तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्न म्याद थप

काठमाडौँ- चितवनको नारायणगढ-मुग्लिङ सडक खण्डको तुइन खोलामा पुल निर्माणका लागि पहाड काट्नका लागि म्याद थप गरिएको छ । उक्त सडक खण्डमा पुल निर्माणको लागि पहाड काट्नु पर्ने काम भएको कारण दिनको ४ घण्टा यातायात नै बन्द गरेर पहाड काट्ने काम भई रहेको थियो । गत वर्षदेखि नै उक्त स्थानमा पहाड काट्ने काम भए पनि बीचमा रोकिएको थि...

सम्बन्धित सामग्री

मुग्लिन–नारायणगढ सडक दैनिक चार घण्टा बन्द

नारायणगढ–मुग्लिन सडक खण्डमा रहेको तुइन खोलामा पुल निर्माण गर्न गत शनिबारदेखि दैनिक चार घण्टा सडक बन्द गर्न सुरु गरिएको छ ।

नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ । पुस ७ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)ले आज एक सूचना जारी गरेर जनाएको हो । नारायणगढबाट मुग्लिनतर्फ जाने सवारीसाधनमध्ये […]

नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण गर्न यही पुस ७ गतेदेखि दैनिक ४ घण्टा सवारी आवागमन बन्द हुने भएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड : पुल बनाउन कठिन चट्टानमा विष्फोटको तयारी

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विष्फोटका लागि तयारी थालिएको छ । तुइन खोलाको पुल निर्माण गर्ने ठाउँमा ६० मिटर अग्लो चट्टान छ । सो चट्टान काट्न कठिन भएपछि विष्फोट गराएर छिटो काम सक्ने योजना रहेको नारायणगढ–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यले बताए । ‘तुइन खोलाको देब्रेतर्फको डाँडो काट्ने काम अबको एक सातामा सक्ने गरी काम भइरहेको छ,’ उनले भने । दायाँतर्फको भने ४० प्रतिशत मात्र काम भएको छ । दायाँतर्फ ६० मिटर अग्लो चट्टान थियो । काटेर २५ मिटर तल झारिएको छ । बाँकीलाई यसैगरी काट्दा लामो समय लिने भएकाले विष्फोट गराउन अनुमति मागेको आचार्यले बताए । आयोजनाका प्रमुख किरण कार्कीका अनुसार विभाग हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट गृह मन्त्रालयमा फाइल पुगेको छ । त्यहाँबाट स्वीकृत भएपछि विष्फोटक पदार्थ खरीदका लागि प्रक्रिया अघि बढाइने उनले जानकारी दिए । रातको समयमा काम गर्न सकिन्छ कि भन्ने विषयमा पनि छलफल भइरहेको छ । जटिल ठाउँमा भएकाले घटना हुन सक्ने भन्दै रातको समयमा काम गर्ने आँट ठेकेदार कम्पनीले गरेको छैन । यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको देब्रेपट्टिको भित्तो काट्ने काम ८० प्रतिशत सकिएको छ । अबको १५ दिनमा काम सम्पन्न हुने अनुमान छ । दायाँपट्टिको भित्तो काट्ने काम सकिएको छ । पहिलो ३० दिनमा दिउँसो सवारी रोकेर काम नसकिएपछि पुनः माघ ६ गतेबाट ३० दिनको लागि दिउँसोमा सवारी रोकेर काम भइरहेको छ । दिउँसो १२ बजेबाट ४ बजेसम्म सवारी रोक्ने गरिएको छ । यही गतिमा काम भएमा थप दुई महीना सवारी रोक्नुपर्ने देखिएपछि विष्फोटका सहारा लिनुपरेको हो । डाँडो तल झरेकाले विष्फोट गर्दा कम क्षति हुने बताइएको छ । सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ । यी पुलसँगै काम थालिएका नौ पुल भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन् । यसअघि नै सो सडकका पाँच पुल बनिसकेका थिए । पाँचओटा पुल निर्माणाधीन रहेका छन् । सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० ओटै पुल नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउमा अर्काे पुल बनाउँदै गर्दा भित्तो काट्नुपरेको हो । विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो । एउटा पुलको काम शुरू भएको छैन । पुलको छेउमा सुकुमबासी बसेकाले हटाउन नसक्दा काम रोकिएको हो । विश्व बैंकको सहयोगमा काम गर्दा क्षतिपूर्ति दिलाएर मात्रै काम गर्नुपर्ने प्रावधान छ । कार्कीका अनुसार क्षतिपूर्तिका लागि रू. एक करोड हाराहारी खर्च हुन्छ । रकम माग गरिएको भए पनि प्राप्त हुन नसक्दा काम शुरू गर्न नसकिएको हो । पुल निर्माण २०८० पुससम्म सम्पन्न गर्नुपर्ने छ । शुरूमा ३३ महीनाका लागि सम्झौता भए पनि काम सम्पन्न नभएपछि हालै समय एक वर्ष थप गरिएको छ । सो सडकका १५ पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनले बोलपत्र प्राप्त गरेको छ । पुल निर्माणका लागि लागत रू. १ अर्ब २२ करोड हाराहारी छ । रासस

नारायणगढ–मुग्लिन सडकखण्ड: भित्तो काट्ने तयारी

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विस्फोटका लागि तयारी थालिएको छ । पुलका लागि भित्तो काट्ने काम अन्तिम चरणमा पुगेको छ । तुइन खोलाको पुल निर्माण गर्ने ठाउँमा ६० मिटर अग्लो चट्टान छ । सो चट्टान काट्न कठिन भएपछि विस्फोट गराएर छिटो काम सक्ने योजना रहेको नागढुङ्गा–मुग्लिन सडक […]

मुग्लिन–नारायणगढ सडक : बजेट अभावले पुल निर्माणमा ढिलाइ

चितवन । निर्माणाधीन मुग्लिन–नारायणगढ सडक खण्डका पुलका लागि बजेट अभाव भएको छ । मुग्लिन–नारायणगढ सडक आयोजनाका इञ्जिनीयर कृष्ण आचार्यले आवश्यक पर्ने बजेट अर्थ मन्त्रालयबाट विनियोजन हुन नसक्दा पुल निर्माण प्रभावित भएको बताए । मुग्लिन नारायणगढ सडकलाई तीन वर्षअघि विस्तार गरिएसँगै पुल पनि फराकिलो बनाउने काम शुरू भएको दुई वर्ष पनि बितिसक्यो । सो सडकखण्डमा १९ ओटा पुल छन् । तीमध्ये चारओटा पुल निर्माण सडकसँगै सकिसकेको छ । बाँकी १५ ओटा पुल निर्माणका लागि २०७६ चैतमा ३३ महिनामा निर्माण सम्पन्न गर्ने गरी अनक कन्स्ट्रक्सन कम्पनी प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो ।      सम्झौताको अवधि २०७९ मङ्सिरसम्म रहेको छ । सबै पुलको भौतिक प्रगति औसत ५० प्रतिशत रहेको इञ्जिनीयर आचार्यले बताए । आठ पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । अब ती पुललाई सडकसँग जोड्न मात्र बाँकी छ । सडकसँग जोड्न घर टहरा भत्काउनुपर्ने हुन्छ । इञ्जिनीयर आचार्यले घरटहरा भत्काउन र मुआब्जा वितरणका लागि बजेट अभाव भएको बताए । उनका अनुसार पुल सञ्चालनका लागि सो खण्डका २० भन्दा बढी घरटहरा भत्काउनुपर्छ । मुआब्जा वितरणका लागि करिब एक करोड १० लाख आवश्यक पर्ने अनुमान गरी अर्थ मन्त्रालयमा पत्र पठाइएको उनको भनाइ छ । मुग्लिन नारायणगढ सडकमा ठेक्का लागिसकेका १५ ओटा पुलमध्ये तीओटा पुलको काम अझै शुरू भएको छैन । दुईओटा पुल निर्माण भौगोलिक हिसाबले कठिन देखिएको आचार्यले बताए । मुग्लिन नजिक रहेका तुइन खोला र चिसेन्जी खोलामा पुल निर्माण गर्न भौगोलिक अवस्था जटिल रहेको र कसरी गर्ने भन्नेबारे अध्ययन जारी रहेको उनको भनाइ छ । निर्माण कम्पनीलाई भुक्तानी दिन पनि बजेट अभाव भएको उनले बताए । चालू आर्थिक वर्षको हालसम्म १५ करोड मात्र बजेट प्राप्त भएको भन्दै उनले आवश्यक बजेट नआउँदा पुल निर्माणमा ढिलाइ भएको दाबी गरे । मुग्लिन नजिकैको खहरे खोलाबाट रिग्दी खोलासम्मका सातओटा पुललाई प्याकेज–१ र जुगेडीदेखि सिमलतालसम्मका आठओटा पुललाई प्याकेज–२ बनाएर सम्झौता गरिएको थियो । प्याकेज–१ का पुल निर्माणका लागि ६७ करोड ९९ लाख ५९ हजार तथा प्याकेज–२ का पुल निर्माणका लागि ५९ करोड ५ लाख ५९ हजारमा ठेक्का सम्झौता गरिएको थियो । हाल मुग्लिन नारायणगढ सडकमा पुराना पुलहरूको चौडाइ ५.५ मिटरदेखि ६ मिटर छ । अब बन्ने पुलहरूको चौडाइ ९ मिटरदेखि ११ मिटरसम्म हुने इञ्जिनीयर आचार्यले जानकारी दिए । रासस

तुइन हटाएर झोलुंगे पुल निर्माणलाई तीव्रता दिन गृहमन्त्री खाणको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले देशका विभिन्न नदी तथा खोलामा रहेका तुइन तत्कालै हटाएर उक्त स्थानमा झोलुंगे पुल निर्माण अगाडि बढाउन निर्देशन दिएका छन्।

तुइनमुक्त बन्दै मुगु

धमाधम झोलुङ्गे पुल निर्माण हुन थालेपछि जिल्लामा तुइन हराउँदै गएका छन् । एक वर्षयता कर्णाली नदी र अन्य खोलामा एक दर्जन बढी तुइन हटेका छन् । अहिले तुइन भेटाउन मुस्किल हुन थालेको छ ।