प्रदुषण गर्ने पाँच उद्योग कारवाहीमा

वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा सञ्चालित पाँच उद्योगलाई वीरगन्ज महानगरपालिकाले कारवाही गरेको छ । महानगरपालिका हुँदै बग्ने सिर्सिया नदिमा उद्योगले फोहोर मिसाएर प्रदुषण गरेको भन्दै ५ उद्योगलाई जरिवाना गरेको हो । महानगरपालिका–२१ मा रहेको ग्लोबल लेदर उद्योग प्रालि, अर्निका प्रोसेसिङ उद्योग प्रालि, श्रीसिधी टेक्सटायल्स प्रालि, मोरियम लेदर उद्योग प्रालि र वडा–३२ मा रहेको दुर्गा पुल्प एण्ड पेपर […]

सम्बन्धित सामग्री

सिमेन्ट उद्योगका कारण बस्तीमा असर परेको भन्दै ज्ञापनपत्र

दाङ – दाङमा सम्राट सिमेन्ट उद्योगका कारण बस्ती विस्थापित हुने अवस्थामा पुगेको भन्दै प्रदुषण नियन्त्रणको लागि सम्बन्धित निकायको ध्यानकर्षण गराइएको छ। लमही नगरपालिका वडा नं. ७ स्थित उद्योग छेउछाउका नागरिकले जीवनरक्षाको माग राख्दै स्थानीय सरकारसहित सरोकारवाला निकायको ध्यानाकर्षण गराएका हुन्। ‘उद्योगबाट निस्किएको धुलो, धुवाँ र आवाजका कारण हामीलाई समस्या पर्‍यो,’ स्थानीय कुमोद देवकोटाले भने, ‘उद्योगसँग […]

प्रदुषण फैलाएको भन्दै लुम्बिनी चिनी मिलमा स्थानीयद्वारा तालाबन्दी

बुटवल– पश्चिम नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी मिलको मूल गेटमा स्थानीयले ताला लगाइदिएका छन् । उद्योगले प्रदुषण नियन्त्रणमा कुनै चासो नदिएको भन्दै आक्रोशित स्थानीयले तालाबन्दी गरेका हुन् । खरानीसहितको कालो धुँलोको कारण सास्ती खेप्दै आएका स्थानीयले पटकपटक उद्योगलाई प्रदुषण नियन्त्रण गर्न ध्यानाकर्षण गराए पनि उद्योगले अटेर गरेका कारण बाध्य भएर तालाबन्दी गर्नुपरेको बताएका छन् । उद्योग सञ्चालनका […]

मरियम लेदरको फोहोर पानी सोझै सिर्सिया नदीमा

५ पुस, वीरगञ्ज । वीरगञ्जस्थित मरियम लेदर उद्योगले प्रशोधन नगरी फोहोर पानी सिर्सिया नदीमा खसाल्ने गरेको पाइएको छ । सिर्सिया नदी प्रदुषण नियन्त्रणका लागि नदी आसपासका उद्योग अनुगमन गर्ने क्रममा मरियम लेदरले बदमासी गर्ने गरेको पाइएको हो । वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमको संयोजकत्वमा गठित सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले मंगलबार तीन वटा उद्योगको अनुगमन […]

सिर्सिया नदीकाे पानीकाे गुणस्तर जाँच्न नमुना संकलन

काठमाडौं । बारा र पर्साको सिर्सिया नदीमा बग्ने पानीको गुणस्तर मापनको लागि प्रदूषण जाँच गरिने भएको छ । औद्योगिक प्रदूषणको चपेटामा परेको सिर्सिया नदीमा बग्ने पानीको प्रदुषण जाँच गर्न वातावरण विभागले विभिन्न १२ ठाउँबाट नमुना संकलन गरेको हाे। एउटै नदीमा अवस्थित वातावरणीय प्रभाव अध्ययन स्वीकृत भएका उद्योग आयोजनाहरुको सञ्चालनबाट नदीको प्राणालीमा पर्न सक्ने एकीकृत वातावरणीय […]

जगदम्बा स्टीलमा भएको तोडफोड प्रकरणको छानविन गर्न उद्योग वाणिज्य संघको माग

भदौ १३, वीरगञ्ज  । बाराको सिमरास्थित जगदम्बा स्टील प्रालि परिसरका उद्योगमा स्थानीयले गरेको तोडफोडको घटनाको जीतपुर सिमरा उद्योग वाणिज्य संघले निष्पक्ष छानविनको माग गरेको छ ।  संघले आइतवार विज्ञप्ति निकालेर उद्योग तोडफोडको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो । उद्योग परिसरमा रहेको जस्तापाता उत्पादन गर्ने युनिटमा ग्यास चुहिएको भन्दै आक्रोशित स्थानीयले शुक्रवार तोडफोड गरेपछि सो युनिटको उत्पादन बन्द भएको छ । उद्योगले व्यवसायजन्य सुरक्षामा लापरवाही गर्दै आएको र उद्योगका कारण स्थानीय असुरक्षित भएको भन्दै तोडफोड गरेका थिए । तोडफोड नियन्त्रणमा लिन उद्योग परिसरमा पुगेको प्रहरीलाई समेत स्थानीयले लखेटेका थिए । उद्योगले प्रहरी प्रशासनदेखि नेतासमेतलाई प्रभावमा पारेर उद्योगका कामदार र स्थानीयको सुरक्षामा बारम्बार खेलवाड गरेको आरोप उनीहरूको थियो ।  उद्योगका सञ्चालक पवन गुप्ताले तोडफोडका कारण उद्योगको स्वचालित उकरण र कम्युटरहरूमा  क्षति पुगेको बताए । बन्द उद्योगलाई पुनः सञ्चालनमा ल्याउन कम्तीमा दुई महीना समय लाग्ने सञ्चालक गुप्ताले जानकारी दिए ।  जस्तापता बनाउन प्रयोग हुुने अमोनिया ग्यासको ट्यांकरबाट ग्यास चुहिएको गुप्ताले बताए । ग्यास चुहावट तत्कालै नियन्त्रणमा लिए पनि स्थानीयले उद्योग परिसरमा प्रवेश गरेर तोडफोड गरेको गुनासो उद्योग व्यवस्थापनको छ । उद्योग प्रवेशद्वारमा स्थानीयले ताला लगाइदिएका छन् । जगदम्बा स्टील परिसरमा ८ ओटा बेग्लाबेग्लै युनिट छन् । अन्य युनिटमा पनि तोडफोड भएको छ । उद्योगका उकपरण, सवारी साधन, झ्यालढोकामा क्षति पुगेको संघको विज्ञप्तिमा उल्लेख छ । संघका अध्यक्ष सञ्जयकुमार साहले जारी गरेको विज्ञप्तिमा उद्योगमा भएको सो दुर्घटनालाई गम्भीर रुपमा लिइनुपर्ने उल्लेख छ ।  ‘दुर्घटनाका पर्याप्त छानविन हुनु पर्दछ । भविष्यमा अन्य औद्योगिक प्रतिष्ठानमा त्यस्ता दुर्घटना नदोहारोरिउन् भन्नेमा विशेष सतर्कता अपनाउनु पर्दछ,’ अध्यक्ष साहले भनेका छन्, ‘यदि उद्योगको लापरवाहीका कारण दुर्घटना भएको हो भने संलग्नलाई कारवाही हुनु पर्दछ । तर, दुर्घटनाको आधारमा औद्योगिक वातावरण बिथोलिने गरी उद्योगमा अराजकता निम्त्याउनु नाजायज छ ।’  उद्योग परिसरमा ग्यास चुहावट र त्यसको निहुँमा भएको तोडफोड दुवै घटनाको जाँचबुझ गरेर दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन संघले माग गरेको छ ।  उद्योगले विगत लामो सयमदेखि स्थानीयबासिन्दाको सुरक्षा र स्वास्थ्य संवेदनशीलतालाई बेवास्ता गर्दै आएको स्थानीय नागरिक सुरक्षा सरोकार समितिका संयोजक मनोज पौडेलको भनाइ छ । ‘उद्योगले प्रदुषण नियन्त्रणमा पटकपटक गरेको प्रतिबद्धता पालना नगरेको र सुरक्षाका मापदण्डमा लापरवाही गर्दा उद्योगका कामदार कर्मचारीसँगै स्थानीय जोखिममा परेका छन्,’ संयोजक पौडेलको भनाइ छ ।  उद्योगकै लापरवाहीका कारण बेलाबेलामा स्थानीयसँग द्वन्द्व भइरहेको उनको दाबी छ । उद्योगका सञ्चालक गुप्ता भने उद्योगले स्वास्थ्य र सुरक्षाका सबै मापदण्ड पूरा गरेको बताउँछन् ।

काठमाडौंका उद्योग हेटौंडा आउँदै

नेपाल समाचारपत्र, हेटौंडा । संघीय राजधानीको प्रदुषण कम गराउन काठमाडौंका उद्योगलाई हेटौंडामा स्थानान्तरण गर्ने घोषणा बजेटले गरेको छ । आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेटमा काठमाडौंका उद्योगलाई हेटौंडाको मयुरधाप स्थानान्तरण गरिने उल्लेख गर्दै स्थानान्तरण हुन चाहने उद्योगलाई १० वर्षका लागि निःशुल्क जग्गा दिइने भनिएको छ । मयुरधापमा निर्माणाधीन औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम आगामी २ […]

प्रदुषण बढाएपछि निगाले सिमेन्ट उद्योग बन्द गराउन आन्दोलन

धनकुटा, माघ २० –धनकुटाको छथर जोरपाटी गाउँपालिका सिधुवा बजारमा सञ्चालन भइरहेको निगाले सिमेन्ट उद्योग बन्द गर्न स्थानीयबासिन्दाले आन्दोलन सुरु गरे...

प्रदुषण बढेको भन्दै सिमेन्ट उद्योग बन्द गर्न माग

धनकुटाको छथर जोरपाटी गाउँपालिका सिधुवा बजारमा सञ्चालित निगाले सिमेन्ट उद्योग बन्द गर्न माग गर्दै आन्दोलन सुरु भएको छ। स्थानीयबासीले निगाले सिमेन्ट उद्योगको गेटमा तालाबन्दी समेत गरेका छन्। आन्दोलनको कारण नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्योगको सुरक्षा दिइरहेका छन्।