभागिता जनाउने केन्द्रीय निर्वाचन समितिले बताएको छ ।

कांग्रेसको चौधौं महाधिवेशन आजबाट

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आज (शुक्रबार) काठमाडौंमा सुरु हुँदैछ । उद्घाटन समारोह दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । यसका लागि तयारी पूरा भएको कांग्रेसले जनाएको छ ।बिहीबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली कांग्रेस काठमाडौं जिल्ला सचिव तथा १४ औंँ महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीले १४ औँ महाधिवेशनको लागि उद्घाटन लगायतका कामहरुको तयारी अन्तिम […]

नेपाली कांग्रेस गुल्मीको ९ वटा स्थानीय तहमा नेतृत्व चयन

१९ असोज, गुल्मी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मीका ९ वटा स्थानीय तहमा अधिवेशन सकिएका छन् । दुई नगरपालिका र १० वटा गाउँपालिकामध्ये रेसुङ्गा नगरपालिका, मुसीकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकामा नेतृत्व चयन हुन बाँकी छ । मुसीकोट नगर सभाापतिका लागि छबि भण्डारी र मोहन घिमिरे प्रतिस्पर्धामा छन् र मंगलबार मतदान भएको छ । […]

मोरङमा कांग्रेसको वडास्तरीय अधिवेशनमा निर्वाचन प्रक्रिया सुरु

विराटनगर – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मोरङमा वडास्तरीय अधिवेशनमा निर्वाचन प्रक्रिया सुरु भएको छ। जिल्लाका स्थानीयतहमा उम्मेद्वारी मनोनयन दर्ता प्रक्रिया सुरु भएको हो । मंगलबार दिउँसो सवा ४ बजेसम्ममा मनोनयन फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली साढे ४ बजे प्रकाशन हुने मोरङका नेपाली कांग्रेस सभापति डिकबहादुर लिम्बुले जानकारी दिए। सभापति लिम्बुले आफने वडामा […]

सहमतिमै नेतृत्व छनोट गर्ने प्रयासमा जुम्ला कांग्रेस

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी साउन दोस्रो सातादेखि सुरु हुने भएको छ । महाधिवेशनको मिति तोकिएसँगै जिल्ला स्तरमा पनि महाधिवेशनको सरगर्मी बढेको छ । यतिबेला पार्टीमा नेतृत्व छनोटदेखि महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्ने दोहोरो चुनौती पनि छ । तथापी वडास्तर केन्द्रका विभिन्न कमिटीहरु आसन्न महाधिवेशनलाई सफलता पूर्वक सम्पन्ने गर्ने तयारीमा जुटेको नेपाली कांग्रेस जुम्लाका पार्टी […]