भरतपुर : हरेक वर्ष पहिरोले दुःख दिँदै आएपछि नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिन थालिएको छ। त्यसका लागि हाल चार वटा विकल्प देखिएका छन्। तिनमा केही निर्माण कार्य थप्न आवश्यक देखिएको छ। मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, एउटा विकल्प पूर्वी नवलपरासीको गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म अहिलेको सडकपारि तनहुँतर्फ त्रिशूलीको किनारैकिनारको छ। त्यस्तै अर्को चितवनको भण्डाराबाट धादिङको मलेखुसम्म अहिले ‘सिङ्गल ट्र्याक’ खोलेर काम अघि नबढाई रोकिएको भण्डारा&