महालक्ष्मी लाइफ इन्स्यारेन्सको जागरण अभियान सुरु

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गर्ने ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान औपचारिक रूपमा सुरु गरेको छ । कम्पनीले काभ्रेको धुलिखेलस्थित धुलिखेल लज रिसोर्टमा आयोजित राष्ट्रिय सम्मेलनमा दुई वर्षे कार्यक्रम उद्घाटन गरेको हो । सम्मेलनमा मेचीदेखि महाकालीसम्मका ९० भन्दा बढी युवा अभिकर्ता र अधिकृत कर्मचारी उपस्थित थिए । ‘काम गरी आयआर्जन गरौं : बीमा गरी सुरक्षित बनौं’ नारासहित बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रममार्फत बेरोजगार र कामको खोजीमा रहेका युवालाई आर्थिक रूपमा सक्रिय पार्ने लक्ष्य रहेको छ । मुलुकमा बढ्दो बेरोजगारीका कारण देशमा युवा समूह कामको खोजीमा विदेश पलायन भइरहेको अवस्थामा तिनलाई कामको अवसर र बीमाको महत्वबारे जानकारी गराउने र उनीहरुमार्फत समाजमा बीमाप्रति जागरण ल्याउने उद्देश्य रहेको छ । सम्मेलनमा कम्पनीका सञ्चालक तथा एम्बिसन कलेजका प्रमुख सुरेश सापकोटा, प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक, बीमाविज्ञ डा. दामोदर बस्यौलाले सहभागीलाई प्रशिक्षण दिएका थिए । अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न संस्थाका प्रमुख कार्यकारी अधिकृत भट्टराईको अध्यक्षतामा देशभरका अभिकर्ता र अधिकृत सम्मिलित केन्द्रीय समिति गठन गरिएको छ । जिल्ला स्तरमा पनि सम्बन्धित जिल्लामा कार्यरत कर्मचारी र अभिकर्तालाई समावेश गरी ०७८ पुस मसान्तभित्र जागरण अभियान समिति गठन गर्ने कार्यक्रम रहेको कम्पनीले बताएको छ ।

सम्बन्धित सामग्री

चार स्थानमा यूवासँग माहालक्ष्मी लाइफ कार्यक्रम

महालक्ष्मी लाइफ इन्स्योरेन्सले राष्ट्रिय बिमा जागरण अभियान अन्तर्गत बर्दिवास, जनकपुर, लाहान र गाईघाटमा ‘यूवासँग माहालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न गरेको छ ।नव क्षितिज कलेज बर्दिवासमा सुरेन्द्र कुमार चौधरीको अध्यक्षतामा ७० जना युवा विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जानकारी दिए ।कार्यक्रममा वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले बिमाको महत्व बारेमा प्रकाश पारे […]

बीमा जागरण अभियान चलाउँदै महालक्ष्मी लाइफ इन्स्योरेन्स

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले देशभर राष्ट्रिय बीमा जागरण अभियान चलाउने भएको छ । सोही योजना अन्तर्गत कम्पनीले हालैमात्र सर्लाहीको बर्दिवास, जनकपुर, लाहान र गाईघाटमा युवा लक्षित महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न गरेको छ ।नव क्षितिज कलेज बर्दिवास मा सुरेन्द्र कुमार चौधरीको अध्यक्षतामा मंसिर १३ गते विहान संचालित कार्यक्रममा ७० जना युवा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कम्पनीका उपक्षेत्रिय प्रमुख लाल बहादुर थापाको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रममा वरिष्ठ सहायक महाप्रबन्धक प्रश

धवलागिरि र मालिकामा युवासँग महालक्ष्मी लाइफ बिमा जागरण अभियान

प्रताप बानियाँ, म्याग्दी । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड र शुभ महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिको संयुक्त आयोजनामा बिमासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । युवासँग महालक्ष्मी लाइफ बिमा जागरण राष्ट्रिय अभियान–२०७८ अन्तर्गत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । अभियानको क्रममा पश्चिम म्याग्दीको धवलागिरि र मालिका गाउँपालिकाको विभिन्न स्थानमा बिमासम्बन्धी कार्यक्रम गरिएको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले जनाएको छ । […]

युवासँग महालक्ष्मी लाइफ बिमा जागरण कार्यक्रम

युवा वर्गमा बिमासँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाइफ इन्स्योरेन्सले ‘युवासँग महालक्ष्मी लाइफ’ बिमा जागरण अभियान सञ्चालन गरेको छ ।यसै सिलसिलामा म्याग्दीको बेनी र बागलुङ बजारमा पनि बिमा जागरण राष्ट्रिय अभियान अन्तर्गत ‘युवासँग –महालक्ष्मी लाइफ’ कार्यक्रम गरेको छ । बेनी सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन भएको कार्यक्रममा १०५ जना विद्यार्थी सहभागी भएका थिए । कार्यक्रममा कम्पनीका […]

युवासँग 'महालक्ष्मी लाइफ कार्यक्रम' सम्पन्न

बेनी । युवाहरुलाई बिमासँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमा जागरण अभियान अन्तर्गतको ‘युवासँग महालक्ष्मी लाइफ कार्यक्रम’ सम्पन्न गरेको छ । कम्पनीले म्याग्दीको बेनी र बागलुङ बजारमा कार्यक्रम सम्पन्न गरेको हो । आज विहान बेनी सामुदायिक माध्यमिक विद्यालयमा संचालन भएको कार्यक्रममा १०५ जना विद्यार्थीहरुलाई कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रिय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीहरुलाई बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।यसै क्रमम

महालक्ष्मी लाइफको बिमा जागरण अभियान

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘युवासँग महालक्ष्मी लाइफ’ नामक बिमा जागरण राष्ट्रिय अभियान सुरु गरेको छ । धुलिखेलमा आयोजित राष्ट्रिय सम्मेलनमा देशभरका ९० भन्दा बढी अभिकर्ताका बीचमा कम्पनीले अभियान सुरुवातको घोषणा गरेको...