नारायणगढ–मुग्लिन सडकखण्ड : पुल बनाउन कठिन चट्टानमा विष्फोटको तयारी

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको पुल निर्माणको क्रममा तुइन खोलामा भित्तो काट्न कठिन भएपछि विष्फोटका लागि तयारी थालिएको छ । तुइन खोलाको पुल निर्माण गर्ने ठाउँमा ६० मिटर अग्लो चट्टान छ । सो चट्टान काट्न कठिन भएपछि विष्फोट गराएर छिटो काम सक्ने योजना रहेको नारायणगढ–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यले बताए । ‘तुइन खोलाको देब्रेतर्फको डाँडो काट्ने काम अबको एक सातामा सक्ने गरी काम भइरहेको छ,’ उनले भने । दायाँतर्फको भने ४० प्रतिशत मात्र काम भएको छ । दायाँतर्फ ६० मिटर अग्लो चट्टान थियो । काटेर २५ मिटर तल झारिएको छ । बाँकीलाई यसैगरी काट्दा लामो समय लिने भएकाले विष्फोट गराउन अनुमति मागेको आचार्यले बताए । आयोजनाका प्रमुख किरण कार्कीका अनुसार विभाग हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट गृह मन्त्रालयमा फाइल पुगेको छ । त्यहाँबाट स्वीकृत भएपछि विष्फोटक पदार्थ खरीदका लागि प्रक्रिया अघि बढाइने उनले जानकारी दिए । रातको समयमा काम गर्न सकिन्छ कि भन्ने विषयमा पनि छलफल भइरहेको छ । जटिल ठाउँमा भएकाले घटना हुन सक्ने भन्दै रातको समयमा काम गर्ने आँट ठेकेदार कम्पनीले गरेको छैन । यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको देब्रेपट्टिको भित्तो काट्ने काम ८० प्रतिशत सकिएको छ । अबको १५ दिनमा काम सम्पन्न हुने अनुमान छ । दायाँपट्टिको भित्तो काट्ने काम सकिएको छ । पहिलो ३० दिनमा दिउँसो सवारी रोकेर काम नसकिएपछि पुनः माघ ६ गतेबाट ३० दिनको लागि दिउँसोमा सवारी रोकेर काम भइरहेको छ । दिउँसो १२ बजेबाट ४ बजेसम्म सवारी रोक्ने गरिएको छ । यही गतिमा काम भएमा थप दुई महीना सवारी रोक्नुपर्ने देखिएपछि विष्फोटका सहारा लिनुपरेको हो । डाँडो तल झरेकाले विष्फोट गर्दा कम क्षति हुने बताइएको छ । सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ । यी पुलसँगै काम थालिएका नौ पुल भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन् । यसअघि नै सो सडकका पाँच पुल बनिसकेका थिए । पाँचओटा पुल निर्माणाधीन रहेका छन् । सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० ओटै पुल नयाँ थप गरिएको हो । पहिलेको पुलको छेउमा अर्काे पुल बनाउँदै गर्दा भित्तो काट्नुपरेको हो । विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो । एउटा पुलको काम शुरू भएको छैन । पुलको छेउमा सुकुमबासी बसेकाले हटाउन नसक्दा काम रोकिएको हो । विश्व बैंकको सहयोगमा काम गर्दा क्षतिपूर्ति दिलाएर मात्रै काम गर्नुपर्ने प्रावधान छ । कार्कीका अनुसार क्षतिपूर्तिका लागि रू. एक करोड हाराहारी खर्च हुन्छ । रकम माग गरिएको भए पनि प्राप्त हुन नसक्दा काम शुरू गर्न नसकिएको हो । पुल निर्माण २०८० पुससम्म सम्पन्न गर्नुपर्ने छ । शुरूमा ३३ महीनाका लागि सम्झौता भए पनि काम सम्पन्न नभएपछि हालै समय एक वर्ष थप गरिएको छ । सो सडकका १५ पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनले बोलपत्र प्राप्त गरेको छ । पुल निर्माणका लागि लागत रू. १ अर्ब २२ करोड हाराहारी छ । रासस

सम्बन्धित सामग्री

नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

चितवन- पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ । नारायणगढ मुग्लिन सडकखण्ड अन्र्तगत चितवनको भरतपुर महानगरपालिका–२९ अठार किलो र केराबारीमा आज बिहान पहिरो खस्दा सवारी आवागमन पुर्ण रूपमा प्रभावित भएको थियो । जेसीवीको प्रयोग गरी पहिरो हटाइएसँगै ११ बजे बाट सुचारु भएको  इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्ड खुल्याे

पहिरोका कारण अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड खुलेकाे  छ । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ अठार किलो र केराबारीमा आज बिहान पहिरो खस्दा सवारी आवागमन पुर्ण रुपमा प्रभावित भएको थियो ।जेसीवीको प्रयोग गरि पहिरो हटाइएसँगै ११ बजेबाट सडकसुचारु भएको  इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध

सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। चितवनको ईच्छाकामना गाउँपालिका वडा नं ६ चारकिलोमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।...

नारायणगढ- मुग्लिन सडकखण्ड दुवैतर्फ अबरुद्ध

पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । बिहीबार सोहि सडकखण्डको जलबिरेमा पहिरो खसेपछि दुईतर्फि नै सडक अबरुद्ध भएको प्रहरीले जनाएको छ ।   ...

नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

काठमाडौं । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन आएको छ । शुक्रबार राति ९ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो । पहिरो हटाएर रातिदेखि नै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।यता, पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा साना गाडी मात्र सञ्चालन भैरहेको […]

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं । सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । शुक्रबार बिहान साढे दुई बजेतिर सुख्खा पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । सुख्खा पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपो खोला नजिक […]

पहिरोले बिहानैदेखि नारायणगढ-मुग्लिन सडकखण्ड अवरूद्ध

अविरल वर्षापछि खसेको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड आज बिहानैदेखि अवरूद्ध छ।

नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी अवरुद्ध

२४ असार, चितवन । गएराति आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । सेतीदोभान भन्ने ठाउँमा पहिरो आएर नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए । पहिरो खुलाउने प्रयास भइरहेको उनको भनाइ छ । सडक अबरुद्ध हुँदा सवारी साधनहरूको लामो लाइन रातिदेखि नै लागेको छ । […]

पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

१८ असार, काठमाडौं । पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । भरतपुरमहानगरपालिका-२९ सेती दोभानमा पहिरो गएपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए । उनले अनलाइनखबरसँग भने, ‘यसअघि जलवीरेको पहिरो हटाएर आउने क्रममा सेती दोभानमा पुन: पहिरो गएको हो। यसले दुवैतिरको सडक अरुवद्ध भएको छ।’ पहिरो […]