इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुल बर्नलीसँग पराजित भएको छ। एनफिल्डमा भएको खेलमा घरेलु टोली लिभरपुल बर्नलीसँग स्तब्ध भएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा दोस्रो हाफको अन्तिम समयमा बर्नलीले गोल गरेको थियो। खेलको ८३ औं मिनेटमा एस्ले बार्नेसले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए।…