संसदमा जसपाको दुईथरी कुरा: सरकारप्रति महन्थ नरम, उपेन्द्र कडा

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले दुईथरी कुरा राखे। प्रतिनिधिसभाको दोस्रो बैठकलाई सम्बोधन गर्ने क्रममा जसपा अध्यक्ष ठाकुर सरकारप्रति नरम भएर प्रस्तुत भए। महन्थले तटस्थ बस्ने भन्दै संविधान संशोधनको माग गरे। सरकारको आलोचना गरेनन्। तर,अर्का अध्यक्ष यादव भने सरकारप्रति आक्रामक ढंगले प्रस्तुत हुँदै प्रधानमन्त्री ओली र सरकारको कडा आलोचना गरे र विश्वासको मत नदिने बताए।