पर्यटनमन्त्री श्रेष्ठद्वारा 'रिसोर्ट सञ्चालन अनुमति' खारेज

लुम्बिनी विकास गुरूयोजनाविपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद् बैठकले क्याम्पेन ग्राउन्डको जग्गा निजी कम्पनीलाई दिने गत वैशाख १९ गतेको निर्णय खारेज गरेको हो । गुरूयोजनाविपरीत 'क्याम्पेन ग्राउन्ड' मा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिइएको अनुमति खारेज गरिएको हो । परिषद वैठकले लुम्बिनीमा पर्यटक सुविधाका लागि विद्युतीय बस संचालन गर्ने निर्णय पनि गरेको छ । बैठकले एक महिनाभित्र विद्युतीय बस सेवा संचालन गर्ने निर्णय गरेको हो । लुम्बिनी जाने पर्यटकहरुलाई सुविधायुक्त र सहज अवलोकनका लागि विद्युतीय बस संचालनको निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए । विद्युतीय बस संचालनले लुम्बिनी क्षेत्रका पर्यटकीय सम्पदा अवलोकनका लागि जाने पर्यटकलाई सहज हुनेछ । कोषको परिषद बैठकले लुम्बिनी गुरुयोजनाको काम चालु आर्थिक बर्षभित्र सम्पन्न गर्ने निर्णय पनि गरेको छ । साथै विभिन्न बौद्धस्थललाई समेटेर बनाइने दीर्घकालीन गुरुयोजना निर्माणको प्रारम्भिक खाका दुई महिनाभित्र तयार गरिनेछ । 

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशकाे १३ अस्पतालका विकास समिति खारेज

दाङ : लुम्बिनी प्रदेश सरकारले प्रदेशका १३ वटा अस्पतालमा गठन भएका विकास समिति खारेज गरेको छ।लुम्बिनी प्रदेशको आज बसेको मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति (गठन तथा सञ्चालन) नियमावली, २०८० स्वीकृत गर्दै अस्पताल विकास समिति गठन आदेश खारेज गर्ने निर्णय गरेको हो। प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीका अनुसार प्रदेश सरकारले सिकेलसेल, थालेसेमिया र हेमोफिलियाका बिरामीको परिवारलाई निःशुल्क बीमा कार्यक्रम सञ्चालन गर्ने कार्यविधि, २०८० पनि  स्वीकृत गरेको छ। त्यस्तै आँखाको नानी निःशुल्क

स्टक एक्सचेञ्ज र ब्रोकरको लाइसेन्स विरुद्धको रिट खारेज

१३ पुस, काठमाडौं । धितोपत्र बजार सञ्चालन नियमवली र धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावलीको संशोधन विरुद्ध संवैधानिक इजलासमा परेको रिट खारेज भएको छ । बुधबारको संवैधानिक इजलासले उक्त रिट खारेज गरेको हो । बुधबार कायममुकायम (कामु) प्रधानन्यायाधिश हरिकृष्ण कार्की, सहित न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनान्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सपना मल्ल प्रधान रहेको […]

लुम्बिनीमा रिसोर्ट खोल्न दिइएको अनुमति खारेज

‘संसारा वेलनेस’लाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिइएको अनुमति खारेज गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा मंगलबार लुम्बिनीमा बसेको...

गुरुयोजना विपरीत सञ्चालन गरिएको रिसोर्टको अनुमति खारेज

काठमाडौं : लुम्बिनी विकास गुरु योजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको परिषद् बैठकले क्याम्पेन ग्राउन्डको जग्गा निजी कम्पनीलाई दिने गत वैशाख १९ गतेको निर्णय खारेज गरेको हो। गुरु योजना विपरीत क्याम्पेन ग्राउन्डमा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिइएको अनुमति खारेज गरिएको हो। परिषद् बैठक

लुम्बिनी गुरूयोजनाविपरीत गरिएको’रिसोर्ट सञ्चालन अनुमति’ खारेज

काठमाडौँ – लुम्बिनी विकास गुरूयोजनाविपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद् बैठकले क्याम्पेन ग्राउन्डको जग्गा निजी कम्पनीलाई दिने गत वैशाख १९ गतेको निर्णय खारेज गरेको हो। गुरूयोजनाविपरीत ‘क्याम्पेन ग्राउन्ड’मा‘संसारा वेलनेस’नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न […]

आयुर्वेद डाक्टर पढाउने मिथिला आयुर्वेद मेडिकल कलेजको सम्बन्धन खारेज

नेपाल संस्कृत विश्व विद्यालय (नेसंवि) ले जनकपुरस्थित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सञ्चालन सम्वन्धन खारेज गरेको छ ।

बतास समूहले पशुपति धर्मशाला सञ्चालन गर्न नपाउने, अल्पकालीन आदेश खारेज !

काठमाण्डाै : पशुपति धर्मशाला सञ्चालन ठेक्का रद्द गर्ने सरकारको निर्णयविरुद्ध बतास समूहले पाएको अन्तरकालीन अन्तरिम आदेश खारेज भएको छ । उच्च अदालत पाटनका न्यायाधीश हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले आज सोमवार अन्तरिम आदेश दिनु नपर्ने ठहर गर्दै यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो ।सम्झौता र मापदण्ड विपरीत धर्मशालालाई होटलका रूपमा सञ्चालन गरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा गठन गरिएको छानबिन समि...

लमजुङमा १९ उद्योग खारेज

लमजुङ, २७ माघ: लमजुङमा घरेलु तथा साना उद्योग कार्यालय लमजुङले १९ घरेलु उद्योग खारेज गरेको छ । यहाँ दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीरकण नगर्ने उद्योग खोरज भएका हुन् । आर्थिक वर्ष २०७८-७९ का छ महिनाका अवधिमा १९ उद्योग खारेज भएको कार्यालय प्रमुख मिता थापाले जानकारी दिए । उनका अनुसार यस अवधिमा […]

एसईई खारेज हुने हल्लाको पछि नलागी तयारी गर्न बाेर्डकाे आग्रह

काठमाण्डाै – माध्यमिक शिक्षा परीक्षा (एसईई) कसरी सञ्चालन गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । संसदीय समितिले एसईई खारेज गर्न निर्देशन दिएको छ भने राष्ट्रिय परीक्षा बोर्डले निर्णय नगर्दा विद्यार्थी र अभिभावक अन्योलमा परेका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्मा भने एसईई खारेज गर्ने नभई सञ्चालनको जिम्मेवारी प्रदेशलाई दिन खोजिएको बताउनुहुन्छ । प्रदेश मार्फत एसईई सञ्चालनको लागि आन्तरिक छलफल भैरहेकोले एसईई खारेज हुने हल्लाको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो । प्रदेशबाट सञ्चालन गर्दा परीक्षाको खाका कस्तो हुने लगायतका विष...