काठमाडौं । तेस्रोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली जेठको शुरुमै विश्वासको मत लिने निर्णयमा पुगेका थिए । उनले जेष्ठ ६ गते विश्वासको मत लिने बताएका थिए । तर, जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ राजेन्द्र महतोका कारण ओली ‘ब्याक’ भएको बुझिएको छ ।महन्थ ठाकुर र राजेन्द्र महतोको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘तपाईंहरुसँग हाम्रो कुरा मिल्यो भने मिल्यो, हाम्रो माग सम्बोधन गर्ने भए गर्नुस् । हाम्रो माग सम्बोधन नगरी हतारिएर विश्वासको मत लिनुभयो भने त्यो असफल हुन्छ ।’महन्थ र रा
काठमाडौं। प्रतिनिधिसभाको बैठकमा जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले दुईथरी कुरा राखे। प्रतिनिधिसभाको दोस्रो बैठकलाई सम्बोधन गर्ने क्रममा जसपा अध्यक्ष ठाकुर सरकारप्रति नरम भएर प्रस्तुत भए। महन्थले तटस्थ बस्ने भन्दै संविधान संशोधनको माग गरे। सरकारको आलोचना गरेनन्। तर,अर्का अध्यक्ष यादव भने सरकारप्रति आक्रामक ढंगले प्रस्तुत हुँदै प्रधानमन्त्री ओली र सरकारको कडा आलोचना गरे र विश्वासको मत नदिने बताए।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताका सम्बन्धमा सरकारले गरिरहेको गृहकार्यबारे आफूनिकट सांसदहरूलाई जानकारी दिएको छ । सिंहदरबारस्थित पूर्वराजपाको संसदीय दल कार्यालयमा ठाकुरले मुद्दा सम्बोधन गरे प्रधानमन्त्री ओलीकै नेतृत्वको सरकारलाई समर्थन गर्न सकिने धारणासमेत राखेका थिए ।
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) फुटतिर अग्रसर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने वा टिकाउने भन्ने बिषयमा विवाद हुँदा जसपा फुटतिर केन्द्रीत भएको हो। कांग्रेस, माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउने या ओली सरकारलाई निरन्तरता दिने भन्ने विषयको विवादले जसपा फुटको दिशामा पुगेकाे छ। जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओली सरकारको विपक्षमा छन्। तर, अर्का अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो ओली सरकार निरन्तरताको पक्
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरूले केपी ओली नेतृत्व सरकारको विरोध गर्नुपर्ने कारण नभएको बताएका छन्। नेपाली कांग्रेस र माओवादी केन्द्रले जसपाको साथ लिएर ओली नेतृत्वको सरकारलाई हटाउने तयारी गरिरहेका बेला ठाकुरले आफूले उठाएका मुद्दा सम्बोधन गर्न सरकार सकारात्मक ढंगले अघि बढेको बताएका छन्।
‘हामीले राखेका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ’, प्रधानमन्त्री ओलीसँग भेटेपछि जसपा अध्यक्ष ठाकुरले भने, ‘यही विषयमा छलफल गर्न आज (बिहीबार) भेट भएको हो।’ कुन प्रक्रि...
प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेट गर्नुभएको छ । आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।
भेटका क्रममा अध्यक्ष ठाकुरले आफ्नो दलले अघि सारेको माग सम्बोधन गर्न आग्रह गर्नुभएको थियो । सरकारले माग सम्बोधन गरे सरकारलाई समर्थन गर्ने जसपाले बताईरहेका बेला प्रधानमन्त्री ओली र अध्यक्ष ठाकुरबीच भएको भेटलाई सकारात्मकरुपमा लिइएको छ ।