'युवासँग महालक्ष्मी लाइफ' बीमा जागरण राष्ट्रिय अभियान सुरु

काठमाडौं : महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संचालन गर्ने 'युवासँग महालक्ष्मी लाइफ' बीमा जागरण राष्ट्रिय अभियानको औपचारिक रुपमा प्रारम्भ गरेको छ।धुलिखेलमा असाेज २ र ३ गते आयोजित राष्ट्रिय सम्मेलनमा दुई वर्षे यो कार्यक्रमको उद्घाटन गरिएको हो। सम्मेलनमा मेचीदेखि महाकाली सम्मका ९० भन्दाबढी युवा अभिकर्ता र अधिकृत कर्मचारीहरूको उपस्थिति रहेको थियो।'काम गरी आय आर्जन गरौं - बीमा गरी सुरक्षित बनौं' भन्ने मूल नारालाई लिएर बीमा जागरण र

सम्बन्धित सामग्री

झापा र काभ्रेमा ‘युवासँग महालक्ष्मी’ कार्यक्रम

महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत सुरु गरेको युवासँग महालक्ष्मी लाइफ कार्यक्रम एकैपटक झापाको सुरूङ्गा, काभ्रेको बनेपा र म्याग्दीमा सम्पन्न गरेको छ ।कम्पनीले कन्काई क्याम्पस सुरुङ्गामा ९० जना स्नातक तहका विद्यार्थीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बिमा सम्बन्धी प्रशिक्षण प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र बरिष्ठ सहायक महाप्रवन्धक प्रशान्तराज […]

सुरूङ्गा, बनेपा र म्याग्दीमा 'युवासँग महालक्ष्मी लाईफ'

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको "युवासँग महालक्ष्मी लाइफ" कार्यक्रम एकैपटक झापाको सुरूङ्गा, बनेपा र म्याग्दीमा शुक्रवार सम्पन्न भएको छ। कन्काई क्याम्पस सुरुङ्गामा ९० जना स्नातक तहका विद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख बिकास उप्रेतीले र स्वागत मन्तव्य जागरण अभियानका केन्द्रीय सदस्य अम्बर बहादुर चौहानले गरेका थिए । उक्त कार्यक्रममा बीमा सम्बन्धी प्रशिक्षण प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्त...

बाग्लुङ र बेनीमा युवासँग–महालक्ष्मी लाइफ

काठमाडौं (अस) । महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवा पुस्तामा बीमाबारे जनचेतना जगाउने उद्देश्यले असोज पहिलो साताबाट सुरु गरेको युवासँग–महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान म्याग्दीको बेनी र बागलुङ बजारमा सम्पन्न गरेको छ । बेनी सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन भएको कार्यक्रममा १०५ विद्यार्थीले सहभागिता जनाएको कम्पनीले बताएको छ । विद्यालयका प्रधानाध्यापक काशीराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एजेन्सी म्यानेजर दिलमाया बिटालुले योजनाबारे अवगत गराए । कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रीय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीलाई बीमासम्बन्धी प्रशिक्षण दिए । यस्तै, असोज १९ गते धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा पनि युवासँग–महालक्ष्मी लाइफ बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । २५ विद्यार्थी सहभागी कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले गरे । कम्पनीको बागलुङ कार्यालय प्रमुख विश्वनाथ आचार्यले सञ्चालन गरेको कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक धमला र क्षेत्रीय प्रमुख आचार्यले बीमासम्बन्धी प्रशिक्षण दिए ।

विराटनगर र धनगढीमा युवासँग महालक्ष्मी लाइफ

काठमाडौं (अस) । महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवामाझ बीमासम्बन्धी जनचेतना जगाउने उद्देश्यले सञ्चालन गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम विराटनगर र धनगढीमा सम्पन्न गरेको छ । सिटी कलेज विराटनगरका प्रिन्सिपल तीर्थराज घिमिरेको अध्यक्षतामा विराटनगरमा सञ्चालन भएको कार्यक्रममा ७५ विद्यार्थी सहभागी थिए । बीमा जागरण राष्ट्रिय अभियान जिल्ला कमिटीका संयोजक खडक नारायण उडाउले सञ्चालन गरेको कार्यक्रममा जागरण अभियानका केन्द्रीय सदस्य सरोज पौडेलले कार्यक्रमको महत्वबारे प्रकाश पारे । कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र उप–क्षेत्रीय प्रमुख हिरा निरौलाले सहभागी विद्यार्थीलाई प्रशिक्षण दिएका थिए । कार्यक्रमपछि एजेन्सी म्यानेजर खडकनारायण उडाउको संयोजकत्वमा २१ सदस्यीय बीमा जागरण राष्ट्रिय अभियान जिल्ला समिति गठन गरिएको कम्पनीले बताएको छ । यस्तै, धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीमा पनि युवासँग महालक्ष्मी लाइफ बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ । कलेजका सहायक क्याम्पस प्रमुख उत्तम सिंह भण्डारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रमुख हर्कबहादुर बोहराले बीमा जागरणको महत्वबारे प्रकाश पारे ।

युवासँग 'महालक्ष्मी लाइफ कार्यक्रम' सम्पन्न

बेनी । युवाहरुलाई बिमासँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमा जागरण अभियान अन्तर्गतको ‘युवासँग महालक्ष्मी लाइफ कार्यक्रम’ सम्पन्न गरेको छ । कम्पनीले म्याग्दीको बेनी र बागलुङ बजारमा कार्यक्रम सम्पन्न गरेको हो । आज विहान बेनी सामुदायिक माध्यमिक विद्यालयमा संचालन भएको कार्यक्रममा १०५ जना विद्यार्थीहरुलाई कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रिय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।यसै क्रमम

महालक्ष्मी लाइफ इन्स्यारेन्सको जागरण अभियान सुरु

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्ने ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान औपचारिक रूपमा सुरु गरेको छ । कम्पनीले काभ्रेको धुलिखेलस्थित धुलिखेल लज रिसोर्टमा आयोजित राष्ट्रिय सम्मेलनमा दुई वर्षे कार्यक्रम उद्घाटन गरेको हो । सम्मेलनमा मेचीदेखि महाकालीसम्मका ९० भन्दा बढी युवा अभिकर्ता र अधिकृत कर्मचारी उपस्थित थिए । ‘काम गरी आयआर्जन गरौं : बीमा गरी सुरक्षित बनौं’ नारासहित बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रममार्फत बेरोजगार र कामको खोजीमा रहेका युवालाई आर्थिक रूपमा सक्रिय पार्ने लक्ष्य रहेको छ । मुलुकमा बढ्दो बेरोजगारीका कारण देशमा युवा समूह कामको खोजीमा विदेश पलायन भइरहेको अवस्थामा तिनलाई कामको अवसर र बीमाको महत्वबारे जानकारी गराउने र उनीहरुमार्फत समाजमा बीमाप्रति जागरण ल्याउने उद्देश्य रहेको छ । सम्मेलनमा कम्पनीका सञ्चालक तथा एम्बिसन कलेजका प्रमुख सुरेश सापकोटा, प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक, बीमाविज्ञ डा. दामोदर बस्यौलाले सहभागीलाई प्रशिक्षण दिएका थिए । अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न संस्थाका प्रमुख कार्यकारी अधिकृत भट्टराईको अध्यक्षतामा देशभरका अभिकर्ता र अधिकृत सम्मिलित केन्द्रीय समिति गठन गरिएको छ । जिल्ला स्तरमा पनि सम्बन्धित जिल्लामा कार्यरत कर्मचारी र अभिकर्तालाई समावेश गरी ०७८ पुस मसान्तभित्र जागरण अभियान समिति गठन गर्ने कार्यक्रम रहेको कम्पनीले बताएको छ ।