एउटै पार्टी नेकपा विभक्त भएर तीन टुक्रा भएपछि एक अर्काको अस्तित्व नै अस्वीकार गर्ने अवस्थामा पुगेका तीन प्रमुख कम्युनिस्ट नेताको भेट कांग्रेसको मञ्चमा भएको छ ।
शुक्रवार भृकुटीमण्डपमा कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एउटै मञ्चमा उपस्थित भएका हुन् ।
ओली कांग्रेस सभापति देउवाको दायाँतर्फ बसेका छन् भने प्रचण्ड र नेपाल देउवाभन्दा बायाँतर्फ छन् ।
नेकपा एमाले र माओवादी केन्...