बिग्रँदो पर्यावरणबाट पर्यटनमा चिन्तन

पर्यटन र पर्यावरणबीच बलियो सम्बन्ध हुन्छ । अझ नेपालको पर्यटन त पर्यावरणसँग सीधै सम्बद्ध छ किनभने नेपाल आउने पर्यटक यहाँको प्राकृतिक स्वच्छताकै लागि आउने गर्छन् । पर्यटकीय नगरी पोखरा स्वच्छ र सफा भएकै कारण धेरै पर्यटकको रोजाइमा पर्ने गरेको हो । तर, त्यहाँ वायुप्रदूषण बढ्नुका साथै काठमाडौं जस्तै भीडभाडयुक्त शहर बन्न थालेपछि यहाँको पर्यटन समस्यामा पर्ने हो कि भन्ने चिन्ता थपिएको छ । नेपालका अन्य पर्यटकीय क्षेत्रमा पनि यस्तै समस्या देखिन्छ । प्रदूषण र फोहोर स्थानीय समस्या हो । यसले जनस्वास्थ्यमा पर्ने प्रभाव आफ्नो ठाउँमा छ तर पर्यटनमा पर्ने प्रभाव गम्भीर हुन्छ । नेपालले पर्यावरणमा ध्यान नदिने हो भने नेपालका प्रमुख पर्यटन गन्तव्य मानिने पदमार्ग, सम्पदाक्षेत्र र हिमाल आरोहण आदि प्रभावित हुने देखिन्छ । पर्यापर्यटन अहिले विश्वमा निकै चर्चामा रहेको छ । नेपालले पनि पर्यापर्यटनबारे विशेष ध्यान दिनु जरुरी छ । यहाँको प्राकृतिक विविधताको संरक्षण गर्दै दिगो पर्यटनका लागि बलियो आधार तय गर्नुपर्छ । पोखराको वायुप्रदूषण दिनानुदिन बढ्दै गएको छ । सन् २०२२ देखि नै वायूप्रदूषणमापक यन्त्र डिभाइस राखेर तथ्यांक लिन थालेपछि प्रत्येक महीना प्रदूषण बढेको देखिएको छ । यन्त्रबाट मापन गर्दा प्रदूषण बढ्दो क्रममा भेटिएकाले पोखराले वायुप्रदूषण कम गर्ने विषयमा सोच्ने बेला आइसकेको छ । काठमाडौंको प्रदूषण विश्वमै निकै बढी भएको देखिन्छ । वायुप्रदूषण ‘मौन हत्यारा’ मानिन्छ । काठमाडौंको प्रदूषणका कारण श्वासप्रश्वासको रोग लाग्ने र कतिपयको ज्यानै जाने गरेको छ । त्यसैले यहाँको प्रदूषणबाट डराएका कतिपय पर्यटक काठमाडौं ओर्लिएर सीधै पोखरा जाने गरेका छन् । त्यहाँबाट अन्य पर्यटकीय क्षेत्रमा जाने गरेको पनि पाइन्छ । पर्यटक नेपाल आउनुअघि वायुप्रदूषणको मापन चेक गर्छन् । प्रदूषण बढेको भेटिएमा स्वास्थ्य जोखिममा राखेर पर्यटक आउने सम्भावना कमै हुन्छ । त्यसैले नेपालको पर्यटनलाई असर नपार्ने हो भने तत्काल पर्यटनसँग सम्बद्ध क्षेत्रको पर्यावरण थप बिग्रन नदिन तथा सुधार गर्न पहल थाल्नुपर्छ । सगरमाथा क्षेत्र प्रदूषित भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । सगरमाथा चढ्न जानेको भीडको फोटोले हिमाल आरोहीहरूलाई तर्साएकै थियो । पटकपटक हिमाल सफाइ अभियान चलाए पनि ती क्षेत्रमा फोहोरको मात्रा पर्याप्त रहेको देखिन्छ । त्यसैगरी पदयात्रा मार्गमा भएको प्रदूषण र फोहोरबारे पनि पर्यटकले चिन्ता प्रकट गरेका छन् । कतिपय पदमार्गका नजिकैबाट सडक बनाइएका छन् । कच्ची सडकका कारण धूवाँ र धूलोले पदयात्रीलाई नमीठो अनुभव गराएको छ । पदयात्रामा जुन किसिमको नवीन अनुभूति लिन पर्यटक आउँछन्, त्यसमा बाधा पुगेपछि उनीहरूले विकल्प खोज्न सक्छन् । अन्य देशको उदाहरण हेर्ने हो भने पदयात्रामा अवरोध पुग्ने गरी सडक बनाएको पाइँदैन । नेपालको पर्यटन काठमाडौं, पोखरा, सौराहाको त्रिवेणीमा बढी केन्द्रित छ । यी सबै ठाउँमा आन्तरिक पर्यटक र बाह्य पर्यटकका कारण निकै भीडभाड र कोलाहल बढिरहेको छ । प्रदूषण र फोहोर पनि त्यतिकै बढिरहेको छ । जिम्मेवार उपभोगको संस्कृति नहुँदा मानिसमा यी ठाउँको सौन्दर्य नबिगारीकन आनन्द लिने बानी बसिसकेको देखिँदैन । खासगरी आन्तरिक पर्यटकका कारण फोहोर बढेको पाइन्छ । त्यसैले अब पर्यटन क्षेत्रमा गुरुयोजना बनाएर काम थाल्नुपर्छ । पोखरा, काठमाडौंजस्तो शहरमात्रै होइन, पदमार्ग र हिमाल आरोहण क्षेत्र पनि प्रदूषित भइरहेका छन् । रारा जस्तो तालमा पनि फोहोर बढ्न थालिसकेको छ । त्यसैले फोहोर र प्रदूषणबाट पर्यटनलाई जोगाउन स्पष्ट नीति नै आवश्यक भइसकेको छ । पर्यापर्यटन अहिले विश्वमा निकै चर्चामा रहेको छ । नेपालले पनि पर्यापर्यटनबारे विशेष ध्यान दिनु जरुरी छ । यहाँको प्राकृतिक विविधताको संरक्षण गर्दै दिगो पर्यटनका लागि बलियो आधार तय गर्नुपर्छ । हिमालसँग नेपालको पर्यटनको सम्बन्ध छ । हिमालकै कारण धेरै पर्यटक नेपाल आएका हुन् । तर, पर्यावरण बिग्रिएकै कारण हिमालमा हिउँ घट्दै गएको छ । विश्व तापमानमा आएको परिवर्तनको दुष्प्रभाव नेपालमा परेको हो । त्यसैले पर्यावरणीय मुद्दालाई नेपालले बलियोसँग उठाउनुपर्छ । अन्तरराष्ट्रिय प्रयास बेग्लै कुरा हो, तर नेपालले यसमा विशेष तयारी र योजना बनाउन ढिला गर्नु हुँदैन । यतिबेला देशका धेरै ठाउँमा उच्च पहाडी र हिमाली क्षेत्र हिउँले भरिभराउ हुनुपर्ने हो । तर, अहिलेसम्म हिउँ नपर्दा डाँडातिर आन्तरिक र बाह्य पर्यटक उक्लिएका छैनन् । यसबाट पर्यटन व्यवसायी चिन्तित छन् । बाह्य पर्यटकका लागि यो अफ सिजन हो । अघिल्ला वर्षमा हिउँ खेल्न जाने पर्यटकले व्यवसाय धानेको थियो । यसपटक पानी नपरेपछि हिउँ पनि परेन, पर्यटक पनि आएका छैनन् । हिउँ पर्ने समयमा मर्दी हिमाल पदयात्रामा हिउँ खेल्नकै लागि दैनिक २ सयभन्दा बढी पुग्ने गर्थे । तर, यो सिजनमा मुश्किलले ४०/५० जनामात्र आएको स्थानीयको भनाइ छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एकाध ठाउँबाहेक कुनै पनि ठाउँमा हिउँ परेको छैन । पानी र हिउँ नपर्नुको मुख्य कारण जलवायु परिवर्तन हो । संसारभर तापक्रम वृद्धि हुँदै गएको छ । ३० वर्ष पहिलाभन्दा एक डिग्री सेल्सियस तापक्रम बढेको छ । समयमै हिमपात नहुँदा पर्यावरणमा आउनसक्ने फेरबदलले हिमाली वन्यजन्तु अन्यत्र स्थानान्तरण हुन सक्ने सम्भावना बढेर गएको छ । त्यसैले पर्यावरण र पर्यटनलाई सँगसँगै लैजानु जरुरी छ । नेपालमा तीव्र रूपमा कच्ची सडक निर्माणले गति लिएको छ । स्थानीय स्तरमा बन्ने यस्ता सडकले पदयात्रा मार्ग बिगारेको छ । जुन शान्तिका साथ पदयात्रा गर्न पर्यटक आतुर छन् तिनले यो अवस्थाको विरोध नै गरेका छन् । त्यही भएर नेपाल आउने पर्यटक अन्य देशमा गइरहेका छन् । हामी पर्यटकको संख्या बढेकोमा दंग छौं । खर्चालु प्रकृतिका पर्यटक जो नेपाल आउँथे ती अन्यत्रतर्फ गइरहेका छन् । तिनका बारेमा हाम्रो ध्यान गएको छैन । पर्यटनको प्रचार जति गरिन्छ त्योभन्दा बढी प्रचार यहाँ आउने पर्यटकले गरेका हुन्छन् । तिनले यहाँको पर्यटनबारे नराम्रो सन्देश दिए भने जतिसुकै प्रचार गरे पनि पर्यटक आउने सम्भावना कम हुन्छ । लेखक पर्यटन व्यवसायी हुन् ।

सम्बन्धित सामग्री

पर्यटनमा नीतिगत सुधार गर्छौं : पर्यटन मन्त्री

८ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पर्यटनमा नीतिगत सुधार गरिने बताएका छन् । बिहीबार नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको स्वागत कार्यक्रममा बोल्दै उनले नीतिगत सुधारका लागि मन्त्रालय तयार रहेको बताए । मन्त्री तामाङले बोर्डलाई प्रभावकारी ढंगले पर्यटन प्रवर्द्धनका कार्य गर्न आग्रह गरे । पर्यटन विकासका लागि अल्पकालीन, मध्यकालीन तथा […]

नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्छ: मन्त्री किराती

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली पर्यटनमा रैथाने स्वाद र संस्कृति हुनुपर्ने बताएका छन्।...

पर्वतीय पर्यटनमा नेपालको प्रचुर सम्भावना : उपराष्ट्रपति

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुनले पर्वतीय पर्यटनमा नेपालको प्रचूर सम्भावना रहेको बताएका छन्।विश्वपर्यटन दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घद्वारा, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरामा आयोजित सातौँ पर्वतीय महोत्सवको आज उद्घाटन गर्दै उपराष्ट्रपति पुनले पर्वतीय पर्यटनका धेरै सम्भावनालाई अझै पनि अपेक्षित उपयोग गर्न नसकिएको बताए।नेपाल प्राकृतिक रूपमा सम्पन्न भएको बताउँदै उनले यस्ता सम्पन्नतालाई पर्यटकीय रूपमा उपयोग गर्दै समृद्धि हासिल गर्न सकिनेमा जोड दिए। प्रकृति र संस्कृतिसँगै विभिन्न

आन्तरिक पर्यटनमा सहकार्यका लागि एनएमबि बैंक र यो यो जिपलाईनबीच सम्झौता

काठमाडौं, २१ बैशाख । एनएमबि बैंक लिमिटेडले यो यो जिपलाईन प्रा.लिसँग आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले सम्झौता गरेको छ । बैंकले जिपलाईन प्रा.लिसँग स्काई साइक्लिङ्ग, जिप लाईन, स्विङ्ग, केनोपि र रेष्टुरेन्ट एण्ड कफि शपको सेवामा छुट प्रदान हुने गरी सम्झौता गरेको हो । बैंकका ग्राहकहरुले उक्त सेवाहरुको भिजा कार्ड मार्फत भुक्तानी गर्दा बिदाको दिन बाहेकको […]

रसिया-युक्रेन युद्धको प्रभाव नेपालको साहसिक पर्यटनमा

१६ फागुन, काठमाडौं । कोरोना महामारीबाट उठ्दै गरेको नेपालको पर्यटन उद्योगमा रसिया-युक्रेन युद्धको प्रत्यक्ष प्रभाव पर्ने भएको छ । नेपालको साहसिक पर्यटनमा यूरोप र अमेरिकी पर्यटकको भूमिका ठूलो छ । तर, युद्धका कारण रसियन तथा युक्रेन र यसको आसपासको ‘हवाईमार्ग’ प्रयोग गरी यात्रा गर्नुपर्ने मुलुकका नागरिकले तत्कालका लागि यात्राको योजना नबनाउने भएका कारण आगामी पर्वतारोहण […]

मुख्यमन्त्रीले बेलायती राजदूतसँग भने– दिगो पर्यटनमा सघाइदिनुस्

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बेलायती राजदूत निकोला क्याथरिन पोलिटसँग गण्डकी प्रदेशको दीगो पर्यटनमा सहयोग गरिदिन आग्रह गरेका छन् । मुख्यमन्त्री कार्यालयमा भएको भेटमा पोखरेलले गण्डकीको विकासको प्रमुख आधार पर्यटन भएकोले यसको विकास अपरिहार्य रहेको बताए । बेलायतले नेपालको विकासमा धेरै पहिलेदेखि सहयोग गर्दै आएकोमा पोखरेलले प्रशंसा र धन्यवाद दिए । उनले गण्डकी […]

पर्यटनमा छिमेकीलाई प्राथमिकतामा राख्नुपर्छ: विनोद चौधरी

काठमाडौं। अरबपति विनोद चौधरीले नेपालले पर्यटनमा छिमेकी मुलुकलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। नेपाल उद्योग परिसंघका संस्थापक समेत रहेका उनले परिसंघको १८औँ वार्षिकोत्सवमा बोल्दै नेपालले भारत र चीनका पर्यटकलाई प्राथमिकतामा राखेमा नेपालको आर्थिक विकासमा कुनै समस्या नहुने उल्लेख गरे। चौधरीले नेपाललाई विश्वको गन्तव्यका रूपमा विकास गर्नुपर्ने र यसबाटै आर्थिक विकास सम्भव भएको बताए।

पर्वतीय पर्यटनमा उत्साहः व्यवसायीलाई आवतजावतमा अवरोध

काठमाडौं, बैशाख २६ । कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमण र जारी निषेधाज्ञाका बीच पर्वतीय पर्यटनमा उत्साह देखिएको छ । तर, व्यवसायीहरूलाई आवतजावतमा अवरोध भएको छ । सन् २०१९ मा भन्दा संक्रमणको महामारीको समयमा पर्वतारोहीहरू बढी आएका छन् । रोयल्टी संकलन पनि ५० प्रतिशतले बढेको छ । यसबाट उत्साहित व्यवसयाीहरू सरकारी निकायबीच समन्वय नहुँदा सास्ती […]

बजेट : कर्मचारीलाई बिदा पर्यटनमा पठाउने प्रस्ताव

१४ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन व्यवसायको पुनरुत्थानका लागि कर्मचारीलाई पुनः बिदा पर्यटनमा पठाउने प्रस्ताव गरेको छ । मन्त्रालयले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटका लागि यस्तो प्रस्ताव गरेको हो । यसअघि आव २०७०/७१ मा सरकारले बिदा पर्यटन कार्यान्वयनमा ल्याएको थियो । त्यसबेला प्रति कर्मचारीलाई १५ हजार ८ सय रुपैयाँ […]

पर्यटनमा ‘लक’ खुल्यो, व्यापार अझै ‘डाउन’

लामो समय ‘लक’ रहेको पर्यटन क्षेत्र विस्तारै खुल्दै त गयो, तर सोचेजस्तो व्यापार छैन। पर्यटनमा ‘लक’ (ताला) मात्र खुलेको, व्यापार अझै ‘डाउन’ (ओरालो) कै अवस्थामा रहेको व्यवसायी बताउँछन्। सानो आकारको आन्तरिक पाहुनाको भरमा व्यापार उकालो लाग्ने अवस्था नरहेको उनी...