सल्यान : सल्यानको कपुरकोटमा मंगलबार बिहान भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या नौ पुगेको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका कपुरकोट गाउँपालिका ६ का तिलक वलीको उपचारका क्रममा बुधबार मृत्यु भएसँगै जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या नौ पुगेको हो।वलीको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले जानकारी दिए। वलीको मृत्युसँगै दुर्घटनामा परेका नौ जनाकै मृत्यु भएको छ।मंगलबार बिहान बाँकेको ढकेरीबाट सल्यान कपुरकोट गाउँपालिक