एसईई खारेज हुने हल्लाको पछि नलागी तयारी गर्न बाेर्डकाे आग्रह

काठमाण्डाै – माध्यमिक शिक्षा परीक्षा (एसईई) कसरी सञ्चालन गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । संसदीय समितिले एसईई खारेज गर्न निर्देशन दिएको छ भने राष्ट्रिय परीक्षा बोर्डले निर्णय नगर्दा विद्यार्थी र अभिभावक अन्योलमा परेका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्मा भने एसईई खारेज गर्ने नभई सञ्चालनको जिम्मेवारी प्रदेशलाई दिन खोजिएको बताउनुहुन्छ । प्रदेश मार्फत एसईई सञ्चालनको लागि आन्तरिक छलफल भैरहेकोले एसईई खारेज हुने हल्लाको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो । प्रदेशबाट सञ्चालन गर्दा परीक्षाको खाका कस्तो हुने लगायतका विष...

सम्बन्धित सामग्री

एसईई खारेज गर्ने तयारी, संसदमा विधेयक पेश हुँदै

कक्षा १२ सम्मलाई विद्यालय शिक्षाका रुपमा विकसित गरिएपछि हाल जारी रहेको कक्षा १० पछिको एसईई परीक्षा खारेज गर्नुपर्ने बहस चलिरहेका बेला सरकारले यसको प्रक्रिया अघि बढाएको छ । गत मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्मा पठाउन स्वीकृत गरेको विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव गरेको छ। विद्यालय संरचनामा आधारभूत तह (कक्षा …

एसईई वैशाखमा हुने परीक्षा बोर्डको भनाइ

काठमाण्डाै - यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई वैशाखमा गर्ने तयारी भइरहेको सरकारले जनाएको छ । अहिलेसम्म परीक्षा तालिका नहुँदा र संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने भन्नेमा अन्योलमा छन् । तर राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा हुने र वैशाखमा गर्ने गरी तयारी भइरहेको स्पष्ट पारेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले वैशाखको सुरुमा परीक्षा सञ्चालन गर्नेगरी तयारी भइरहेको जानकारी दिनुभयो । केही दिनभित्र परीक्षा तालिका सार्वजनिक हुने ...

यो वर्षको एसईई केन्द्रले नै सञ्चालन गर्ने तयारी

२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन गर्ने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्न  निर्देशन दिए पनि बोर्डले परीक्षा गर्ने तयारी थालेको हो ।

यस वर्षको एसईई केन्द्रबाट गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको एसईई परीक्षा केन्द्र स्तरबाटै गर्ने गरी तयारी गरेको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई परीक्षा खारेज गर्न निर्देशन दिएको थियो । निर्देशनलगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउने तयारीमा लागेका छन् । ऐन जारी गरी कार्यान्वयन गर्न ढिलो हुने भएकाले यो वर्ष केन्द्रबाटै सञ्चालन हुने भएको हो । आइतबार भएको बैठकमा अधिकांश बोर्डका सदस्यले प्रदेश सरकारले परीक्षा लिने विषय उठान भएको थियो । तर, ऐनमा प्रदेश सरकारले परीक्षा लिने विषय उल्लेख नभएका का...

अध्यादेशबाट संघीय शिक्षा ऐन ल्याउने तयारी

काठमाडौं, पुस १३ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिए पनि शिक्षा ऐन संशोधन नभएसम्म एसईई परीक्षा खारेज गर्न सम्भव देखिएको छैन । शिक्षा ऐनको दफा ५ को उपदफा ४ ९ट० मा प्रस्ट रूपमा कक्षा १० र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाटै लिनुपर्ने व्यवस्था भएकाले शिक्षा […]

एसईई खारेज गर्नुपर्नेमा सरोकारवालाको जोड

जेठ ३१, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न नेपालको संविधानले व्यवस्था गरे पनि सोको कार्यान्वयन हुन नसकेको गुनासो सरोकारवालाहरूले गरेका छन् । शिक्षा पत्रकार समूहले सोमवार आयोजना गरेको ‘एसईई के गर्ने ?’ विषयक भर्चुअल अन्तरक्रियामा प्रधानाध्यापक, शिक्षाविद् लगायत सरोकारवालाले १२ कक्षाको परीक्षा निर्णायक हुने भएकाले एसईई खारेज गर्नुपर्ने धारणा राखेका हुन् । हालसम्म यसको सम्पूर्ण जिम्मा राष्ट्रिय परीक्षा बोर्डले लिँदै आएकाले अब यसलाई विद्यालय तथा स्थानीय तहको जिम्मामा छाड्नुपर्ने उनीहरूको तर्क छ । संविधानअनुसार माध्यमिक शिक्षा कक्षा १२ सम्म कायम भएकाले १० कक्षामै लिइने एसईई खारेज हुनुपर्नेमा जोड दिँदै उनीहरूले उक्त परीक्षालाई अतिशय महŒव दिँदा मानसिक दबाबले विद्यार्थीको सृजनशीलतामा आँच आएको समेत औंल्याएका छन् ।  अन्तरक्रियामा बुटवलस्थित कालिका माविका पूर्व प्रधानाध्यापक घनश्याम पाठकले विगतदेखि एसईई खारेज गर्न भन्दै आए पनि राज्य तहबाट परीक्षा लिन निर्देशन आएपछि यसलाई पालना गर्न बाध्य भएको बताए । ‘विद्यार्थीले प्राप्त गरेको शीप, ज्ञान र व्यवहारलाई ठीक ढंगले मापन गर्न नसकिए त्यसको नकारात्मक प्रभाव उत्पन्न हुन्छ,’ उनले भने,  ‘एसईईमा अंक, ग्रेड लगायतबारे चर्चा हुँदा विद्यार्थीमा दबाब सृजना भएर  सृजनशीलतामा ह्रास आएको अनुभव गरेका छौं ।’ सबै कक्षामा अहिलेको तीनघण्टे लिखित परीक्षाको मूल्यांकन प्रणाली नै परिवर्तन गरेर कक्षाकोठामा विद्यार्थीले देखाएका शीप, व्यवहार र क्षमताका आधारमा मूल्यांकन गर्ने परिपाटीको विकास गर्नुपर्नेमा उनले सरकारको ध्यानाकर्षण गराए ।   रत्नराज्य लक्ष्मी माविकी पूर्व प्रधानाध्यापक डा. गीता पोखरेल शिवाकोटीले संविधानले १२ कक्षालाई अन्तिम परीक्षा भनेकोमा अहिले कोभिडले त्यसको कार्यान्वयनमा अवसर जुटाइदिएको बताइन् । एसईईलाई ‘आइरन गेट’को संज्ञा दिएर अभिभावक तथा विद्यार्थीलाई त्रासमा पार्नु नहुने धारणा उनको छ । शिक्षाविद् विद्यानाथ कोइरालाले शिक्षकले प्रश्न बनाउने, कपी जाँच्ने शिक्षकलाई विश्वास गर्ने विकल्प नभए गाउँपालिका, अन्तरपालिका तथा प्रदेश तहबाट जाँच्ने संयन्त्र अपनाउन सकिने सुझाए । ‘अब विद्यार्थीको सक्षमतामा आधारित स्तरीय करीयर परीक्षा प्रणाली कार्यान्वयन गरौं,’ उनले भने । यस्तै अर्का शिक्षाविद् प्रेम फ्याकले एसईईको आवश्यकता नभएकाले यसलाई खारेज गर्न ढिलाइ गरिरहेकोप्रति मन्त्रालयको ध्यानाकर्षण गराए । शिक्षक नेता लक्ष्मण शर्माले परम्परागत एसईई र गतवर्षको एसईईका विद्यार्थीको अहिलेको अवस्थाको अध्ययन गर्नुपर्ने औंल्याए । अहिले विद्यालयले परीक्षाको तयारी गरिरहेको भन्दै उनले सामुदायिक विद्यालयले मूल्यांकनपछिको माक्र्स दिएको, तर निजी विद्यालयको मोनोपोली समेत भएको टिप्पणी उनले गरे ।  कोभिड १९ का कारण सरकारले यस वर्षको एसईई स्थगित गरेर आन्तरिक मूल्यांकनबाट नतीजा निकाल्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ । गएको वर्ष पनि कोभिडका कारण एसईई परीक्षा स्थगित गरिएको थियो ।