एउटै ट्रेडमार्कमा दुई उद्योगको तानातान

वीरगञ्ज। एउटै ट्रेडमार्कमा दुईओटा उद्योगले दाबी गरेका छन् । पोखराको सुजल फुड्स प्रालिले वीरगञ्जको स्वीट मार्ट फुड प्रालिविरुद्ध उद्योग विभागमा आफ्नो ट्रेडमार्क दुरुपयोग गरेको भन्दै उजुरी हालेको हो ।  स्वीट मार्टले आफ्नो ट्रेडमार्क दुरुपयोग गरेर आर्थिक नोक्सानी पुर्‍याएको भन्दै सुजलले करोडौं रुपैयाँ क्षतिपूर्ति माग गरेको छ । यता स्वीट मार्टका सञ्चालक शंकरलाल मित्तलले सुजलले दाबी गरेको ट्रेडमार्क आफ्नो भएको बताएका छन् । उनले उद्योग विभागमा उक्त ट्रेडमार्क दर्ता गराएको पनि बताए ।  पोखराको सुजल फुड्स प्रलिले आफ्नो ट्रेडमार्क इकलेयर्स र बबल फन चुइङगम स्वीट मार्टले नक्कल गरेको भन्दै विभागमा उजुरी हालेको थियो । उद्योग विभागले स्वीट मार्ट फुड प्रालिलाई ७ दिनको समय दिएर स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ ।  विभागले यही फागुन २१ गते स्वीट मार्टलाई पत्र काटेर उपस्थित हुन भनेको हो । सुजलले ४ करोड ७७ लाख ८७ हजार ८४० रुपैयाँ क्षतिपूर्ति भराई दिन विभागलाई आग्रह गरेको छ ।  सुजल फुडका सञ्चालकले स्वीट मार्टले ट्रेडमार्क नक्कल गरी उत्पादन गरेको आरोप लगाउँदै त्यस्तो चकलेट र चुइङगमको विक्रीवितरणमा रोक लगाउन माग गरेको छ । उद्योगी मित्तलले कसैको ट्रेडमार्क नक्कल नगरेको र उक्त ट्रेडमार्क आफ्नो उद्योगको नाममा दर्ता रहेको बताए । आफ्नो उद्योगले बबल बुम ब्रान्डमा चुइङगम उत्पादन गरेको उनको भनाइ छ ।  यसअघि नै विभागमा विचाराधीन रहेको विवादमा पुन: उजुरी गरेर आफूलाई बदनाम गर्न खोजिएको मित्तलको भनाइ छ । उक्त चकलेट र चुइङगमको ट्रेडमार्क दुरुपयोगसम्बन्धी विवाद उद्योग विभागमा विचाराधीन रहेको उनले बताए । इकलेयर्स चकलेटको जेनेरिक नाम भएकाले कसैले दाबी गर्न नमिल्ने स्वीट मार्टले यसअघि पठाएको प्रतिउत्तरमा उल्लेख छ । 

सम्बन्धित सामग्री

नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको साधारणसभा

नेपाल बिटुमिन तथा ब्यारेल उद्योगको ३३, ३४ र ३५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

नेपालगञ्जमा खानेपानी उद्योगको उत्पादनमा रोक

स्थानीय प्रशासनले नेपालगञ्जमा सञ्चालित केही खानेपानी उद्योगको उत्पादनमा रोक लगाएको छ।

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

बागमती – सरकरी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल बन्द भएको छ। लामो समयदेखि निरन्तर घाटामा रहेको सो उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्य ठप्प भएको उद्योग प्रशासनले जनाएको छ। कोइलाको अभावले विगत एक महिनादेखि सिमेन्ट उत्पादन बन्द भएको हो। उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेका अनुसार कोइला खरीदका लागि टेण्डर भइसकेकोले छिटै […]

हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द

काठमाडौं । सरकरी स्वामित्वको हेटौंंडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन हाल बन्द भएको छ । लामो समयदेखि निरन्तर घाटामा रहेको सो उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्य ठप्प भएको उद्योग प्रशासनले जनाएको छ । कोइलाको अभावले विगत एक महिनादेखि सिमेन्ट उत्पादन बन्द भएको हो । उद्योगका महाप्रबन्धक बसन्तकुमार पाण्डेका अनुसार कोइला खरीदका लागि […]

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

सरकरी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको सिमेन्ट उत्पादन बन्द भएको छ।  लामो समयदेखि निरन्तर घाटामा रहेको सो उद्योगको सिमेन्ट उत्पादनका लागि चाहिने कोइलाको अभावले उत्पादन कार्य ठप्प भएको उद्योग प्रशासनले जनाएको छ।...

कृषिलाई उद्योगको रूपमा विकास गर्नुपर्छ : मन्त्री भुसाल

उहाँले कृषिमा आत्मनिर्भर हुनुपर्ने र कृषिलाई उद्योगको रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । निजी क्षेत्रले पनि कृषिलाई उद्योगको रूपमा विकास गर्न व्यवसायीकरण र यान्त्रिकीकरण गर्नेतर्फ सोच्नुपर्ने उहाँकाे भनाइ छ ।

पानी उद्योगको उत्पादन रोक्का

धनगढी : कैलालीमा प्रशोधित पानीको बोतलमा माकुरा भेटिएको पानी उद्योगको उत्पादन रोक्का गरिएको छ। कैलालीको बर्दगोरिया–१ बौनियामा रहेको आकाश गङ्गा वाटर एण्ड बेभेरेज प्रालिले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएपछि त्यसको छानबिनका लागि उद्योगको उत्पादन रोक्का गरिएको हो।प्रशोधित पानीको बोतलमा माकुरा भेटिएको समाचार प्रकाशित भएको थियो। जिल्ला प्रशासन कार्यालयबाट प्राप्त निर्देशनबमोजिम खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कैलालीको टोलीले सो उद्योगको स्थलगत अनुगमन गरेको थियो।खाद्य निरीक्

रेस्टुरेन्ट तथा बारलाई उद्योगको मान्यता दिन माग

रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान)ले आगामी आर्थिक वर्षको बजेटले ठूलो लगानी रहेको र उल्लेख्य रोजगारी दिइरहेको रेस्टुरेन्ट तथा बारलाई उद्योगको मान्यता नदिएको भन्दै गुनासो गरेको छ। रेबानले लामो समयदेखि रेस्टुरेन्ट तथा बारलाई उद्योगको मान्यता दिन ...

प्रदेशको एकमात्र अक्सिजन ग्यास उद्योगको प्लान्ट बिग्रियो

धनगढी : सुदूरपश्चिम प्रदेशको एकमात्र धनगढीमा रहेको मालिका अक्सिजन ग्यास उद्योगको प्लान्ट बिग्रिएको छ।प्रदेशमा कोरोनाका बिरामीहरुले अक्सिजन अभावमा अकालमै ज्यान गुमाइरहेका बेला उक्त उद्योगको मेसिन बिग्रिएपछि अक्सिजन आपूर्तिमा समस्या उत्पन्न भएको छ। सोमबार राति उद्योगको अक्सिजन प्लान्ट बिग्रिएको र आपूर्तिमा समस्या भएको उद्योगले जनाएको छ।उक्त ग्यास उद्योगको दैनिक एकसय ५० देखि एकसय ८० सिलिन्डर अक्सिजन उत्पादन क्षमता रहेको छ। उद्योगको अक्सिजन प्लान्ट बिग्रिदा अक्सिजन आपूर्तिमा समस्या उत्पन्न भएको जिल्

उद्योग मन्त्रालयद्वारा अक्सिजन उद्योगको अनुगमन

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले काठमाडौं उपत्यकाका अक्सिजन उद्योगको अनुगमन गरेको छ। कोरोनाको दोस्रो लहर फैलिएसँगै मन्त्रालयले उद्योगको स्थिति बुझ्न फिल्डमै गएर अनुगमन गरेको हो। हाल उपत्यकामा ११ वटा अक्सिजन उद्योग सञ्चालनमा छन्। यसै गरी, मन्त्रालयको टोलीले अक्सिजन सिलिन्डरको अवस्था बुझ्न बजार अनुगमन पनि गरेको छ।